पाकिस्तानी ड्राइभर र नेपाली युवती

लक्ष्मण खनाल, यूएई- 

भोलीपल्ट शुक्रबार । खाडीमा शुक्रवारको महत्व नै छुट्टै । हप्तामा ६ दिन काम गरेर आउने शुक्रबार साथीभाई भेटघाट, किनमेल र नेपालीले गर्ने कार्यक्रमहरुमा गएर दुःख विर्सिने परदेशी मध्ये म पनि एक हुँ । त्यसैले विहिवार नै मिनि शुक्रबार जस्तै लाग्छ । हो, म विहानै देखि भोलीको पर्खाइमा दुबईका सडकहरुमा दिनभर कुदिरहेको थिएँ । विहिबार कार्यालयको काम अलिक कम पनि हुन्छ ।

साँझपख कोठामा फर्किन दुवईबाट शारजाह तर्फ बाटो लागें । शारजाह प्रान्तको सीमामा पुग्नै लाग्दा गाडी ठिक छैन भन्ने लाग्यो । गाडीको इञ्जिनको खरावी थाहा पाए पछि शारजाहको औद्योगिक क्षेत्रमा रहेको डाइनाटे«ड अटोमोवाइल्स्मा गाडी बनाउन दिएँ । शनिबार मात्र गाडी पाइने भयो ।

म कोठामा जानको लागि ट्याक्सीको प्रतिक्षामा थिएँ । गर्मी धेरै छ । विहिवार त्यसै पनि ट्याक्सीहरु खाली भेट्न गाह्रो पर्छ । पसिनाले भिज्दै बाटोतिर हात हल्लाउँदै बसेको थिए । करिव ३० मिनेटको प्रतिक्षा पश्चात खाली ट्याक्सी भेटियो । मैले मेरो ठेगाना बताए । ट्याक्सी अगाडी बढ्यो । करिव ५ मिनेटको मौनता पछि उसले सोध्यो, ‘मुम्बई से हो ?(मुम्बईबाट हो)

मैले होइनको जवाफ दिए ।

गुजरात ?

होइन म नेपाली रहेको बताएँ ।

हो र ? हेर्दा नेपाली जस्तो लाग्दैनस् । मलाई नेपाली मन पर्छ । मलाई नेपाल जाने मन छ ।उसले भन्यो ।

मैले सोधे तपाई कहाँबाट ?

पाकिस्तान पेसावर हो मेरो घर ।

अनि मैले नेपालको बारेमा जानकारी दिने उद्देश्यका साथ नेपालको प्राकृतिक सौन्दर्यता र हावापानीको कुरा गरे । नेपाल घुम्नको लागि राम्रो ठाउँ रहेको जानकारी पनि गराए । अनि सोधें कहिले जानुहुन्छ ?

उसले कहिले जान्छु थाहा छैन तर एक पटक जान मन भएको बतायो अनि भन्यो मेरो पहिले एकजना साथी थिइन त्यसैले म एक पटक नेपाल जान चाहन्छु ।

साथी थिइन ? को ? मैले सोधे ।

उसले भन्न थाल्यो, ‘कुरा आज भन्दा चार बर्ष अगाडीको हो । जति वेला म अजमान प्रान्तको ट्याक्सी चलाउने गर्थे । अहिले शारजाह ट्याक्सीमा छु । हो, त्यति बेला एक दिन एकजना नेपाली केटी ट्याक्सीमा बसिन । उनले बरदुबई नेपाली दुतावास जाने भनिन् । म उनलाई लिएर दुवई पुगे । दुवई पुगेर मैले नेपाली दुतावासको बारेमा सोधें । तर नेपाली दुतावास त अवुधावीमा रहेछ । अन्य देशका दुतावासहरु बरदुबईमा रहेको कारण नेपाली दुतावास पनि त्यही होला भनेर म गएको थिएँ । उनलाई पनि थाहा रहेनछ । अव उनलाई लिएर अजमान फर्कनु पर्ने भयो । मैले बाटोमा उनको बारेमा सोधे । उनी भिजिट भिषामा आएकी रहिछन । उनको जागिर रहेनछ । अजमान फर्कदै गर्दा बाटोमा मैले उनीबारे धेरै जानकारी लिए । उनी मात्र १७ बर्षकी रहिछन । ६ दिदी बहिनी मध्येकी कान्छी उनी पैसा कमाउन युएई आएकी थिइन् । उनकी दिदी पनि शारजाहमा घरेलु कामदारको रुपमा काम गर्ने रहिछन ।

उ भन्दै गयो अजमान पुगेपछि उनलाई उठाएको ठाउँमा नै पु¥याए । ट्याक्सीको मिटरमा १ सय ८९ युएई दिहराम्स उठेको थियो । तर उनीसँग मात्र ९० दिहराम्स रहेछ । मैले सोचे अव मैले उक्त पैसा लिएँ भने उ अप्ठ्यारोमा पर्नेछ भनेर । मैले उसलाई पैसा नलिने, पछि जागिर गरे पछि मलाई दिनु भन्दै मेरो सम्पर्क नम्वर दिएँ र विदा भएँ ।

त्यसको करिव १० दिन पछि उनको फोन आयो । उनले आफ्नो दिदी शारजाहको अलखानमा रहने र दिदीकोमा नेपालबाट कोशेली आएको भन्दै उक्त समान ल्याइदिन अनुरोध गरिन । मैले उनको दिदीको सम्पर्क नम्वर लिएर उनको दिदीलाई भेटें र उनको कोशेली ल्याएर दिए । उनकी दिदी निक्कै सुन्दर  थिइन । त्यसदिन पछि मैले बेला बेलामा उनको दिदीसँग सम्पर्क गर्थे । खासमा मलाई उनी निक्कै मन परेको थियो । करिव ६ महिना जति उनीसँग मेरो कुरा भइरहन्थ्यो । मलाई थाहा भयो उनको श्रीमानको मृत्यु भइसकेको रहेछ । उनलाई मैले भेट्नको लागि धेरै पटक अनुरोध गरें । उनीसँग विहे गर्ने प्रस्ताव पनि गरे । तर उनले इन्कार गरिन । केही समय पछि उनले सम्पर्क नम्वर परिवर्तन गरिन म उनीबाट सम्पर्कविहिन भएँ ।

त्यसको केही महिना पछि फेरी तिनै बहिनीले फोन गरिन । उनले आफु खोरफुखानमा घरेलु कामदारको रुपमा काम गरेको र उनले दिनुपर्ने ट्याक्सी भाडा तिर्न फोन गरेको बताइन । मलाई अचम्म लाग्यो । इमान्दारिताको लागि गद्गद् भएँ । उनको दिदीको बारेमा सोधे । दिदी नेपाल गइसकिछन । मैले पैसा नलिने भन्दै उनलाई धन्यवाद दिएँ । त्यस पछि उनीसँग पनि मेरो सम्पर्क हुन सकेन ।

उ आफ्नो विगतमा बगिरहेको थियो उसलाई रोक्दै मैले उसको नाम सोधे,

मोहमद युसुफ

युएई आएको ?

१८ बर्ष ।

उसको परिवारमा श्रीमती, ४ छोरा र २ छोरी छन् । उनको जेठो छोरा शारजाहमा नै ट्याक्सी चलाउँछन । उमेरमा उ ५३ बर्षको भएछ । तर पनि अझै आफुलाई जवान सम्झन्छ ।

मेरो कोठा नजिकै पुगेपछि मैले रोक्ने अनुरोध गरे । उसको बिल तिरेपछि छुट्ने बेलामा उसले भन्यो,‘यदी अल्लाहले साथ दिए भने नेपालीसँग विहे गर्नेछु । 

यो पनि पढ्नुहोस् विदेशबाट आउँदा ल्याउने सुनको भन्सार शुल्क बढ्यो


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...