प्रवासको बासः भाषण गर्नेलाई नाम र पदकै आश

 

सन्तोष न्यौपाने, बेल्जियम-

युरोपबाट एकजना नेपाली साथिले चलाउने अनलाइनका समाचार पढें । समाचारमा पढ्ने कुरा के थियो र, मैले ति कार्यक्रमहरुमा कस कसको नाम रहेछ र उनीहरुको मानपदवी के रहेछ भन्ने बेलिविस्तारमा जानकारी पाएँ तिनै समाचारबाट ।

समाचारका आफ्नै नियम हुन्छन् । व्यक्तिलाई भन्दा उसले बोलेका कुराको चुरो कुरो बुझ । पदलाई भन्दा विचारको ओजलाई स्थान देउ । हो, मुख्य कुरा यहि हो पत्रकारिताको । तर कष्टपूर्वक सो अनलाइका केहि समाचार पढेपछि एउटा पीडित पाठकको रुपमा सो अनलाइनका सम्पादकसँग कुरा गर्न मन लाग्यो ।

हैन तपाईको अनलाइनका समाचारमा त बोल्नेको नाम र पद बाहेक अरु केही भेटिन्न त, किन यस्तो गर्नुभएको ? दुखेसो के पोखें मैले उता मेरो भन्दा ठूलो गुनासो विसाउन तयार थिए उनी । उनी अर्थात सम्पादक । के गर्नु, मैले पनि कुरो नबुझ्या कहाँ छु र ? यहाँ समाचारमा नाम छुट्यो भने किन मेरो नाम हालिनस् भन्दै उजुरी हाल्न आउनेहरु छन् । अझ कथम् कदाचित पद छुट्यो भनें त तिनका छेउछाउ अलिक समय नपरे नै हुन्छ । त्यसैले बाध्यता हजुर बाध्यता ।बाध्यता यस्तो रहेछ उनको ।

यो सो अनलाइनको मात्र समस्या होइन । समस्या हाम्रो प्रवृत्तिको हो । समस्या हामी ठालु नेपालीको हो । आफ्नो मुलुकबाट विभिन्न कारणवस युरोप आइपुगेका र यतै जीवन गुजारा गर्न दश नङ्ग्रा खियाइरहेका हामी नेपाली नाम र पदमा भनें अचाक्ली लोभी छौं । कुनै सार्वजनिक कार्यक्रम आयोजना हुँदैछ भनें त्यहाँ आफूलाई बोलाए की बोलाएनन्, बोलाए भनें आफ्नो नाम, पद सवैले सुन्ने गरेर लिए की लिएनन्, लिए भनें बडेमानका व्याच र खादा ओढाए की ओढाएनन्, यो हाम्रो प्राथमिक चासोको विषय हो । बाँकी कुरा तपशील हुन्छन् ।

टाढाको कुरो पंक्तिकार जान्दैन । बेला वखत खाडी, मलेसिया तिर पनि खादा मोहको कुरो सुन्नमा आउँछ । तर प्रस्तुत लेखमा भनें पंक्तिकार आफू कार्यरत मुलुक बेल्जियम र यसको छिमेकी मुलुक पोर्चुगलका कुरा गर्दैछ ।

नेपालीको संख्या बाक्लै रहेको बेल्जियम र पोर्चुगलमा हरेक नेपाली परिवारको कुन नै कुनै सामाजिक संस्थामा आवद्धता नहुने कुरै भएन । परदेशमा आएपछि यो स्वभाविक पनि हो । तर सो संस्थाको मुख्य पद हत्याउन पाइयो भनें त्यसका लाभै लाभ छन् । विभिन्न कार्यक्रमहरुमा अतिथि हुन पाइने । नाम, पद अधिकाँश नेपालीलाई कण्ठ हुने । व्याच र खादा बोनस । त्यसैले यी दुई मुलुकमा ५० भन्दा बढी सामाजिक संस्थामा जोडिएका व्यक्तिको लाम लामै छ । भलै कोहि वर्तमान कार्यसमितिमा हुन्छन् र अलिक पहुँचवाला भएमा भूपू कार्यसमितिका व्यक्तिले समेत स्टेजमा आशन सुरक्षित राख्दछन् ।

दुःखको कुरा यहाँका अधिकाँश सामाजिक संस्थाको अगुवामा चाहिं उनै थोरै अनुहार दोहोरिन्छन् । एनआरएन देखि राजनीतिक दलका भातृ संगठन, जातिय संघसस्था देखि क्षेत्रिय संस्थासम्म एउटै व्यक्ति अनेकौं पदले सुशोभित भएर बस्छन् । एकातिरको पद खुस्किहालेमा अर्को ठाउँ सुरक्षित पनि त हुन्छ । तर दुर्भाग्य यसरी पद ओगटेर बस्नेहरुको पाउने भनेको उनीहरुको नाम, पद हरेक कार्यक्रममा अरुलाई कण्ठ बनाउनु र मञ्चमा ३ मिनेट भाषण बजाउनु मात्र हो । साँच्चै सामाजिक काम गर्नु परेमा भनें त्यस्ता समाजसेवीलाई धुईपत्ताल खोज्नु पर्दछ ।

नेपालबाट चल्ने अनलाइनमा नाम, पद नहाल्दा वा आवश्यक मात्रामा मात्र हाल्ने तर युरोपका अनलाइमा किन लम्वेतान पद हुन्छ ? उत्तर सजिलो छ । नेपालतिरका अनलाइनले काँटछाँट गर्दा युरोपका पत्रकारले आफ्नो सञ्चारगृह तिर देखाईदिंदा हुन्छ । तर यतैबाट सञ्चालन हुने अनलाइनका पत्रकारलाई समाचार पढेपछि तुरुन्त सच्याउन फोन मार्फत नै निर्देशन दिंदा भइहाल्यो । यदि त्यसमा अटेर गरेछन् भनें अरु उपाय पनि छँदैछन् । भलै उसले कार्यक्रम सञ्चालन गरेको वा कार्यक्रममा खादा लगाइदिने र व्याच वितरण नै किन गरेको नहोस्, आश सवैको हुन्छ, मेरो नाम पनि त आउँछ नी । अनी भएन फसाद पत्रकारलाई । 

३ घण्टा 'बुड्ती खाता'मा

भारततिरबाट आएका मारवाडी समुदाय व्यापारमा निक्कै नाम कमाएको जात हो । तिनले कसरी व्यापार गर्नुपर्छ र कसरी पैसा उठाउनु पर्छ भन्ने राम्रोसँग जानेका छन् । उनीहरु हप्तैपिच्छे कामदार पठाउँछन् पैसा उठाउँछन् जसलाई उनीहरुको भाषामा तगाधा जानु भनिन्छ । मालिकले कामदारलाई सिकाएरै पठाएको हुन्छ, सय पचास जे हुन्छ हरेक ठाउँबाट उठाएरै ल्याउनु ।

तर यति हुँदा हुँदै पनि पैसा उठ्दैन । त्यसैले निश्चित समय प्रयास गर्दा पनि पैसा उठ्दै उठेन र सो साहुलाई अव त्यो पैसा उठ्दैन भन्ने लाग्यो भनें सो हिसावलाई उनीहरुले अर्कै खातामा लेख्न थाल्छन् जसलाई बुड्ती खाता भनिन्छ । अर्थात उठ्नु पर्ने पैसाको हिसाव त छ तर अव त्यो उठ्दैन । बेल्जियम आइपुगेको हामी नेपाली पनि त्यसरी नै बुड्ती खातामा समयको चाङ चढाइरहेका छौं ।  

यहाँ कार्यक्रमको समय तोकिएको हुन्छ ठिक १२ बजे । केहि गरी कोहि व्यक्ति १२ बजे पुग्यो भनें त्यसले अव सजाय पाउनु पयो । किनकी ३ नबजि कार्यक्रम सुरु हुनेवाला छैन । ३ घण्टा गयो बुड्ती खातामा । बल्ल सुरु भएको कार्यक्रममा आमन्त्रित अतिथिहरुको नाम र पद क्रमैसँग भन्दा, उनीहरुलाई खादा, व्याच पहिर्याउँदा ४ त बजिहाल्छ । कनिकुथी भाषण सवैले गर्नै पर्यो । यदि आज कसैले बोल्न पाएन भनें उसले मच्चाउने होहल्लाको कष्ट कसले झेलोस् । फेरी यसरी बोल्न दिनु पनि पैंचो जस्तै त हो भोली उसको कार्यक्रममा यताको आयोजकले गम्म परेर भाषण गर्नु पर्ने नै हुन्छ । यसोउसो गर्दागर्दै ६ बज्छ र बल्ल प्रमुख अतिथि बोल्ने बेला हुन्छ । हामी युरोपमा आइपुगेको नेपालीले कसरी आफ्नो समयलाई बुडेती खातामा चढाउँदै छौं भन्ने बुझ्न यो पनि एउटा उदाहरण हो ।

हामी धेरैजसो अरु कसैको काम गर्छौं । कार्यक्र ३ घण्टा ढिलो सुरु गरेजस्तै ३ घण्टा ढिलो काममा पुग्ने हो भनें नतिजा के हुन्छ ? पैसा काटिन्छ र सके जागिरबाट पनि हात धुनु पर्दछ । त्यसैले हामी १५ मिनेट छिटो नै काम गर्ने ठाउँमा पुग्छौं । तर आफ्नै कार्यक्रममा चाहिं ? उहि बुड्ती खाताको चलन हरेक पटक दोहोरिईरहन्छ ।

स्वयं बेल्जियममा रहेका  बेल्जीक संघ संस्थाहरुको कार्यक्रम भनें फरक छ । कार्यक्रम आयोजना गर्नु ३ हप्ता अगाडि सबैलाई मेल वा चिठीद्वारा निमन्त्रणा गरिन्छ । सबैलाई सो कार्यक्रममा आउने वा नआउने बारेमा पहिले नै जानकारी मागिन्छ । सोही अनुरूप कार्यक्रम तय हुन्छ । कार्यक्रम भनेको समयमा सुरु हुन्छ र समयमा समाप्त हुन्छ । कसैको समय नष्ट पनि हुँदैन र व्यक्तिगत काम पनि विथोलिंदैन । अनी वक्ता पनि एकदमै कम हुन्छन् । सबै अतिथिलाई खादा लाउने कुरै भएन । सम्बोधन गर्यो सक्कियो । तर यही देशमा बसेका नेपालीहरूको कार्यक्रमको तरिका भनें सधैं उस्तै छ । हामीले कहिले सिक्ने ?

के हामी देश देखि परदेशसम्म नाम, पद, खादा र व्याचको भोका छौं ? हामीले मञ्चमा गएर बोल्न पाउँदा गर्व गर्छौं ? बोल्न नपाउँदा आक्रोशित हुन्छौं ? कार्यक्रम पछि समाचारमा नाम र सवै पद सहित समाचार आएन भनें वा कार्यक्रममा भाषण गर्ने सूचीमा आफ्नो नाम परेन भनें रिसाउँछौं ? हो हामी यस्तै गर्छौं । हामी जुन देशमा आएर बसेका छौं त्यो देशको राम्रो कुरा हामी कहिले सिक्छौं होला ? के हामी सिक्नै नसक्ने भइसक्यौं त ? पंक्तिकारलाई लाग्छ, हामी त्यति गएगुज्रेका पनि छैनौं, सिक्दै नसिक्ने । तर यसको लागि कसै न कसैले, कुनै न कुनै संघसंस्थाले नेतृत्व गर्नुपर्दछ । कसले सुरु गर्ने यो असल काम ?   

यो पनि पढ्नुहोस् दुबईका एक नेता तथा समाजसेवी डमरुलाल प्रसाद चतुर्वेदी उपाध्यायको शुक्रबारे दैनिकी 


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव द…

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव दिन नपाइने

काठमाडौं, असार २५- सरकारले नेपालमा कार्यरत श्रमिकको न्यूनतम ज्याला प्रतिमहिना १३ हजार ४ सय ५० तोकेको छ । यसैगरी साउन देखि दैनिक ज्याला ५ सय १७ तथा प्रतिघण्टा ज्याला रु ६९ भएको छ । रोजगारदाताहरु तथा ट्रेड युनियनहरुबीच...

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं,  यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस)े को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको सह-अध्यक्ष अर्जुन...

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्…

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

  काठमाडौं,  अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको छ । माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो । भेलाले संघको केन्द्रीय अध्यक्षमा...

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

काठमाडौं,  नेपालमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्व बृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । यहि व्यवस्थाका कारण पछिल्लो समयमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा बृद्धि भएको छ । केन्द्रीय तथा प्रादेशिक संसद तथा...

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

काठमाडौं- श्रमिकलाई सामाजिक सुरक्षा सहितको श्रम ऐन २०७४ यसअघिको श्रम ऐन, २०४८ भन्दा धेरै कुरामा श्रमिक मैत्री देखिएको छ । सञ्चयकोष, उपादान लगायतका विषयमा नयाँ श्रम ऐनले प्रष्ट व्यवस्था गरेको छ । यसैगरी नयाँ ऐनले अन्य श्रमिक...

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै …

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै डेढ लाख कमाउँदै

  निमदत्त सुवेदी, पोखरा  पढाइ सकेपछि जागिर खोज्न निक्कै भौतारिए सूर्यप्रसाद लामिछाने। पोखरा–लेखनाथ महानगरपालिका–३१ बेगनासतालका उनले जति प्रयत्न गरे पनि जागिर पाउन सकेनन्। अन्तत उनी निष्कर्षमा पुगेः मौरी पालन गर्ने। १५ हजार रुपैयाँको जागिर खोज्दै हिँडेका लामिछाने अहिले...