कोमाका विरामीः कसको दायित्व ? 

सुनिल न्यौपाने-

विभिन्न मुलुकका अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्नुपर्ने आवाज बेला बेलामा उठ्ने गरेको छ । अहिले पुनः यसको वहस तातेको छ । कोममा रहेका विरामीलाई स्वदेश फर्काउने सम्वन्धमा अध्ययन गर्न वर्तमान सरकारले एउटा समिति गठन गरेको छ जसले सम्भवत केहिदिन भित्रमा सरकारलाई आवश्यक रायसल्लाह सहितको प्रतिवेदन बुझाउनेछ ।

कोमाका विरामी कसरी ल्याउने ? यस विषयमा दुईथरी धारणा छन् । एकथरीले आफ्ना नागरिकको अन्तिम जिम्मेवारी राज्यको नै हुने भएका कारण नेपालले ति विरामीलाई अविलम्व नेपाल ल्याउनु पर्ने तर्क गर्दछन् । उनीहरु त्यस्ता विरामीलाई परिवारसँगै वा उनीहरुको निरन्तर पहुँचमा रहन पाउने अवस्थाको वकालत गर्दछन् । अर्काथरीले भनें कोमाका विरामी ल्याउने राज्यको दायित्व भएपनि अहिलेकै अवस्थामा खुरुखुरु ति विरामीलाई ल्याउनु भनेको रोजगारदाता र विरामी रहेको मुलुकको अस्पताल तथा सो मुलुकलाई नै सहज बनाइदिने काम मात्र हुने बताउँछन् । दुवैथरी तर्कका आआफ्नै महत्व छन् ।

विगतको अभ्यास

२०७५ मंसिर ७ गते कान्तिपुर दैनिकले एउटा समाचार प्रकाशित गर्यो कोमाका विरामीलाई कतारबाट राजधानीको एउटा अस्पतालले सुटुक्क ल्याउने गरेको तथ्य सहित । सो समाचारमा भनिएको छः

आर्थिक लाभका लागि राजधानीको एक निजी अस्पतालले कतारमा कोमामा रहेका बिरामी सुटुक्क ल्याउने गरेको पाइएको छ

सतुंगलस्थित ओम समाज अस्पतालले पछिल्लोपल्ट रुकुमको चौखावाङ९ गल्मपाटीका ललितबहादुर बुढालाई परिवारको स्वीकृति नलिई कतारस्थित हमाद अस्पतालबाट ल्याएको हो। बिरामी ल्याएबापत हमादले निश्चित रकम दिने गरेको स्वीकार्दै ओम समाजका मेडिकल निर्देशक डा. भीमनाथ खरेलले केही बिरामी ल्याइसकेको बताए

चार वर्षदेखि कोमामा रहेका बुढालाई नेपाल लैजाने प्रबन्ध मिलाउन हमादले कतारस्थित नेपाली दूतावासलाई दवाव दिँदै आएको थियो। विरामी ल्याउन आफू तयार भएको भन्दै ओम अस्पतालले हमादलाई पत्र पठाएको थियो

कमजोर आर्थिक अवस्थाका बुढाका परिवारले नेपाल ल्याएर उपचार गर्न नसक्ने दूतावासलाई जानकारी गराएको थियोहामीले क्षतिपूर्ति प्रक्रिया अगाडि बढाउने अधिकार (पावर अफ अटर्नी) मात्रै नेपाली दूतावासलाई दिएका थियौं। त्यसमा बिरामी नेपाल ल्याउने विषय लेखिएको थिएन,’ ललितका दाजु गोवद्र्धन बुढाले भने, ‘एक्कासि अस्पतालले तपाईंको भाइ आउँदै छ भनेर फोनमा काठमाडौं बोलायो 

सोही समाचारमा भनिएको छः

केही समय अगाडि हमादले कोमाका बिरामी राख्ने अस्पताललाई ५० हजार रियाल (१५ लाख रुपैयाँ) दिने वचन दिएको थियो

यो एउटा उचित दृष्टान्त हो किन कोमाका विरामी नेपाल ल्याउन ठूलो प्रयत्न गरिंदैछ भन्ने स्पष्ट हुन । यसमा नेपालका अस्पतालहरुको शुभलाभको खेती त छँदैछ, गन्तव्य मुलुकका अस्पतालले बर्षौंसम्म गर्नुपर्ने रेखदेखको जिम्मेवारी सकिने र रोजगारदाताको दायित्व पुरा हुने मात्र नभई सम्वन्धित मुलुकलाई अन्तराष्ट्रिय मञ्चमा आइपर्ने सम्भावित प्रश्नहरुको पनि निरुपण हुने अवस्था सिर्जना हुनेछ ।

कोमाका विरामी नेपालका केहि अस्पतालका कमाउ श्रोत हुन् भन्ने कुरा यसअघिका दुईवटा घटनाले पनि प्रष्ट हुन्छ । कोमाको अवस्थामा ल्याइएका ति विरामीहरु गन्तव्य मुलुकको रोजगारदाताबाट प्राप्त रकम(२५ लाख) राजधानीको वयोधा अस्पताल र मनमोहन अस्पतालमा उपचारका क्रममा सकिएपछि घर पठाइएका दृष्टान्त छन् । यसले पनि माथिकै विषयलाई थप पुष्टि गर्दछ । 

तयार छैन परिवार

रोजगारीका लागि २०७५ मंसिरमा पुनः कतार पुगेका स्याङ्जाका भीम बहादुर थापा हाल हमाद अस्पतालमा कोमामा छन् । हृदयाघात भएर गत माघ देखि अस्पतालमा कोमामा उपचारार्थ रहेका उनलाई स्वदेश फर्काउन अस्पताल र रोजगारदाताले दूतावासलाई निरन्तर दवाव दिइरहेको छ । तर स्वयं भीम बहादुरको परिवार भनें उनलाई यथास्थीतिमा नेपाल फर्काउन तयार छैन । भीम बहादुरकी पत्नी कमला अधिकारी भेण्टिलेटरमा राखेर उपचार गराइरहेको आफ्नो श्रीमानलाई नेपाल ल्याएर उपचार गराउने आफ्नो आर्थिक अवस्था नरहेको बताउँछिन् । श्वास रहुञ्जेल आश हुन्छ, हामी यहाँ ल्याएर उपचार गर्न सक्दैनौं, अक्सिजन किन्ने, डाक्टरको खर्च पुर्याउने अवस्था छैनउनले भनिन् घरमा ल्याएर मात्र रेखदेख गरेर हुन्न, त्यसैले कि त कम्पनीले ठिक बनाएर पठाउनु पर्यो नत्र कतारमा नै राखेर उपचार गरिदिनु पर्छ ।कमलाले कन्सुलर सेवा विभागमा पनि कतारको रोजगारदाता कम्पनीले नै उपचार गरिदिनुपर्ने भन्दै निवेदन दिएकी छन् । 

यसैगरी कतारमै अकस्मात ढलेर कोमामा पुगेका तनहुँका छविलाल आलेको परिवार पनि पहिले उपचारको ग्यारेण्टी हुनुपर्ने बताउँछ । १७ बर्ष कतारमा नै श्रम गरेर विताएका छविलाल पछिल्लो समयमा ड्राईभर थिए । उनी ५ महिना अघि देखि हमाद अस्पतालमा छन् । छविलालकी श्रीमति लीलादेवीले आफूहरुको परिवार श्रीमानलाई नेपाल ल्याएर उपचार गर्न सक्षम नरहेको भन्दै कम्पनीले नै उपचार गरिदिनुपर्ने बताउँछिन् ।

यसरी परिवार तयार नहुनुको कारण नेपाल ल्याइसकेपछि आइपर्ने दायित्वप्रति परिवार ढुक्क नहुनु देखिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल ल्याएर अस्पतालमा हेरचाह गर्न सकिने वा परिवारले जिम्मा लिएर सामान्य हेरचाह गरेर राख्न सकिने खालका विरामी ल्याउन चाहेपनि परिवारका सदस्यहरु त्यसमा सहमत नदेखिएको मन्त्रालयद्धारा गठित समितिकी सदस्य निशा बानियाँ बताउँछिन् । आफूहरुले कुराकानी गरेका कुनै पनि विरामीका आफन्त कोमामा रहेका विरामी ल्याउन तयार नदेखिएको भन्दै यसले कमाउञ्जेल विदेशमा पसिना बगाउने तर अशक्त भईसकेपछि परिवारले पनि वेवास्ता गर्ने देखिएको उनको भनाई छ ।

दायित्व कसको ?

जिफन्टका उपाध्यक्ष समेत रहेका अधिवक्ता रमेश बडाल जुन देशमा कार्यरत रहँदा नेपाली नागरिक कोमामा गएको हो सो व्यक्तिलाई नेपाल ल्याएपछि आइपर्ने सम्पूर्ण आर्थिक दायित्व सम्वन्धित रोजगारदाताको हुने अवस्थामा मात्र कोमाका विरामीलाई नेपाल ल्याउन उचित हुने बताउँछन् । जवानीजति कुनै मुलुकको लागि विताउने तर कुनै दुर्घटनामा परेर कोमामा पुगिसकेपछि जवर्जस्ती स्वदेश फर्काउ भनेर दवाव दिएकै भरमा सवै दायित्व परिवारले व्यहोर्नुपर्ने अवस्था निम्त्याउने काम गर्नु हुन्नबडालले भने ।

बैदेशिक रोजगारको क्षेत्रमा अध्ययन अनुसन्धानमा संलग्न केशव बस्याल पनि नेपालमा सो प्रकृतिका विरामीको हेरचाह गर्ने छुट्टै अस्पताल वा भइरहेका अस्पतालमा सेवासुविधा विस्तार गर्नु प्राथमिक काम भएको बताउँछन् । नेपाल ल्याइसकेपछि हुने सम्पूर्ण खर्च कसले व्यहोर्ने भन्ने स्पष्ट नभई यसमा हतार गर्न नहुने उनको सुझाव छ । उनले यस्तो खर्च सम्वन्धित रोजगारदाताको नै हुने र त्यसका लागि नेपाल सरकारले पहिले प्रयास गर्नुपर्ने बताए ।

समाधान के ?

गन्तव्य मुलुकमा रहेका नेपाली दूतावासहरुलाई सम्वन्धित मुलुकमा कोमामा रहेका नेपाली राखिएका अस्पतालहरु तथा रोजगारदाताहरुको ठूलै दवाव छ विरामी स्वदेश फर्काउन । मानविय तथा कल्याणकारी दृष्टिकोणबाट हेर्दा आफ्ना नागरिकलाई स्वदेश फर्काउनु राज्यको दायित्व पनि हो । तर सँगसँगै यसरी कोमामा रहेका व्यक्तिको भविष्यको स्वास्थ्य सुरक्षा, जीवन रक्षा र परिवारलाई थपिने दायित्व पनि हेरिनु आवश्यक छ । कोमामा गएका विरामी पुनः नबौरिने भन्ने होइन । कतिपय व्यक्ति बर्षौंपछि पुनः बौरिएका घटना संसारमा भएका छन् । तर त्यसका लागि धेरै बर्षसम्म राम्रो हेरचाह र उपचार आवश्यक हुन सक्दछ ।

सडक दुर्घटनामा परेर कोमामा गएकी संयुक्त अरब इमिरेट्स(युएई) की एक महिला २७ वर्षपछि बौरिएको दृष्टान्त छ । उनलाई युएई, बेलायत तथा फ्रान्सका अस्पतालहरुमा गरिएको लामो उपचारपछि उनी बौरिएकी हुन् । तर ति महिला जस्तो लामो समय कोमामा रहेर बौरिएको घटना विरलै हुने चिकित्सकहरूले बताएका छन् । यस्तै घटना अमेरिकी नागरिक टेरी वालिसको पनि भएको थियो जो लगभग १९ वर्षपछि बौरिएका थिए । त्यसैले कोमामा गएको व्यक्तिलाई न उसको मृत्यु भएको भनेर माया मार्न हुन्छ न त त्यसले परिवारलाई बढाउने सम्भावित आर्थिक, सामाजिक दायित्वप्रति नजरअन्दाज गर्न नै ।

त्यसैले कोमामा विरामी ल्याउने र्ईच्छुक परिवारलाई सहयोग गर्ने आव्हान सरकारले गर्नु र आफन्तलाई ल्याउन चाहनेलाई नेपालका सरकारी अस्पतालमा राख्ने व्यवस्था मिलाईदिनु आवश्यक छ । तर सँगसँगै ति विरामी र तिनका परिवारको आर्थिक दायित्व  सम्वन्धित रोजगारदाताको नै हुने विषयमा पनि सरकारले लविङ गर्न जरुरी छ ।

(२०७६ साउन १५ गते प्रकाशित । तस्वीर ईण्टरनेटबाट लिइएको हो)


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...