फेसबुकबाट चिनजान भएको युवकसँगको प्रेममा परेर झण्डै  बेचिइन् युवती

कञ्चनपुर, साउन २०-

रुकुमको कोल गाउपालिकाकी धनमाया (नाम परिवर्तन) को फेसबुकमार्फत कञ्चनपुरका एक युवकसँग परिचय भयो । कुराकानीसँगै मोवाइल नम्बर पनि साटासाट भयो । घण्टौं फेसबुकमै झुण्डिएर ति युवकसँग उनी गफिन्थिन् । धनमाया ति युवकसँग प्रेममा फस्न थालिन् ।  

फेसबुकमा युवक र युवतीले आफ्नो तस्विर राखेका थिएनन् । अचानक एकदिन धनमायाको फेसबुक ब्लक भएपछि फोनमा कुराकानी हुन थाल्यो । फेसबुक र मोवाइलमा लामो समय कुराकानीपछि उनीहरु दुवै नजिक भए । ति युवकले धनमायालाई घुम्ने बहानामा बोलाउन थाले । धेरै कर गरेपछि धनमाया आफ्नी दिदिसँगै महेन्द्रनगर पुगिन् ।  

युवकले उनलाई बनबसा पुलमा बोलाएका थिए । गड्डाचौकी नाका हुँदै जान लागेका दिदीबहिनीलाई माईती नेपालका कर्मचारीले रोकेर सोधपुछ गरे । त्यसपछि माईती नेपालका कर्मचारी युवतीहरुलाई गड्डामै राखेर युवक खोज्न हिंडे । नेपाली र भारतीय प्रहरीको सहयोगमा ति युवक पक्राउ पनि परे । उनी पक्राउ परेपछि धनमाया र उनकी दिदिलाई भारततिर पठाउन खोजेको रहस्य बाहिर आयो । 

धन्न हामी जोगियौंगत साता माईती नेपालले उद्धार गरेर फिर्ता ल्याएपछि घर जाने क्रममा भेटिएकी धनमायाले भनिन्, ‘फेसबुक र मोवाइलकै भरमा झण्डै बेचिएका थियौं ।युवकले झोलुंगे पुल, शुक्लाफाँटा र बनबसा पुल  घुमाइदिने भन्दै बोलाएको उनले बताइन् ।  

माईती नेपालले भारतीय प्रहरीको एण्टी ह्युमन ट्राफिकिंङ सेलको सहयोगमा महाकाली नगरपालिकाका मोहन पाललाई नियन्त्रणमा लिएको हो । उनीसँग ५ किलोग्राम अफिमसमेत भेटिएपछि भारतीय प्रहरीले नै हिरासतमा राखेको छ । उनले आफूलाई अर्कै युवकले युवतीहरु ल्याउन पठाएको बयान दिएका छन्माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्, ‘अफिम मेटिएपछि भारतीय प्रहरीले ति युवकको पनि खोजी गरिरहेको छ ।मोहनले धनमायासँग फोन र फेसबुकमा कुरा गर्ने पनि आफू नभएको बताएको उनले बताइन् ।  

मोवाईल र फेसबुकको बढो प्रयोगले केहि वर्षयता त्यसकै माध्यमबाट मायाप्रेमको जालमा फसेर कयौं युवतीहरु भारत पुगेको हुन सक्ने रोकथाममा लागेकाहरु बताउछन् । सिमामा रोकथाम गरिएकाहरु पनि अधिकांस मोवाइलबाटै सम्पर्क भएका छन् । दुईरचार महिना सम्म कुराकानी हुन्छ, मोवाइलकै भरमा घर छाडेर हिड्छन्माईती नेपालकि संयोजक भट्टले भनिन्, ‘दलालको फन्दामा परेर भारत पुगेपछि पछुताउछन् ।उनका अनुसार यतिबेला गड्डाचौकी नाकामा हरेक दिन भारत भएर तेस्रो मुलुक जाने तथा दलालहरुकै फन्दामा परेर भारत जाने ३र४ जना युवती भेटिने गरेका छन् ।   

फेसबुककै माध्यमबाट महेन्द्रनगरका नरेश अवस्थीसँग प्रेमसम्बन्ध सुरु भएपछि काठमाण्डौकि १७ वर्षीया एक किशोरी पनि घर छाडेर हिडेको भट्टले बताईन । नरेशकि पहिलो श्रीमतिले थाहा पाएपछि ति किशोरीलाई प्रहरीको जिम्मा लगाइएको हो । पछि उनका  अभिभावकको जिम्मा लगाएर घर पठाइएको हो ।  

छोरी स्कुलबाटै हिडेकी रहेछ, हामी त कता गई भनेर अन्यौलमा थियौंगत साता छोरीलाई लैजान महेन्द्रनगर पुगेका किशोरीका अभिभावकले भने, ‘मोवाईलको प्रयोगमा खुला छाडेका कारण अहिलेको समस्या आएको हो ।ति किशोरी गत वर्ष दशैंमा युवककै घरमा बसेर एक साता महेन्द्रनगर घुमेर फर्किएकी थिईन । यसपटक भने उनी विवाह गर्ने भनेर घर छाडेर हिंडेकी हुन् । कान्तिपुरबाट 


फेसबुकबाट तपाईको प्रतिक्रिया