जव कलाकार युरोपको कागज बनाउन लुके .........

सन्तोष न्यौपाने-

केही समय अगाडि तमु समाज बेल्जियमले ल्होसारको अवसर पारेर सांस्कृतिक कार्यक्रम आयोजना गर्यो जसको नारा थियो शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ,परम्परा हराए मान्छे(जाती)हराउँछ । तर विडम्वना यो नारामा भनेजस्तै कार्यक्रममा आएका कलाकार नै हराएका छन् । अर्थात् कार्यक्रम पछि उनीहरु नेपाल नफर्की अर्कै देशमा युरोपमा बस्ने कागजात बनाउन पुगेका छन् ।

कार्यक्रमको लागि नेपालबाट आएका गणेश गुरुङ गुरुङ जनवरी १६ तारिखमा नेपाल फर्के । तर उनीसँगै आएका अर्का कलाकार भनें नेपाल फर्किनुको सट्टा पोर्चुगल पुगे युरोपमा बसोबासको कागजात बनाउन ।

गणेश र ति दुवै कलाकारहरु व्यक्तिगत स्पोन्सरमा बेल्जियम आइपुगेका थिए । तमु समाज, बेल्जियमले उनीहरूको स्पोन्सर नगरेपनि मुख्य आयोजक संस्था थियो । तर एकजना कलाकार स्वदेश नफर्की अर्कै मुलुक पसेपछि तमु समाजले यसको जिम्मेवारी आफ्नो नभएको बताउन थालेको छ जवकी कार्यक्रमका लागि भने सो संस्थाले ठूलै प्रचार गरेको थियो ।

यसरी एउटा कार्यक्रममा आएर स्वदेश नफर्की पोर्चुगल पस्ने यी पहिलो कलाकार भनें होइनन् । अर्का एकजना नेमकुल थर भएका कलाकार सन् २०१६ मा बेल्जियम लगायतका देशहरुमा च्यारिटी कार्यक्रमको लागि भन्दै नेवारी फिल्म च्यारिटी सो आए र अन्त्यमा उनी पोर्चुगल पसे । हाल उनले त्यहाँबाट बसोवासका लागि आवश्यक कागजात बनाइसकेका छन् । एउटा संस्थाका संस्थापक उनी पहिले अष्ट्रेलियामा बस्दथे । १५ महिना अगाडि पोर्चुगल पसेका उनले हाल त्यहाँको स्थायी बसोबासको कागजात बनाउन सफल भएका छन् ।

युरोपका विभिन्न मुलुकमा कार्यक्रममा आउने र स्थायी बसोवासका कागजात तुलनात्मक रुपमा बनाउन सहज हुने मुलुक पस्ने प्रवृत्ति मौलाउँदै गएको छ । केही समय अगाडि सामाजिक सञ्जालमा जनसम्पर्क समितिबाट नेपालबाट ल्याएर युरोपका केहि मुलुकमा पठाएको आरोप जनसम्पर्क समिति, युरोपका महामन्त्री गंगाधर गौतमले वर्तमान कमिटीलाई लगाएका थिए । बुझ्दै जाँदा समिति भित्रका केही व्यक्तिको सहयोगमा व्यक्तिगत तवरबाट त्यस्तो काम भएको भेटिएको श्रोतको भनाई छ । तर यसमा कसैले कसैलाई कारवाही भनें गर्न सकेनन् ।

केहि उदाहरण अचम्म लाग्दा प्रकृतिका छन् । घटना झण्डै दुई वर्ष अगाडिको हो । काठमाडौंबाट मोहन बराल, जानकी अर्याल र कृष्ण ढकालले बेल्जियमको लागि भिषा आवेदन दिए । अर्याल र बरालको भिषा लाग्यो भने ढकालको लागेन । ढकालका बाबु बेल्जियममा भएकै कारण भिषा नदिएको अनुमान छ । कलाकारका रुपमा बेल्जियम छिरेका बराल र अर्याल दुई रात बेल्जियमको लुभेन शहरमा बसेर तेस्रो दिन बराल पोर्चुगल गए भने अर्याल स्पेन पुगिन् । बरालको पोर्चुगलको पेपर बनिसकेको छ । उनीहरूको कुरालाई आधार मान्ने हो भने यहाँस्थित नेपाली संस्थाले नै स्पोन्सर गरेको देखिन्छ । यसै विषयमा आएको भिडियो क्लीप हेर्दा आगन्तुक व्यक्तिले उनलाई ल्याउन कुनै क्लबको नाम जोडेका छन् ।

यसबारेमा बुझ्न खोज्दा तमु समाज बेल्जियमका अध्यक्ष जीवन गुरुङले यसरी कलाकार नेपाल नफर्किनुमा आफूहरुको जिम्मेवारी नभएको बताए । उनले भने तमु समाज बेल्जियमले ल्होछार कार्यक्रमको लागि निमन्त्रणा गरेको हो तर स्पोन्सर उहाँको बहिनि ज्वाईंबाट भएको हो । उनका अनुसार कलाकार बेल्जियम आउने कुरा सुनेपछी तमु समाज बेल्जियमले स्टेज उपलव्ध गराउने भएको र त्यसका लागि पारिश्रमिक पनि उपलव्ध गराइएको थियो । समाजले आफ्नो दायित्व पूरा गर्दै १६ जनवरी, २०१९ मा विदाई गरेको तर १७ जनवरीमा ति कलाकार पोर्चुगल गएको सुन्नमा आएपछि त्यसका बारेमा बुझ्न फोन गर्दा सम्पर्क हुन नसकेको गुरुङले बताए । स्पोन्सर गरेर ल्याउने बहिनी ज्वाईंले नै यसको जिम्मेवारी लिनुपर्ने गुरुङको भनाई छ ।

तमु समाजका नन्द घलेले भनें तमु समाजले १६ जनवरीमा औपचारिक बिदाई गरेर विभिन्न देशमा कार्यक्रम सम्पन्न नहुन्जेल समाजले समन्वय गर्ने काम मात्र गरेको जिकिर गरे ।

यसरी कलाकारको रुपमा युरोप आउनेहरु लुक्नु र अर्कै मुलुक पुग्नु समस्या भएको छ । एनआरएन, बेल्जियमका अध्यक्ष लोक दाहालले हाल युरोपमा आउने नेपालीले निकै दुःख कष्ट भोग्नु परेको भन्दै यसमा सचेत हुन आग्रह गरे । कुनै व्यक्ति आफ्नै रुचिले आएर बस्न खोजेमा त्यसमा आफ्नो सरोकार नरहेको भन्दै उनले सचेत गराउने भनें आफूहरुको दायित्व भएको बताए । उनले कलाकार देशको गहना भएका कारण यसरी बसिदिंदा राम्रो नहुने र कलाकारकै अपमान हुने धारणा राखे ।

बेल्जियम स्थीत नेपाली दुतावासले बेल्जियमसँगै नेदरल्याण्ड र लक्जेम्बर्गलाई पनि हेर्ने गरेको छ । कलाकार आएर गायव हुने समस्यालाई लिएर राजदूत लोक बहादुर थापालाई जिज्ञासा राख्दा थापाले मान्छे ल्याएर ओभर स्टे गराउँदा वा भगाउँदा त्यसले भोलिका दिनमा सबै नेपाली प्रतिको सम्मान र ईज्जत घट्न सक्ने हुँदा सबै सचेत बन्नुपर्ने बताए । राजदूत थापाले भने नेपाल र नेपालीको प्रतिष्ठामा आँच आउने गरी तथा जुन देशमा बसेको हो, त्यस देशको कानुनको बर्खिलाप हुने गरी कसैले र कुनै संघसंस्थाले पनि कुनै काम वा गतिविधि गर्नुहुन्न । 

(न्यौपाने बेल्जियममा बसेर पत्रकारिता गर्छन् । मानव तस्करी लगायतका विषयमा उनले बढी कलम चलाउने गरेका छन् ।)

यो पनि पढ्नुहोस् दूतावासको बजेट फ्रिज, कार्यक्रमका लागि नेपाली पैसा उठाउँदै


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव द…

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव दिन नपाइने

काठमाडौं, असार २५- सरकारले नेपालमा कार्यरत श्रमिकको न्यूनतम ज्याला प्रतिमहिना १३ हजार ४ सय ५० तोकेको छ । यसैगरी साउन देखि दैनिक ज्याला ५ सय १७ तथा प्रतिघण्टा ज्याला रु ६९ भएको छ । रोजगारदाताहरु तथा ट्रेड युनियनहरुबीच...

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं,  यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस)े को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको सह-अध्यक्ष अर्जुन...

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्…

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

  काठमाडौं,  अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको छ । माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो । भेलाले संघको केन्द्रीय अध्यक्षमा...

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

काठमाडौं,  नेपालमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्व बृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । यहि व्यवस्थाका कारण पछिल्लो समयमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा बृद्धि भएको छ । केन्द्रीय तथा प्रादेशिक संसद तथा...