विदेश जानु अघि विचार गर्नुस्: गायक धिरज राई

गायक धिरज राई नेपाली पपगित क्षेत्रका एक विशिष्ट गायक हुन् । नेपालमा जुन समयमा पपगितको उतिधेरै माग थिएन, त्यो समयमा धिरज लगायतका केहि सिमित गायकले पपगायनलाई अगाडी बढाए । एउटा फरक विधाको गितलाई नेपाली युवामाझ लोकप्रिय बनाउन धिरजको योगदान ठूलो छ । उनका केहि गितहरु निक्कै चर्चित रहे । उनको पछिल्लो गित बुद्ध वाज बर्न ईन नेपाल हो । ४२ वटा मुलुकमा स्टेज कार्यक्रमका लागि पुगिसकेका धिरज राईसँग गरिएको कुराकानीः

पछिल्लो समय के कुरामा व्यस्त हुनुहुन्छ <

-पछिल्ला १२ बर्षयता मैले एउटा अभियान चलाएँ बुद्ध नेपालमा जन्मेका हुन् भन्ने विषयमा मैले स्नातकोत्तर तहको दोश्रो बर्षको पाठ्यक्रममा बुद्ध भारतमा जन्मेका हुन् भन्ने पढेपछि मलाई त्यसले बुद्धको जन्मस्थलका बारेमा जानकारी दिन अभियान चलाउनु पर्छ भन्ने लाग्यो त्यो काममा लागें त्यसलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखाएर यसको प्रचारप्रसार गर्ने काममा नै व्यस्त रहें यसबाहेक स्टेज कार्यक्रमहरुमा व्यस्त छु नै

धिरज राईले गायन क्षेत्रमा लागेर के पायो जस्तो लाग्छ <

- पहिलो कुरा आत्मसन्तुष्टि स्वतन्त्रता पनि पाइयो आर्थिक उपार्जन तथा सामाजिक सम्मान राम्रोसँग प्राप्त भयो समग्रमा भन्दा एउटा सफल जीवन पाएँ भन्ने लाग्छ

केहि गुमायो पनि धिरज राईले <

- केहि गुमाएको छैन, बरु सोचेको भन्दा धेरै नै पाएको छु धेरै ठूलो महत्वाकाँक्षा बोकेको मान्छे होइन तर भाग्य नै होला, मलाई गीतसंगितसँग सँगै धेरै कुरा प्राप्त भए

थुप्रै गित गाउनु भयो तपाई आफैंलाई मनपर्ने गित चाहिं कुन हो <

- मलाई मन पर्ने लुकी लुकी आँखा तिमि नजुधाउ त्यसरी बोलको गित नै हो जुन मैले सुरुवाती चरणमा गाएँ अनी चेतना खुलिसकेपछि आफैंलाई मनैदेखि मनपरेको गित चाहिं बुद्ध वाज बर्न ईन नेपाल हो

तपाई स्टेज कार्यक्रमहरुमा लागि विदेश पुगिरहनुहुन्छ कस्तो पाउनु हुन्छ नेपालीको अवस्था <

- गीतसंगितको क्रममा ४२ मुलुक पुगें यसमा दुईतीन चरणको कुरा आउँछ पनि सुरुको दिनमा त्यसरी नै सोच्थे, जसरी अहिले विदेश जानेहरु सोच्छन् विदेश जाने पैसा कमाउने, केहि आरामको जीवन बाँच्ने विदेश गएपछि सहजै पैसा कमाईन्छ, पैसा कमाएपछि सामाजिक अवस्था पनि निक्कै माथि पुग्छ भन्ने हामी ठान्छौं २५ बर्षअघि पहिलोपटक हङकङ पुगें मलाई मेरो देशमा केहि सम्भव छैन, पनि हङकङ नै आएर बस्नु पर्यो भनेजस्तो लाग्यो मलाई पनि हङकङ आइडी भएकै थुप्रै केटीको विहेको प्रस्ताव आयो तर मलाई चार पाँच बर्ष चाहिं नेपालमै प्रयास गरिहेर्नु पर्छ भन्ने लाग्यो अर्कातिर पढ्नु पर्छ भन्ने पनि लाग्यो त्यसैले पढ्ने गितसंगितलाई अगाडी बढाउने निश्कर्षका साथ बसें हो, ठ्याक्कै अहिले विदेश जानेहरुको सोच पनि यस्तै हो तर यहिं धेरै सम्भावना , त्यसको खोजि गर्नु जरुरी धेरै नेपाली अहिले बाध्यताले विदेश गइरहेका छन् अर्कातिर विदेश जाने वित्तिकै धेरै कमाई हुन्छ भन्ने भ्रम , त्यसलाई चिर्न जरुरी

तपाईले खाडीका मुलुक मलेसियामा भेटेका नेपालीको कामको अवस्था कस्तो पाउनुहुन्छ <

- एक अनिश्चित अर्को खतरनाक तेश्रो थोरै तलव हुने स्वाभिमानमा पनि धक्का लाग्छ खाडीका मुलुक मलेसियामा पाउने तलव बरावरको रकम नेपालमा चिया पसल खोलेर पनि कमाउन सकिन्छ त्यसैले विदेश जाने योजना बनाउनु अघि एकपटक विचार गरौं स्वदेशमा नै अवसर हुन सक्दछ मैले पपगित गाउन थाल्दा नेपालमा पप गितको बजार थिएन भन्दा हुन्छ हामी त्यतिबेला २५ जना थियौं होला पपगित गाउने अहिले २५ हजार पुगे होला त्यसैले अवसरको खोजि गर्दा केहि समय हार नमानी काम गर्छु भन्ने हो भनें बजार बन्छ त्यसैले स्वदेशमा नै बजार खोज्नुस् हार नखानुस्

एउटा १७ १८ बर्षको युवा जो अव केहि काम गरौं की भनेर सोच्दै भनें तपाईको सल्लाह के <

- म चाहिं त्यो उमेरको अवस्थाको मान्छे भएको भए भन्ने कुराबाट सुरु गरौं है भए विदेश किन जान लागेको हुँ भन्ने हेर्दथें मेरो गाउँका वा नातागोताका मान्छे विदेश गए भन्ने कुरालाई मात्र हेरेर वा उहाँहरुको कुरा मात्र सुनेर नभई आफैंले राम्रोसँग बुझेर मात्र निर्णय गर्दथें हचुवाको भरमा धेरै मान्छेले विदेश गएर दुःख पाएका छन्

(गायक राईसँगको कुराकानीको अडियो शनिवार देशका २२ वटा प्रमुख स्थानीय रेडियोहरुबाट प्रशारण हुने कार्यक्रम सुनौलो मौकामा प्रशारण भएको ) 

यो पनि पढ्नुहोस्  सरकारले विदेशबाट नै पुनः श्रम स्वीकृतिको व्यवस्था मिलाउने


फेसबुकबाट तपाईको प्रतिक्रिया