जीवनको ज्यान बचाउन जुटौं 

मेघराज सापकोटा-

एउटा जीवन युनाईटेड अरब ईमिरेट्सको एक राज्य शारजाह स्थित कुबेती अस्पतालमा लडेको छ । झण्डै २ हप्ता अगाडी बाटो काट्ने क्रममा गाडीको ठक्करबाट घाइते भएका जीवन रानाको जीवन कुबेती अस्पतालको अर्थोपेडिक वार्डमा उपचार गर्ने पैसा नभएर अलपत्र परेको छ । ढाडको २ वटा हड्डी भाँच्चिएको छ, खुट्टा भाँच्चिएको छ, खुट्टा चल्दैन, उपचार गर्ने पैसा नभएर दुख्न कम हुने पेनकिलर खाएर अस्पतालको शैयामा छटपटिनु परेको छ । सोच्नुस् त म त्यो स्थानमा भएको भए के गर्थे होला ? के सोच्थे होला ? मेरो जीवनलाई म के संज्ञा दिन्थे होला ? 

लगभग जीवनको एक तिहाई आयु पुरा गरेका यी घाइते नेपाली जीवन रानाको अवको बाँकी जीवन कसरी बित्ने होला ? १६ महिनाको छोरो र उमेरदार श्रीमती, बाबुआमा, दिदी बहिनी र भाईको अभिभारा बोक्ने एक बाबु, श्रीमान, जेठो छोरो, दाई र भाई यसरी परदेशको अस्पतालको शैयामा उपचारबिहिन भएर लड्नु परेको कहानी दिनहुँ बिभिन्न अनलाइन समाचारहरुमा पढ्नुपर्दा उनीहरुको मन कति कुँढिएको होला ? कति रोएको होला ? १६ महिने छोरोको 'बाबा बाबा' भन्ने तोतेबोली सुनिदिने बाबा अस्पतालको शैयामा कति पिडादायी छ जीवन ।

यी हुन झापा सुरुङ्गाका जीवन राना, जो जीवनको संघर्षमा अस्पतालको शैयाबाट सहयोगको याचना गर्दैछन । युएईमा रहेका धेरै संघसंस्थाहरुको परिक्षाको घडी पनि यही नै हो । एनआरएनए, युएईको अगुवाईमा सहयोग संकलन अभियान चल्दै गरेको पनि छ । बिभिन्न संघसंस्थाहरुले यो अभियानमा हातेमालो गर्लान कि नगर्लान त्यो भने हेर्न बाँकी नै छ । केही राजनीतिक दलहरुको आपसी इश्र्या, 'ईगो' यसमा पनि नहोला भन्न सकिन्न । 'तँ ठुलो कि म ठुलो' भन्ने प्रतिस्पर्धाको बाछिटा यता पनि नपर्ला भन्न सकिन्न । अहिलेसम्म राजनीतिक दलका भातृ संगठनहरु मौन देखिएका छन । आफुलाई ठुलो संगठन भनेर दाबी गर्ने, मेरो संगठनमा दुईचार सय पार्टी सदस्यता छ भन्दै दाबी गर्नेहरु लगभग दुलो भित्र लुकेर बसेका देखिन्छन । अझ केही केहीले त सामाजिक सञ्जालमा सहयोग गर्ने लिष्टमा मेरो संगठनको नाम किन लेखेको भन्दै प्रश्न पनि तेर्स्याएको देखियो ।

हामी राजनिती गरौ, तर श्रमिकको पिडामा नगरौ । अस्पतालको शैयामा लडेका, छटपटिएका जीवनहरुका जीवन बचाउने कुरामा होडबाजी गरौ । कसले बढी सहयोग गर्ने भनेर होडबाजीको राजनीति गरौ ।

आज हामी जीवनको जीवन रक्षार्थ त्यति ठुलो रकमको जोहो गर्ने तरखरमा छैनौ । उपचारको शुरुवाती खर्च जम्मा २० हजार दिर्हाम मात्रै रहेछ । त्यस पछीको खर्च कती हो भन्ने अहिले नै यसै भन्न सकिने अवस्था छैन । उनलाई उपचारको लागि शारजाहबाट कुबेती अस्पतालबाट फुजैराह लैजाने तयारी हुँदैछ । जीवनको उपचारको लागि राम तामाङ, रेशम लामा, रमेश श्रेष्ठ, पूजन खरेल, बिनिता बिमली, क्रिश सुनार लगायतका साथीहरु र बिभिन्न संघसंस्थाको भूमिका सह्रानिय छ ।    

हामी सँग के कुरा अझै पनि यादगर छ भने, सन २०१२ तिर युएईको अदालतले मृत्‍युदण्डको सजाय सुनाइएका अनिश खालिङ राईले पीडितलाई तिर्नु पर्ने ब्लडमनी संकलनमा युएईका बिभिन्न संघसंस्थाको एकता अभुतपूर्व थियो । कसले बढी पैसा उठाउने र अनिश खालिङ राईलाई मृत्‍युदण्डबाट जोगाउनेमा प्रतिस्पर्धा थियो । देश बिदेशबाट सहयोगको राशी मनग्गै संकलन भएको थियो । तर अनिश खालिङले तिर्नु पर्ने ब्लडमनी अरु कसैले तिरिदिएको थियो । 

अनिश खालिङ नेपाल पुगे पछी उनले भनेः यो पैसा म जस्तै आपतमा परेका नेपालीको लागि खर्च गरिनेछ । अनिश खालिङ बचाउ अभियानका सुजन खालिङले साढे ३ करोड उठेको जनाउदै एक ट्रस्ट मार्फत सेवामा खर्च गरिने बताए । तर आज उठेको त्यो पैसा कहिले सरकार र कहिले ट्रस्ट भन्दा भन्दै यहाँ सयौं जीवनहरु जीवन मरणको दोसाँधमा जिउनु परिरहेको छ । यदी उठेको त्यो रकम सदुपयोग भईदिएको भए सायद आज २०-३० हजार दिर्हाम (८-१० लाख रुपैयाँ) संकलन गर्न यति गार्हो पर्ने थिएन । 

अनी त्यो हामीले सरकारलाई तिरेको १,००० रुपैयाँ, के का लागि !  यसरी नै अस्पतालमा छटपटाउन हो ? यसरी नै चन्दा मागेर हामीलाई उपचार गराउन हो ? तसर्थ, हामीले अब नेपाल सरकारको आँखा खुलाउन जरुरी छ । हाम्रा आवाजहरुलाई बुलन्द बनाउन जरुरी छ । हामीलाई बैदेशिक रोजगारमा पठाएर देशले कमाएको रेमिटेन्सको एक एक हिसाब खोज्न जरुरी छ । हामीले तिरेको १,००० रुपैयाँको हिसाबकिताब सोध्न जरुरी छ । 

यी सबै गर्न जरुरी छ तर आज चाँही जीवन रानाको जीवन बचाउन जरुरी छ । सबै जुटौ । चौडा छाती बनाएर ।

सहयोग गर्न चाहनु हुनेले एनआरएनए, युएईका अध्यक्ष सुदीप बहादुर कार्कीको बैंक खातामा रकम जम्मा गरिदिन सक्नुहुन्छ । 

सुदीप बहादुर कार्की, ईमिरेट्स एनबीडी १०१ ४२४४६५९० ०१ 

छोरो परदेशमा बेपत्ता, आमा रुँदै घरमा 


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं, चैत्र २५- यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस)े को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको...

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्…

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

  काठमाडौं, चैत्र ५- अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको छ । माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो । भेलाले संघको...

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

काठमाडौं, फागुन २४- नेपालमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्व बृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । यहि व्यवस्थाका कारण पछिल्लो समयमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा बृद्धि भएको छ । केन्द्रीय तथा प्रादेशिक...

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

काठमाडौं- श्रमिकलाई सामाजिक सुरक्षा सहितको श्रम ऐन २०७४ यसअघिको श्रम ऐन, २०४८ भन्दा धेरै कुरामा श्रमिक मैत्री देखिएको छ । सञ्चयकोष, उपादान लगायतका विषयमा नयाँ श्रम ऐनले प्रष्ट व्यवस्था गरेको छ । यसैगरी नयाँ ऐनले अन्य श्रमिक...

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै …

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै डेढ लाख कमाउँदै

  निमदत्त सुवेदी, पोखरा  पढाइ सकेपछि जागिर खोज्न निक्कै भौतारिए सूर्यप्रसाद लामिछाने। पोखरा–लेखनाथ महानगरपालिका–३१ बेगनासतालका उनले जति प्रयत्न गरे पनि जागिर पाउन सकेनन्। अन्तत उनी निष्कर्षमा पुगेः मौरी पालन गर्ने। १५ हजार रुपैयाँको जागिर खोज्दै हिँडेका लामिछाने अहिले...

श्रम विधेयक संसदबाट पारीत

श्रम विधेयक संसदबाट पारीत

  काठमाडौ– व्यवस्थापिका संसदले श्रम विधेयक पारीत गरेको छ । संसदको शुक्रवारको बैठकले सो विधेयक पारीत गरेको हो । विगत लामो समयसम्म छलफल भई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समिति हुँदै सो विधेयक संसदको बैठकमा पुगेको...

रोजगारी पाउनु भएन ? अवशर छन्

रोजगारी पाउनु भएन ? अवशर छन्

काठमाडौं- तपाई कामको खोजीमा हुनुहुन्छ ? तर पाउनु भएको छैन ? उपाय धेरै छन् शहरमा । शहरमा युवाका लागि तालिम दिने संस्थामा जानुभयो भनें तपाईका लागि उपयुक्त तालिम र तालिमपछि रोजगारी पाइन सक्छ । यसरी नै...

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

  काठमाडौं- भक्तपुरका रमेश बाखु हाउस वायरिङ्गको काम गरेर महिनामा १५ हजार बचत गर्छन् । उनले यस्तो काम थालेको एक बर्ष मात्र भयो । ‘बिजुलीको काम सधैं नहुनसक्छ, तर कहिलेकाँहि त मारामार हुन्छ ।’ उनी भन्छन्...