प्रवासका संघसंस्थाः कति उचित, कति अनुचित 

अर्जुन काफ्ले-

देश छोडेर प्रवासी भएपछि जुनसुकै देश पुगे पनि आफ्ना देशका मान्छे भेटे आफ्नै घरका दाजुभाइ भेटेजस्तो भान हुन्छ । त्यसमाथी रोजगारीका लागि विदेशीएका नेपालीलाई त आफुसँग भेटघाट भएका सवै नेपाली आफ्नै घरका आफन्त वा दाजुभाइ जस्तै लाग्ने गर्छन् । प्रवास पुगेको जो कोहि पनि अप्ठारो अवस्थामा आफन्तकै खोजी गर्छ ।

परदेशमा आफन्त भनेका तिनै साथीभाई हुन्छन । तिनै साथीभाईको मद्धतले धेरै नेपालीले प्रवासमा आफ्नो दोस्रो जीवन प्राप्त पनि गरेका छन् । कोहि तिनै साथीका कारण जीवनमरणको दोसाँधमा पनि पुगेका छन् । यो पटक चर्चा गर्न खोजिएको कुरा चै साथीभाई भन्दा पनि प्रवासी संगठनहरुको हो । आजको यो आलेखबाट म प्रवासमा संघसंस्था तथा संगठनको आवश्यकता कति छ भन्ने वहस पनि उठाउन खोज्दैछु । यो आलेखमा मैले मलेसिया र खाडीमा गठन भएका संघसंस्थाका वारेमा लेख्ने प्रयास गरेको छु ।

धेरै नेपालीहरुको रोजिरोटीको माध्यम वनेको प्रवासमा त्यती नै संख्यामा संघसंस्था र संगठन निर्माण भएका छन् । नेपालमा कुनै वेला क्लव गठन गरे जसरी नै प्रवासमा पनि संगठनहरु खोलिएका छन् । केहि संघसंस्था त केवल नामका लागि र देखाउनका लागि पनि गठन भएका छन भने केहिले गतिलै काम गरेका छन् ।

मलेसिया, कतार र युएईमा अरु देशमा भन्दा धेरै नेपाली संघसंस्थाहरु गठन मात्र भएका छैन ति संघसंस्थाहरुले विभिन्न कार्यक्रम पनि गर्दै आएका छन् । साउदी अरव लगायत देशमा भएको कडा कानूनका वावजुद पनि नेपालीले नेपालीलाई संगठित गरेका छन् । अव प्रश्न उठ्न सक्ला यस्तो जोखिम मोलिमोलि किन संघसस्था वनाउने त ? के स्वार्थ वेगर पनि संघसस्था वनेका छन् त ? प्रवासमा गठन भएका संघसंस्था पनि वर्गीकरण मै छन भन्दा हुन्छ । कुनै संघसंस्था नेपालका राजनीतिक दलका आधारमा खडा भएका छन् भने केहि धार्मीक र जातिय आधारमा गठन भएका छन् । केहि चैं पेसागत रुपमा पनि संगठित भएका छन् ।

नेपाल आदिवासी जनजाती महासंघले विश्वका विभिन्न देशमा आफ्नो शाखा गठन गरेको छ । त्यस्तै मगर संघ, तामाङ्ग घेदुङ्ग, किरात यायोख्खा, किरात याक्थुम चुम्लुङ्ग लगायतले पनि आफुहरु प्रवासमा छौ है भनेर उपस्थीती देखाएका छन् । नेकपाका संगठनमा आवद्ध हुनेको संख्या पनि प्रवासमा धेरै छ । नेपाली काँग्रेस, राप्रपा मात्रै होइन क्षेत्रीय रुपमा उदाएका लिम्वुवानको संगठनात्मक उपस्थीती पनि मलेसिया र खाडीमा भेटिन्छ । त्यो वाहेक जिल्ला, विगतको अञ्चल वा कुनै नगरका युवाहरु कै संगठन पनि दरिलो रुपमा प्रवासमा देखिन्छन् । ति संघसंस्थामा आवद्ध भएकाहरुले आफ्ना क्षेत्रबाट प्रवासमा पुगेकाहरुलाई सरसहयोग गर्नू सकारात्मक भएपनि वेलावेला ति संघसंस्थामा आवद्धहरु विवादमा मुछिदै आउनुले समस्या पनि पर्ने गरेको छ ।

मलेसियाको एउटा उदाहरण हेरौं । केहि महिना अघि मात्रै नेपाल आदिवासी जनजाती महासंघका अध्यक्षलाई नै ठगी गरेको आरोप लाग्यो । मलेसियामा नै भएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले उनलाई कारवाहि गर्नुपर्ने माग गर्दै मलेसियास्थीत नेपाली दुतावासमा ज्ञापन पत्र नै  वुझाए । उनलाई पदच्युद गरि अर्कै व्यक्तिलाई जिम्मेवारी दिनु प¥यो ।

मलेसियाकै कुरा गर्दा गैर आवसिय नेपाली संघका अध्यक्ष लगायतले नेपालीलाई ठगी गरेको आरोप लाग्यो । सो वारेमा मलेसिया र नेपालका विभिन्न सञ्चारमाध्यमले प्राथमिकताका साथ समाचार प्रकाशित गरे । आरोपितले त्यसको सफाइ दिन पत्रकार सम्मेलन नै गर्नु प¥यो । त्यो ठगी थियो कि थिएन, प्रष्ट हुन सकेन । तथापी केहि पिडितहरु अझै पनि उनीहरुले ठगी गरेको दावी गरिरहेका छन् ।

कतारमा पनि एक सामाजिक अभियन्ताले वदमासी गरेको आरोपमा केहि समय कतारको जेलको हावा खानु पर्यो । यसैगरी युएईमा पनि विभिन्न सामाजिक संघसंस्थामा बस्नेहरुले नै नेपालीलाई ठगी गरेको खवर बेला बेला सार्वजनिक भइरहन्छ ।

यी उदाहरण मात्र हुन । हुन त ठगी गर्नेको नियत एक र संघसंस्थाको काम अर्काे भएपनि तिनै संघसंस्थाको आडमा नेपालीले नेपालीलाई ठगी गरेको उदाहरण प्रशस्त भेटिन्छन । कति घटना वाहिर आउँछन कति त गुमनाम नै हुने गरेका छन् । नेपालमा विपत्ति आएको वेला प्रवासका धेरै संघसंस्थाले प्रवासमा नै रकम संकलन गरे । सवै रकम नेपाल आउन पाएन होला । कतिले तिनै संकलन गरेको पैसाले आफ्नो व्याक्तिगत स्वार्थ पुर्ति गरेका पनि देखिए । त्यो वाहेक संघसंस्था निर्माण गर्ने नेपाली श्रमिकलाई संगठित गर्ने र उनीहरुवाट संस्थाका नाममा पैसा संकलन गर्ने परम्परा पुरानो हो । हर्ताकर्ताले त्यहि पैसामा मोजमस्ती गरेको समाचार कति भेटिन्छन् । केहि नेपालीहरुले त विरामी नेपाली वा पिडित नेपालीको फोटो नेपालीको जमघट हुने स्थानमा राखेर पैसा संकलन गरेका उदाहरण पनि प्रशस्तै भेटिएका थिए । के ति पिडितले त्यो सवै पैसा पाउने गरेका छन् त ?

केहि नेपालीले गरेको गलत क्रियाकलापका कारण धेरै नेपालीहरु पिडित पनि वनेका छन् । वास्तविक पिडीतले पनि सहयोग नपाउने अवस्था आएको छ आजभोली । संघसस्थामा संगठीत गराउनुपूर्व नसोचिकन गरिएका कार्यले तिनै संघसंस्था प्रति वितृष्णा उत्पन्न भएका छन् । मैले यहाँ उठाउन खोजेको कुरा प्रवासका सवै संघसंस्था खराव र गलत नियतले संस्था बनाइन्छ भन्न खोजेको होइन । तर विचार नगरी संघसस्था खोलिनु, फोस्रो आडम्वरका लागि कसैले  संघसंस्था खोल्छ भने त्यसवारे विचार गरिनु जरुरी छ ।

केहि संघसंस्थाले राम्रो काम गरेका छन् । तिनलाई सहयोग पनि आएको छ । तर त्यसो भनिरहँदा ति संघसंस्थालाई कसले कसरी सहयोग गरेको छ त्यो पनि खुलाइनु जरुरी देख्छु । संघसंस्था वनाइनु वा त्यसमा काम गर्नेको मात्र प्रशंसा गरिनु अघि त्यसको स्रोत के हो त्यो पनि समाजका अघि छर्लङ्ग हुनु जरुरी छ ।

अत्यमा प्रवासमा वसेर मानविय क्रियाकलापमा संलग्न सवैले यो पनि वुझ्नु जरुरी छ कि प्रवासमा वनेका संघसंस्था सवै वरावरका, सवै एकै भूमिकाका नहुन पनि सक्छन् । कसैले स्वार्थप्रेरीत रुपमा संघसंस्था खडा गर्छ र त्यो संघसंस्थालाई मोहरा वनाएर गरिखाने भाँडो बनाउँछ भने पक्कै पनि सोच्नु पर्ने हुन्छ त्यो सेवा नभएर स्वार्थ हो जुन पछि पछिसम्म हाम्रै लागि घातक बन्न सक्छ ।

नेपाली पुगेको ठाउँमा संघसंस्था वन्नु स्वाभाविक भएपनि त्यस्ता संघसंस्थामा आवद्ध हुने सवालमा पनि आफुले वेलैमा सोच्नु पर्छ । कतै त्यो संस्थाका एक व्यक्तिका कारण पुरै संस्थाको गरिमा माथी आँच आउँछ भन्ने हेक्का राख्नु जरुरी हुन्छ ।

(मलेसियामा पत्रकारीता गरेका काफ्ले हाल नेपालमा रहेका छन्)

यो पनि पढ्नुहोस् मलेसियामा सुरक्षित हुन यी कुरामा ध्यान दिनुस्


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...