छोरालाई व्लड क्यान्सर, श्रीमान् साउदीमा बेपत्ता

काठमाडौं - भनिन्छ दशा बाजा बजाएर आउँदैन । त्यो कतिबेला कसलाई आइपर्छ कसैले लख काट्न पनि सक्दैन । हो, यस्तै आपत आइपरेको छ गोरखाकी कमला श्रेष्ठलाई । दुई छोरा । एउटा ११ बर्ष र अर्को ७ बर्षका । श्रीमान् साउदीमा । ८ बर्षदेखि उनका श्रीमान् सुलोचनको साउदी बसाई परिवारका लागि उति अप्रिय पनि थिएन । उनले साउदीबाट कमाएर पठाएको रकमले यता परिवारको गुजारा राम्रैसँग चलिरहेको थियो । सँगै जेठो छोराको उपचार पनि । Missing KSA गत बैशाख १३ गते । नेपालमा विनाशकारी भूकम्पले ताण्डव मच्चाएको भोलीपल्ट साउदीबाट फोन आयो कमलालाई । सुलोचनले आफू एक हप्ताभित्रै नेपाल आइपुग्छ, नआत्ति बस्नुु भनेपछि केहि ढुक्क भयो मनमा । तर हप्ता हुँदै १५ दिन वित्यो । अनी महिना पनि । तर सुलोचन न नेपाल आइपुगे न त उनको फोन नै आयो । कमलाको मनमा चिसो पस्यो । सुलोचनले साउदीबाट गर्ने नम्वरमा फोन गर्दा लागेन । अझ मनमा आशंका बढ्दै गयो । त्यो आशंका अहिले छटपटिमा बदलिएको छ । यता नेपालमा दुई छोरा छन् । जेठोलाई व्लड क्यान्सर छ । उसैको उपचारका लागि काठमाडौंमा बसिरहेकी कमलालाई श्रीमान् बेखवर भएको पीर त छँदैछ, बालबच्चालाई खुवाउन समेत अव हम्मे हम्मे पर्न थालेको छ । सुलोचन साउदीको रियाद भन्ने ठाउँमा काम गर्दथे भन्ने थाहा छ कमलालार्ई । उनी कुनै मजरामा काम गर्दथे जहाँ उनको काम भेडा चराउने थियो । साहुले मन पराएका पनि थिए उनी । त्यसैले गाडी चलाउन, भेडाको उपचार गर्न सवै सिक्ने व्यवस्था मिलाईदिएका थिए । उनको तलव पनि साहुले नै नेपाल पठाइदिन्थ्यो बेला बेलामा । अनी उसैको फोनबाट कहिले काहिं सञ्चोविसञ्चोको कुराकानी पनि हुन्थ्यो परिवारसँग । त्यसैले सुलोचन बेखवर भएपछि उनको खोजी गर्न कमलाले त्यहि साहुको नम्वरमा फोन गरिन् । ‘तर उसले भाषा बुझेन । न अंग्रेजी बुझ्छ, न हिन्दी । उसले बोलेको हामीले बुझेनौं’ उनी भन्छिन् । त्यसपछि अर्को उपाय खोज्यो श्रेष्ठ परिवारले । सुलोचनले डेढ बर्ष अघि घर आउँदा एउटा थोत्रो मोवाइल छोडेर गएका थिए । त्यहि मोेवाइलमा भेटियो साउदीको अर्को नम्वर । त्यो नम्वर आफ्नो साथिको भएको बताएका थिए सुलोचनले । त्यसैले त्यहि नम्वरमा फोन गरियो । कमलाका काकाले फोन गरे । हिन्दीमा कुराकानी भयो । सो व्यक्तिले आफूले सुलोचनलाई चिनेको बताएपछि आश जाग्यो परिवारको । उसले त्यहि बेलुका घरमा कुरा गराइदिने बाचा पनि गर्यो । तर बेलुका एकाएक उसले कुरा फेर्यो । आफूले कुनै नेपालीलाई नचिनेको भन्दै सो व्यक्ति तर्किएपछि कमला बिलखबन्दमा परेकी छिन्, बेखवर श्रीमान्लाई कहाँ खोज्ने भनेर । सुलोचन ८ बर्षे साउदी बसाईलाई टुँग्याउन चाहन्थे । कमला भन्छिन् ‘साहुले गाडीको लाइसेन्स निकालिदिन्छु, यतै बस् भनेर हत्ते गरेपछि फेरी जानु भएको थियो ।’ सधैं १५-१८ महिनामा घर आइरहने श्रीमान् यसरी एकाएक अलप भएपछि आपत परेको छ । श्रीमानको खोजीका लागि कमलाले प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी)मा निवेदन हालिन् । सोही संस्था मार्फत उनले कन्सुलर कार्यालयमा पुगेर मद्धत मागिन् । उनको सोही निवेदन अहिले साउदी पुगेको छ र दुतावासले खोज्ने आश्वासन चाहिं दिएको छ । तर सुलोचन काम गर्ने कम्पनी कालोसूचीमा परेको छ । त्यसैले सिधा औंलाले घ्यू निस्किने छाँट छैन । यसले पीर परेको छ कमलाको मनमा । ‘छोरोको उपचार गर्नुपर्छ, कमाउने श्रीमान् एकाएक हराउँदा समस्यामा परेकी छु, लौ न उनको खोजी गरिदिनुपर्यो’ देशपरदेशसँगको कुराकानीमा उनले भनिन् । प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) की केस सपोर्ट अफिसर सीता पन्थ भण्डारीका अनुसार साउदी स्थीत नेपाली दुतावासले उनको खोजिका लागि सम्वन्धित कम्पनीमा नै प्रतिनिधि पठाउने आश्वासन दिएको छ । ‘हामीले पनि यहाँबाट उसको साथिहरुको नम्वरमा फोन गर्दा उनीहरुले नचिनेको बताएकाले घटना शंकास्पद छ’ पन्थको भनाई छ । उनको खोजिका लागि तपाईले पनि महत्वपूर्ण सहयोग गर्न सक्नुहुन्छ । उनका बारेमा तपाईसँग कुनै जानकारी भएमा वा यो समाचारलाई बढी भन्दा बढी नेपालीको बीचमा पुर्याएर उनको खोजिमा मद्धत गर्न अनुरोध छ । उनलाई देख्ने वा उनका बारेमा जानकारी पाउने व्यक्तिले फेसबुक मार्फत वा मा इमेल गरेर जानकारी दिनुहुन अनुरोध गर्दछौं । यो पनि पढ्नुहोस् साउदीमा हराएका भनिएका नेपालीले श्रीमतिलाई फोन गरे Receipt labour agreement agreement


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...