'भो, अव म विदेश जान्न'

अर्जुन काफ्ले-

मोरङ्ग पथरी शनिश्चरेका पवन अधिकारी ५ महिना अगाडी बैदेशिक रोजगारमा जान भनेर दुईपटक काठमाडौंका म्यानपावर कम्पनी धाए । यूएईको भिषा पाए विदेश पुगेर राम्रो कमाइ हुने आश वोकेका उनी युएई जान मोटो रकम म्यानपावर कम्पनीले मागेपछि घर फर्किए । बरु विदेश जाँदा लाग्ने पैसाले त यहिं केहि गर्छु भन्ने लाग्यो र सिटी सफारी किनें अधिकारी भन्छन् अहिले यसको कमाई पनि राम्रो छ ।

जसै उनको सिटी सफारी पथरी वरापरका यात्रु बोकेर दौडिन थाल्यो, अधिकारीको बैदेशिक रोजगार प्रतिको मोह घट्दै गयो । दैनिक ८ सय देखि २ हजारसम्म आम्दानी आफ्नै घरमा वसेर गर्न सकिने रहेछ, किन वेकारमा विदेश जानुउनी भन्छन् स्वरोजगार वन्न स्वदेशमै सकिने रहेछ ।घर परिवार संगै बसेर विदेशमा कमाइने वरावरको आम्दानी हुने उनको भनाइ छ ।

पथरी शनिश्चरेकै लाख बहादुर मोक्तानले मलेसियामा ६ वर्ष रोजगारी गरे । रोजगारी गरेर फर्किएपछि उनले पनि तीनपाग्रे अटो किनेका छन् । पछिल्लो डेढ बर्षदेखि पथरीवजार आसपासमा अटो रिक्सा गुडाइरहेका मोक्तानले यात्रुलाई गन्तव्यमा मात्र पु¥याएका छैनन् आफ्नो आम्दानीपनि राम्रो गरिरहेका छन् । मलेसियाको पेनाङ्ग, कोतादमनसरा लगायतका ठाउँमा काम गर्दा भन्दा आफ्नै परिवारसँग वसेर अटो कुदाउँदा बढी सन्तुष्टि भएको उनी बताउँछन् । मोक्तानले मलेसियामा कमाएको केहि रकम जम्मा पारेर किनेको अटोबाट दैनिक ३ हजारसम्म कमाइ हुने गरेको बताए । कमाईको अनुपात सधैं एउटै हुन्न, चाडपर्वमा खटाई पनि बढ्छ र कमाइ पनि ।

मलेसिया र कतारमा गरेर ७ वर्ष रोजगारी गरेको पथरी शनिश्चरेकै झनप्रसाद पोख्रेल पनि १ वर्ष देखि अटो चलाउँछन् । पहिले सफारी किनेका उनले पछि सफारी वेचेर अटो किने । सहज फाइनान्सको सुविधा बढेपछि पथरी क्षेत्रका युवाको रुचि अटोमा बढेको हो । विभिन्न सहकारी र वैंकले अटो खरिद गर्न सहजताका साथ ऋण उपलव्ध गराएका छन् । महिनाको १० देखी १५ हजारसम्मको किस्ता हुने र सो किस्ता तिर्ने कमाई अटोले नै गर्ने भएपछि पथरीमा पछिल्लो समय अटोको संख्यामा पनि वृद्धि भएको हो ।

अटो र सिटी सफारीले यात्रुलाई पनि सजिलो बनाएको छ । मोक्तानका अनुसार घरमै पुगेर यात्रु बोकेर गन्तव्यसम्म पुर्याईदिने भएका कारण यात्रुलाई सजिलो छ, त्यसका चालकको आन्दानी पनि राम्रो छ । पहिले पथरीमा रातीको समयमा कोहि यात्रु उत्रिए गन्तव्यमा पुग्न गाह्रो हुने गरेको भएपनि अहिले अटोहरुले जुनसुकै समयमा पनि सेवा दिने गरेका कारण सजिलो भएको भुल्के मोरङ्ग यातायात प्रालिका अध्यक्ष पुर्ण कार्की बताउँछन् । कार्कीकै अग्रसरतामा पथरीमा टेम्पु तथा सफारी चालकहरुले संयुक्त रुपमा कम्पनी नै दर्ता गरेका छन् । यो कम्पनीमा मात्रै १ सय १५ वटा अटो दर्ता भएका छन् । पथरीमा नै सुनाखरी अटो प्रालि रहेको छ जसमा २ सय ५० अटो तथा सफारी आवद्ध भएको प्रालीका सचिव रविन थुलुङ्गले जानकारी दिए ।

समस्या पनि नभएको होइन । जिर्ण सडकका कारण सफारी तथा अटो सञ्चालनमा समस्या रहेको यसका चालकहरु बताउँछन । कतिपय अवस्थामा सडककै कारण दुर्घटना हुने र सवारीमा क्षती पुग्ने गरेको छ अटो सञ्चालक मोक्तानले बताए ।

परिवारसंगै बसेर विदेशमा हुने जति कमाइ स्वदेशमै हुने र स्वरोजगारको भरपर्दो विकल्प अटो भएपछि पछिल्लो समय यो क्षेत्रका युवाको आकर्षण अटो र सफारी सञ्चालनमा भएको छ । ट्राफिकबाट वेलावेलामा पाइने झन्झट वाहेक खासै समस्या पनि नरहेको उनीहरु वताउँछन् । बैदेशिक रोजगारबाट फर्केकाहरुको साझा बुझाई छ काम गर्नेलाई स्वदेशमा नै उत्तिकै अवसर छ । उनीहरु भन्छन्- भो अव त विदेश नजाने ।

(काफ्ले स्वयं पनि मलेसियामा रोजगारीसँगै पत्रकारिता समेत गरेर फर्केका हुन् । यो सामग्री माघ ९, २०७५ मा प्रकाशित भएको हो ।)

यो पनि पढ्नुहोस् प्रवासका संघसंस्थाः कति उचित, कति अनुचित ?


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...