दलाल, घुस र बन्धनमा परेका युएईका कामदार

 

पात्र १ मोनिक खनाल, बुटवल हाल युएई

एक बर्षको श्रम थियो आउन कसो नपाईएला भनेर डराई डराई एक महिनाको बिदामा नेपाल गएँ जव बिदा सकियो अनी युएई फर्किन नेपालमा एयरपोर्ट पुगें तर त्यहाँबाट घरेलु कामदारको भिषामा आउन नपाउने भन्दै रोकियो मसँग नै आएका अरु दिदिबहिनीहरुलाई रोकएन तर मलाई मात्र रोकियो कारण उनीहरुले घुस ख्वाएका रहेछन् यहि विषयमा कुरा गर्न मैले माथिल्लो तहका कर्मचारीसँग पनि कुरा गरें तर उनले नेपाल सरकारले बनाएको नियम भएका कारण जान दिन मिल्दैन भनेर पन्छिए तर मलाई कहिले भोलि आउनुस्, कहिले के भन्दै अलमलमा पार्ने क्रम चलिरह्यो सायद त्यो घुस खान खोजिएको थियो तर उनीहरुलाई पैसा खुवाएर आउने पक्षमा थिइन किनकी मैले कुनै गलत काम गरेको थिइन् केहि नलागेपछि दिल्ली हुँदै दुवई उत्रिएँ लाख २५ हजार खर्च भयो  

उमेरले ४० कटेकी महिला हुँ आठ बर्ष देखि दुबईमा काम गरिरहेकी छु मेरो काम पनि राम्रो कमाईरहेकी छु, पैसा घर पठाइरहेकी छु मलाई काममा कुनै समस्या छैन तर आफ्नो देश जान पुनः आउन यति दुःख कि यो दुःख कसलाई सुनाउँ ?

पात्र जमुना अधिकारी, स्याङजा, हाल युएई 

लाख ७० हजार नेपालमा घुस ख्वाएर दुवई उत्रिएकी हुँ मैले पैसा नदिंदा मेरो पहिले टिकट रद्ध गर्नुपर्यो लामो समयदेखि युएईमै कार्यरत भएपनि पुनः सोही काममा आउन चाहँदापनि मलाई रोकियो घरेलु काममा आउन नयाँ व्यक्तिलाई रोक लगाएपनि हामीजस्त बर्षाैंदेखि यहिं काम गरिरहेकाहरुलाई नरोक्नु पर्ने हो किनभनें काम अप्ठ्यारो भए आफूलाई जोखिम हुनेभए हामी यसरी पुनः काममा आउने थिएनौं त्यसैले यो घरेलु काममा आउन सवैलाई रोक्ने भनेको दलाललाई धनी बनाउने हामीजस्ता श्रम गर्न आउनेलाई अझ गरिव बनाउने काम हो  

यी पात्रहरु जो हाल युएईमा कार्यरत छन् उनीहरुले भोगेको समस्याले नेपाल सरकारले घरेलु कामदारका रुपमा श्रम स्वीकृति दिन लगाएको रोकले पारेको प्रभाव छर्लङ्ग हुन्छ एकातिर सहज काम राम्रै कमाई हुने ठाउँमा पुनः रोजगारीमा आउन यसले बन्देज लगाएको भनें अर्कातिर यो बन्देजका नाममा दलाली गर्नेहरु केहि सम्वन्धित ठाउँमा कार्यरत सरकारी कर्मचारीको कमाई खाने भाँडो भएको  

बन्देजले बन्धक बनाएपछि

यति मात्र होइन यहि बन्देजका कारण थुप्रै नेपाली महिला जो घरेलु कामदारका रुपमा खाडी मुलुकमा कार्यरत छन् उनीहरु पुनः रोवजगारीका लागि आउन चाहन्छन् उनीहरु बन्दी जस्तै जीवन काट्न बाध्य छन् बुटवलकी रुवी राना त्यस्तै एउटी पात्र हुन्  

हाल युएईमा कार्यरत रुवीका बाबु सिकिस्त बिरामी परे तर उनी नेपाल जान सकिनन् कारण उहि बन्देज थियो पुनः रोजगारीका लागि युएई आउन सकिन्न भन्ने त्रासका कारण दोधारमै उनी युएईमा अल्झिरहँदा केहि महिनाको उपचार पछि उनका बाबुको निधन भयो । 

कुराकानीको क्रममा आँशु झार्दै उनले भनिन्ः यदि सरकारले पुराना कामदारहरुलाई काममा आउनजानमा कुनै रोकतोक नगरेको भए मैले बाबाको अन्तिम पटक मुख देख्न पाउने थिएँ  

बुटवलकै रोजी खड्काको पीर कम छैन लामो समयदेखि युएईमा कार्यरत उनको एउटा छोरो छन् जो हाल विरामी छन् । आमाको मनमा छटपटि चलिरहेको तुरुन्त घर पुग्न मन उनलाई तर पुनः रोजगारीमा युएई फर्किन पाइएला वा नपाइएला पाएमा पनि दलाललाई कति पैसा खुवाउनु पर्ने हो भन्ने ठेगान नभएका कारण छोराको सम्झनामा आँसु बगाउँदै आफू बसिरहेको उनी बताउँछिन्  

घरेलु कामदारका रुपमा आउन पाउनेगरी पुनः श्रमस्वीकृति दिने हल्ला चलेको युएईमा केहि दिन अगाडि दुबईमा भएको एक सामाजिक कार्यक्रममा नेपाली दुतावासका कर्मचारीले अव छिट्टै नै श्रम स्वीकृति खुल्ने जानकारी पाएको बताएपछि यसले युएईमा कार्यरत घरेलु कामदारहरुलाई खुशी तुल्याएको तर त्यो छिट्टै कहिले हो यकिन छैन  

आफ्ना नागरिकको सुरक्षा उनीहरुको रोजगारी मर्यादित बनाउन राज्यले चासो लिनु सो अनुरुपको व्यवस्था मिलाउनु राज्यको दायित्व नै हो तर यसरी निर्णय गर्दा अधिकतम लाभ कसरी लिन सकिन्छ भनेर पनि हेर्नु जरुरी नयाँ व्यक्तिलाई नयाँ ठाउँमा पठाउँदा आइपर्ने जोखिम कसरी न्यूनिकरण गर्ने भनेर सरकार चनाखो हुनै पर्दछ तर खाडि मुलुकमा लामो समयदेखि घरेलु कामदारका रुपमा कार्यरतहरुलाई अन्याय हुनेगरी बन्देज लगाइनु भनें सर्वथा अनुचित त्यसैले सरकारले यस बिषयमा छिट्टै आँखा खोलोस  

यो पनि पढ्नुहोस् बरदुबईको लभ डाडो रक्सिको अखडा !  


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...