विदेशमा बस्नेहरु, तपाईका छोराछोरी कसरी हुर्किदैछन् ?

रञ्जना लम्साल-

यो हप्ताको शनिवारको विदाको सदुपयोग गर्दै पहिलाको घर भएको ठाउँ तिर घुम्न जान मन लाग्यो शनिवारको दिन भएर होला केटाकेटी घाम लागेको ठाउँमा झुरुप्प भएर खेल्दै थिए त्यहि भिडमा एउटा बालकमा मेरो आँखा गयो उमेर त्यस्तै / बर्षको जस्तो देखिन्छ मैलो लुगा लगाएको, नजिक जाँदा यस्तो लाग्छ हप्तौ भयो उनले नुहाएको थिएन उनलाई देख्दा कता कता उनी अरु भन्दा फरक पनि देखिन्थे

ती बालकलाई बोलाएर कुरा गर्न खोजें तर उनी नजिक आउन मानेनन् मैले मेरो पुरानो घरको नजिकको दिदिसँग उनी को हुन, किन यति धेरै धुलोमैलो ? अनि किन फरक ब्यवाहार देखाएको भनेर कुरा गर्दा थाहा भयो, उनकी आमा बैदेशिक रोजगारका लागि कुवेत गएकी रहिछन् उनको आमा बिदेश हिंडेको ११ महिना भएछ उनी एउटी बहिनीसँगै बुवासँग बस्दा रहेछन्

उनको घरमा आमा गए देखि शान्ति छैन भन्दै थिईन ती दिदि उनीहरुले तातो भात नखाएको सफा लुगा नलगाएको पनि पनि एघारै महिना भएछ बाबु मातेर आउँछन् रे छोराछोरीलाई हप्काई दप्काई गर्छन रे केटाकेटी कुनामा बस्छन् तर बाबुसँग केहि बोल्न सक्दैनन् यी बाल बालिकाको भविष्य के होला ? यो बिचार मात्र मेरो मनमा आईरह्यो

त्यो बालकको नजिक फेरी जान मन लाग्यो मलाई एक्लै जाँदा उनी मसँग कुरा गर्न मान्दैनन् जस्तो लागेर संगै खेलेको उनको साथीसँगै राखेर उनीसँग कुरा गरे

बाबु तिम्रो नाम के हो ?

-प्रशान्त

आमाले तिमिलाई फोन गर्नु हुन्छ ?

उनले मुन्टो हल्लाएर गर्नुहुन्नको भावमा जवाफ दिए

बाबा के गर्नु हुन्छ ?

-खै 

बाबु पढ्न जान्छौ ?

-जान्छु

खाना खाएर आएको हो खेल्न ?

-हो

त्यति भनेर उनी खुरुर्रर्रर दौडिए अनि त्यहाँबाट फर्किए

गाउँले दिदिले बताए अनुसार उनीहरु अर्काको घरमा भाडा गरेर बसेका हुन छोराछोरी पाल्ने मेसो गाउँघरमा नदेखेर उनी बिदेश हान्निएकी रहिछन् श्रीमान बिदेश जान स्वाथ्यले साथ नदिएर उनी भारतको बाटो हुँदै कुवेत गईन जुन सन्तानलाई शिक्षा दिक्षा सफल जीवन दिन उनी बिदेश भासिईन उनी नेपाल फर्किदासम्म ती सन्तान कस्ता हुन्छन् वा कहाँ पुग्छन् त्यो केहि थाहा छैन

दिदिले मसँग कुरा गर्दै गर्दा आफ्ना बारेमा बताउन थाल्नु भयो दिदिका श्रीमान पनि १३ बर्षसम्म बिदेश जानु भएको रे जना छोरा श्रीमान बिदेश रहँदै गर्दा हुर्काउनु भएछ श्रीमान बिदेशमा, अर्काकोमा काम गर्न जान्थे, बिहान बिस्तारामा छोराहरु छोडेर गयो बजे चिया खान २० मिनेट छुटृी हुन्थ्यो, त्यहि समयमा खाना पकाएर काँचो कचिलो छोराहरुलाई दिन्थे उनीहरु खाना खाएर स्कुल जान्थे मेरो काम बजेसम्म घर आएपछि घरको काम बाख्रा, खेती सबै बेलुकी १० बजेसम्म भोली के खुवाउने, तरकारी के पकाउने, सबै तयार पारेर सुत्थे मैले जति दुख गरे छोराहरुले राम्रो पढे, अहिले छोराहरुले कमाउन थालेर ढुक्क छु

एउटै परिवेश, एउटै परिस्थीती पात्र मात्र फरक तर एउटाको घर उज्यालो , अर्काको अध्यारो हुन पुरुष सदस्यले घर सम्हाल्न सक्दैनन् भन्न खोजेको पटक्कै होईन, तर पनि महिलाले छोडेको घर छोराछोरी अलपत्र जस्तै भएको धेरै देखिन्छ छोराछोरी श्रीमानको जिम्मा लगाएर गएका श्रीमतीहरु घर फर्किदा छोराछोरी कुलतमा फसेको अलि धेरै सुनिन्छ, देखिन्छ

सन्तानलाई बाबाआमा दुवैले हुर्काउन सके, दुबैको माया उनीहरुले पाएभने पक्कै पनि उनीहरुको शारीरिक मानसिक अबस्था राम्रो हुन्छ छोराछोरीको उज्वल भविष्य खोज्न खाडीमा दौडने अभिवाकले आफुले घरमा छोराछोरीको जिम्मा कसरी कसलाई लगाउने भन्ने बारेमा पनि एक पटक सोच्न पर्ने देखिन्छ  कतै हामीले खोजेको भविष्य, वर्तमान भन्दापनि अन्धकारपूर्ण नहोस यस बारेमा पनि एक पटक बिचार गर्ने हो की ? 

यो पनि पढ्नुहोस् मर्यादित आप्रवासनः महिला श्रमिकको भूमिका


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'

'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'

काठमाडौं, कात्तिक १७-  बन क्षेत्रमा कार्यरत श्रमिकको अधिकार रक्षाका लागि नीतिगत तहमा थप पहल आवश्यक रहेको यस क्षेत्रमा कार्यरतहरुले निश्कर्ष निकालेका छन् । उनीहरुले यसका लागि सकेसम्म राजनीतिक रुपमा लविङ गर्ने र आवश्यक ठाउँमा हस्तक्षेप समेत...

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...