बैदेशिक रोजगारः गर्नुपर्ने कामहरु

 

मेघराज सापकोटा-

आज डिसेम्बर १८, 'ईन्टरनेसनल माईग्रेन्ट्स डे' अर्थात अन्तराष्ट्रिय आप्रबासी दिवस । साधारण भाषामा भन्ने हो भने काम गर्न, अध्ययन गर्न वा अन्य कुनै बिशेष कारणले आफ्नो देश छोडेर अर्को देशमा जानेहरुको दिवस । नेपालको सन्दर्भमा बैदेशिक रोजगारीलाई यो दिनसँग जोडेर हेर्न सकिन्छ । यसका उल्टापाल्टा आयामहरुलाई पनि केलाउन सकिन्छ ।   

विश्वभर नै आप्रबासीहरुको संख्यात्मक बृद्धीलाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघले सन २००० को डिसेम्बर ४ तारिखका दिन १८ डिसेम्बरलाई अन्तराष्ट्रिय आप्रबासी दिवसको रुपमा मनाउने भनेर निर्णय गरेको हो । यसले बैदेशिक रोजगार र अन्य कामको शिलशिलामा बिदेशमा रहने आप्रबासी र उनिहरुको परिवारको मानब अधिकारको सुरक्षाको प्रत्याभुती समेत गरेको छ ।

सन २००६ सेप्टेम्बर १४ र १५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको साधारण सभाले अन्तरास्ट्रिय आप्रबासनका बिषयमा तीन महत्वपूर्ण सन्देश प्रबाह गरेको थियो । उक्त महासभामा १३२ राष्ट्रका उच्चस्तरीय प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

पहिलो सन्देश, तीब्र गतीमा विश्वब्यापी बन्दै गईरहेको अन्तराष्ट्रिय आप्रबासनले उनिहरुको आफ्नै देश 'कन्ट्री अफ ओरिजिन' र बसाई सरेर गएको देश 'कन्ट्री अफ डिस्टिनेसन' दुबैको बिकासमा महत्वपूर्ण र सकारात्मक भूमिका खेलेको छ, जसलाई सही ढंगले र सही नीतिले सम्बोधन गरिनु पर्दछ भन्ने रहेको छ । दोश्रो, आप्रबासीहरुको सम्मान, उनिहरुको आधारभुत अधिकार र स्वतन्त्रताको बिषयमा जोड दिईएको छ । र तेश्रो, यो सभाले अन्तरास्ट्रिय आप्रबासनले देशहरु बीच दुईपक्षीय, क्षेत्रीय र अन्तरास्ट्रिय स्तरमा भाईचारा र आपसी सम्बन्ध बिकास हुने कुरालाई महत्वपूर्ण रुपमा उठाएको छ । यस् मानेमा यो सम्मेलन अर्थपूर्ण रहयो कि यस् अघि कुनै पनि निकायले आप्रबासनको बारेमा मुख खोलेका थिएन र यसलाई महत्वपूर्ण नजरले हेरेका पनि थिएनन् ।

बिशेषगरी विश्वभरका नागरिकहरु एउटा देशबाट अर्को देशमा बसाई सर्नुमा महत्वपूर्ण केही करणहरु मध्ये बैदेशिक रोजगार नै प्रमुख हो । गरिबी, गृहयुद्द र मानब अधिकारको हननबाट सुरक्षित हुनको लागि उसले आफु जन्मेको र आफु बसेको देश छोडेर अर्को दोश्रो या तेश्रो मुलुक रोज्दछ । आफ्नै देशमा शान्ती सुरक्षा, कानुनको शासन र पालना, रोजगारको प्रत्याभुती भए सायदै नागरिकहरुले आफ्नो जन्मदेश छोड्छन । छोडे पनि अत्यन्तै कम मात्रामा । आफ्नो गरिबीपनलाई सम्बोधन गर्न, आधुनिक प्रबिधी युक्त राम्रो र सुखी जिबनयापन गर्न, छोराछोरीलाई असल शिक्षा र स्वास्थ्यको प्राप्तीको लागि हुने बसाइसराइ अन्तरास्ट्रिय आप्रबासन प्रमुख कारण बनेको छ ।

गृहयुद्दको कारण शान्ती सुरक्षाको लागि शरणार्थीको रुपमा आफ्नो देश छोडेर अर्को देश जान क्रम पनि आजकल अत्यन्तै बढेको छ । जस्तो हालसालैका बर्षहरुमा सिरिया, यमन लगायत गृहयुद्दले जरजर भएका अफ्रिकी मुलुकहरुबाट शरणार्थीको रुपमा अर्को मुलुकमा बसाइसराइ बढ्दो छ । पश्चिमा मुलुकहरुको चिन्ता पनि बढी यसैमा छ । किनकी यसको असर उनिहरुले नै भोग्दै आईरहेका छन् । तसर्थ पनि आप्रबासन सम्बन्धी नीति निर्माणमा बैदेशिक रोजगार भन्दा बढी यिनै कुराहरुले प्रस्रय पाएको देखिन्छ । 

यती हुँदाहुँदै पनि माईग्रेसन वा बैदेशिक रोजगारी नै देश बिकासको कोशेढुङगो भने हैन । बैदेशिक रोजगारीले आर्जन गरेको रेमिटेन्सले देश बिकास गर्दैन भनेर बिज्ञहरुले भन्ने गरेकै छन । नेपालको सन्दर्भमा बैदेशिक रोजगारले कुल ग्राहास्थ उत्पादनको ३० प्रतिशतको हाराहारीमा धानेको छ । बिगतमा देश द्वन्द्वले जरजर हुँदा पनि आर्थिक रुपमा देश सबल रहनुलाई बैदेशिक रोजगारद्वारा प्राप्त रेमिटेन्सलाई जस दिने गरिन्छ । 

नेपालमा ३५ देखी ४० लाख जनताहरु देश बाहिर रहेको अनुमान छ । मलेसिया र खाडीमा मात्र गरेर २० लाखको हाराहारीमा नेपालीहरु बैदेशिक रोजगारीमा छन् । नेपालमा भित्रिने रेमिटेन्स मध्ये धेरै रेमिटेन्स खाडी र मलेसियामा कार्यरत मजदुरहरुले नै पठाउने गरेका छन् ।

यसरी भित्रने रेमिटेन्सको अधिकाँश भाग अनुत्पादक क्षेत्रमा खर्च हुनेगरेको तथ्यांकले पुष्टी गरेको छ । घर, जग्गा, शिक्षा, स्वास्थ्य, खाद्द्यन्न, घरेलु उपकरण खरिद र मनोरन्जन जस्ता क्षेत्रमा रेमिटेन्स खर्च हुने गरेको पाईन्छ । रोजगार सिर्जना गर्ने उत्पादनमुलक क्षेत्रमा लगानी नगरी अनुत्पादकमुलक क्षेत्रमा खर्च गर्ने अन्तराष्ट्रिय परीपाटीले गर्दा नै रेमिटेन्स देश बिकासको सुचक हैन भन्ने प्रमाणित हुँदै आएको हो । खाडी मुलुकहरुमा कामदार पठाउने ठुला मुलुकहरु जस्तै फिलिपिन्स, पाकिस्तान, बाङ्लादेश, भारत, ईजिप्ट र नेपाल आदिको आर्थिक बिकासको गती र मानब बिकासको स्तर (मानब सभ्यता) लाई हेर्ने हो भने थप प्रमाण खोजिरहनु पर्दैन ।

बैदेशिक रोजगारीमा गएकाहरु मध्ये दैनिक ३ देखी ५ जनाको लाश नेपाल भित्रने गरेको भयाबह स्थिती छ । मृत्‍यु हुने मध्ये अधिकाँश नेपालीहरुको सुतेकै अवस्थामा मृत्‍यु हुने गरेको छ । त्यसलाई मेडिकलको भाषामा ‘कार्डियाक एरेस्ट’ भनेर वकालत गरे पनि यस किसिमको मृत्‍यु दर किन बढी छ भनेर कसैले खोजिनिती गरेको पाईन्न । कामदारको अनिबार्य जीबन बिमा नभएको मुलुकहरुमा वा जीबन बिमा नभएको कम्पनीमा कार्यरत कामदारको यस किसिमको मृत्‍यु भएको अवस्थामा मृतकको परिवारलाई क्षतिपूर्जी दिईन्न । किनभने रोजगारदाता मुलुकहरुले कामदारको हीतमा यस् किसिमको कानुनी ब्यवस्था गरेको पाईन्न ।

धेरै कामदारहरु काम गर्दा गर्दैको अवस्थामा होस् वा अन्य अवस्थामा बिभिन्न कारणले बिरामी भई लामो समय देखी बिदेशी अस्पतालमा उपचारारत छन् । साउदी अरब, कतार, युएई लगायतका मुलुकहरुमा केही कामदारहरु लामो समय देखि कोमामा समेत रहेका छन् । कोही दुबै मृगौला फेल भएर उपचार गर्न नसकी नेपाली समुदाय बिचमा गैर कानुनी ढंगले चन्दा उठाउने पर्ने अवस्थामा अस्पतालको शैयामा छन् । उपचारमा लाखौं खर्च हुने रोग लागेकाहरु पनि ईन्सुरेन्सको खर्चले नधान्ने भए पछि र ईन्सुरेन्सको निस्चित रकम सकिए पछि मर्नुको बिकल्प नदेख्नेहरु पनि धेरै छन् ।

मृतकको परिवारको सामाजिक सुरक्षाको बिषयमा न त रोजगारदाता मुलुक चिन्तित छ न त आफ्नै देशले नै त्यसको ग्यारेन्टी गरेको छ । यस् अर्थमा बैदेशिक रोजगारमा गएर उतै मृत्‍यु हुनेहरुको परिवारको भविस्य असुरक्षित र अन्धकारमय छ ।       

अन्तराष्ट्रिय आप्रबासन दिवसले कामदारहरुको अधिकारको बारेमा वकालत त गरेको छ तर कार्यन्वयनमा शतप्रतिशत असफल छन् । रोजगारदाता मुलुकहरु र उनिहरुको आफ्नै मुलुकले पनि यी कामदारको सम्मान र अधिकारको लागि आधारभुत सुरक्षा गर्न यो दिवसले अभिप्रेरित गर्न आवश्यक छ । कामदारको सम्मान र अधिकारको लागि आधारभुत सुरक्षा नगर्ने मुलुकहरुको पहिचान गरी त्यस्ता मुलुकहरुमा कामदार जानलाई रोक्न पनि यो दिवसले भूमिका खेल्न जरुरी छ ।

अबका दिनमा बैदेशिक रोजगारमा रहेकाहरुको स्वास्थ्यको जिम्मा कसले लिने भन्ने कुराको ग्यारेन्टी गर्न पनि आवश्यक रहेको छ । घाइते भई अङगभङग भएमा वा मृत्‍यु भएमा उसको र उसको परिवारको पालन पोशणको जिम्मा कसले लिन्छ भन्नेको कुराको आवाज बुलन्द पारिनु पर्दछ । यसका स्टेक होल्डर संयुक्त राष्ट्रसंघ र यस् अन्तर्गतको आईएलओले यस् कार्यमा भूमिका बढाउन आवश्यक छ ।

नत्र बैदेशिक रोजगारमा गएका कामदारहरुको सामाजिक सुरक्षामा मौन बसेर बर्षको कुनै एक दिनलाई अन्तराष्ट्रिय आप्रबासन दिवस मनाइनुले कुनै महत्व बोक्दैन ।

-    (लेखक बिगत १२ बर्ष देखि बैदेशिक रोजगारीको शिलशिलामा युएईमा कार्यरत छन् ।)  

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...