दुवईबाट उड्न लागेको ईमिरेट्स एयरलाइन्सको विमानमा सर्प भेटिएपछि

दुवई, पुष २८ 

युएईको दुवईबाट मस्कटका लागि उड्न तयार रहेको इमिरेट्स एयरलाइनसको एक विमानमा सर्प भेटिएपछि उडान रद्ध भएको छ । उडानका लागि तयार जहाजको सामान राख्ने ठाउँमा सामान राख्ने कामदारहरुले सर्प देखेका थिए । जहाज दुवई अन्तराष्टिय एयरपोर्र्टबाट उड्न तम्तयार थियो । 

यसअघि एरोमेक्सिको कम्पनीको विमानमा पनि सर्प भेटिएको थियो । पहिलो श्रेणीका यात्रु बस्ने ठाउँको माथिपट्टी सर्प भेटिएको र सामान राख्नेक्रममा सर्प भेटिएको समाचारमा उल्लेख छ । 

 


फेसबुकबाट तपाईको प्रतिक्रिया