कतारमा कहाँ हराए उनी ?


सुनिल न्यौपाने/प्रभातकुमार मिश्र, जनकपुर

मध्यतराईको धनुषा जिल्लाको सदरमुकाम जनकपुरमा नै छ मोहम्मद ताहिर राइनको घर । जनकपुर २० को भट्टीटोलमा रहेको उनको घरमा हामी पुग्दा उनको परिवार हामीलाई नै पर्खेर बसिरहेको थियो । एउटा सानो छाप्रो छ । त्यो पनि सगोलको घर हो । ताहिरका दाजु पहिले कतारमा थिए । उनैले भाइलाई कतार बोलाए । दाजुभाइको कमाइ चल्दै थियो । त्यसबीचमा दाजुको भिसा अवधि सकियो । उनी फर्केर साउदी गए ।

मोहम्मद ताहिर राइन, कतार गएको ६ बर्ष पुग्यो । सुरुमा गएको दुई बर्षपछि एकपटक छुट्टीमा घर आएर फर्केका उनी कतारमा सेक्युरिटी गार्डको काम गर्थे । तर झण्डै तीन बर्षयता उनी परिवारको सम्पर्कमा छैनन् । अन्तिम पटकको कुराकानीमा उनको श्रीमति रुवि खातुनसँग झगडा भएको थियो ।

रुविका अनुसार फोनमा भएको कुराकानीका क्रममा ताहिरको उनीसँग झगडा भएको थियो । त्यसपछि ताहिरले घरमा फोन गर्न छोडे । उनले कतारबाट फोन गर्न छोडेपछि रुविले यताबाट फोन गरिन् । फोन नउठाउने गरेपछि उनले सुपरभाइजरलाई फोन गरेपछि पुनः एकपटक कुरा भयो । त्यो कुराकानीमा पनि उनले गाली गरेर फोन राखेका थिए ।

तीन छोराछोरी र आफूलाई छोडेर कतार गएका श्रीमान किन यसरी बदलिए भन्ने रुविलाई थाहा छैन । अकस्मात झगडा गरेका उनी बर्षौंसम्म बेखवर हुँदा परिवारलाई मानसिक चिन्तासँगै आर्थिक अप्ठ्यारो आईपरेको छ । रुवीकी जेठानी निमा खातुन परिवारको गुजारा चलाउन रुवीलाई अप्ठ्यारो परिरहेको बताउँछिन् । निमा भन्छिन् “धेरै समस्या छ । खर्चको समस्या छ, त्यसैले म दिन्छु । बच्चा पढाउन पनि म नै खर्च दिन्छु । समस्या छ, रुन्छे । बच्चको पनि अवस्था राम्रो छैन ।”

ताहिर सम्पर्कविहिन भएपछि छोरी विरामी परिन् । उपचार गर्ने खर्च थिएन । त्यसैले रुवीले माइतीलाई गुहारेपछि छोरीको उपचार सम्भव भयो । पढाउन नसकेपछि छोरालाई भारतको समस्तीपुरमा रहेको माइती पुर्याएकी छिन् उनले । अरुका बाबुले फोन गरेको देख्ने ताहिरका छोराछोरी आफ्ना बाबुले किन फोन गर्दैनन् भनेर आमासँग सोधिरहन्छन् । उनी भन्छिन् “मलाई पनि बच्चालाई पढाउने मन छ । सवै बाबुआमाले आफ्नो बच्चालाई खुशी राख्न चाहन्छन् । मेरो बच्चाले बाबुको माया पाएनन् । मलाई पनि दुःख छ, श्रीमान् बेपत्ता छन् ।”

बैदेशिक रोजगारीमा गएर यसरी परिवारसँग सम्पर्कविहिन भएका मोहम्मद ताहिर राईन कतारको ग्रुप फर उडेन ईन्डष्ट्रिजमा काम गर्न गएका थिए । उनका बारेमा तपाईले कुनै जानकारी पाउनु भएमा परिवारलाई नेपालमा ९८१९८७१४९७ मा फोन गरेर जानकारी गराइदिनुहोला ।

तपाईले कतारमा पत्रकार दिपक पुडासैनीको नम्वर ६६९७८०५४ मा पनि उनका बारेमा जानकारी दिन सक्नुहुन्छ । यसैगरी सुरक्षित आप्रवासन, सुचना तथा परामर्श केन्द्र धनुषाको टेलिफोन नम्वर ०४१ ५३०४३७ मा पनि तपाईले जानकारी गराइदिन सक्नुहुन्छ । आशा गरौं तपाईको सहयोगले मोहम्मद ताहिर राईनले परिवारसँग सम्पर्क गर्नेछन् ।

भिडियो हेर्नुहोस्


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष…

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष्ट यूनियनलाई पुरस्कार

काठमाडौं, मंसीर १३ नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३६ औं स्थापना दिवस भव्य कार्यक्रमका साथ मनाइएको छ । ३६ औं स्थापना दिवसका अवशरमा केक काटिएको थियो भनें उत्कृष्ट तथा सर्वोत्कृष्ट यूनियनहरुलाई...

माओवादी यूनियन परित्याग गरी ७५ जना जिफन्…

माओवादी यूनियन परित्याग गरी ७५ जना जिफन्ट प्रवेश

काठमाडौं, कात्तिक २७– ७५ जना सुरक्षा मजदुर अखिल नेपाल सेक्यूरिटी मजदुर संघ परित्याग गरी नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) आवद्ध नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरु जिफन्ट प्रवेश...

श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध …

श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कात्तिक २७  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मजदुर वर्गका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएका छन् । शनिबार बिहान बालुवाटारमा पार्टीको भातृ संगठन अखिल नेपाल ट्रेड यूनियन महासंघको कार्यालय टिमसँग प्रधानमन्त्रीले मजदुरका समस्या समाधान गर्न...

म सकेसम्म मजदुरको पक्षमा लड्नेछु : साँसद…

म सकेसम्म मजदुरको पक्षमा लड्नेछु : साँसद अधिकारी 

  काठमाडौं, कात्तिक ११– व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिका सभापति रविन्द्र अधिकारीले अव आउन लागेको यातायात सम्वन्धि ऐनमा मजदुरलाई अन्याय हुने विषय पर्न नदिने प्रतिवद्धता जनाएका छन् । उनले ऐनमा मजदुर विरोधि विषय आउन नदिने आफ्नो...

काठमाडौंमा सुरु भयो यातायात मजदुरको तालि…

काठमाडौंमा सुरु भयो यातायात मजदुरको तालिम

  काठमाडौ, कात्तिक ३ यातायात मजदुरको क्षमता एवं नेतृत्व विकाससम्बन्धी अन्तराष्ट्रियस्तरको तालिम सुरु भएको छ । अन्तराष्ट्रिय यातायात मजदूर महासंघ (आईटिएफ)को आयोजनामा दक्षिण एशियाली देशका यायायात क्षेत्रका मजदूर तथा नेताहरुको सहभागीतामा ३ दिने तालिम सुरु भएको हो ।  तालिमको...

'हायर एण्ड फायर' तथा 'नो वर्क नो पे' को …

'हायर एण्ड फायर' तथा 'नो वर्क नो पे' को विरुद्धमा उत्रियो ट्रेड यूनियन महासंघ 

काठमाडौं, असोज २१  गत हप्ता संसदले पारित गरेर लागु हुने प्रकृयामा रहेको औद्योगिक व्यवसाय ऐनले श्रमिकको अधिकार कुण्ठित गरेको भन्दै नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) त्यसको विरोधमा उत्रिएको छ । महासंघ अध्यक्ष विष्णु रिमालले सो ऐन प्रमाणिकरण...

एयरपोर्टका मजदुर आन्दोलनमा, नागरिक उड्डय…

एयरपोर्टका मजदुर आन्दोलनमा, नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा दुई घण्टा घेराउ

   काठमाडौं, असोज १९   दशैं पेश्की पाउनु पर्ने लगायतका माग राख्दै त्रिभुवन विमानस्थलमा कार्यरत श्रमिक आन्दोलनमा उत्रेका छन् । त्रिभुवन विमानस्थलमा कार्यरत ३ सय ५० श्रमिक जिफन्ट आवद्ध युनिट्राभ एयरपोर्ट ईलाका कमिटीको नेतृत्वमा आन्दोलनमा उत्रेका हुन्...

सेवा कटौतिको विरोध गर्दै रिले अनसन

सेवा कटौतिको विरोध गर्दै रिले अनसन

झापा, भदौ २२–  खाइपाइ आएको सेवा सुविधा कटौती गर्न नपाइने लगायतका माग राख्दै गिरीवन्धु टी ईष्टेट, झापाका श्रमिकले रिले अनसन सुरु गरेका छन् । भदौ २२ गते सुरु भएको अनसन असोज १ गतेसम्म चल्नेछ ।  गत...

परदेशमा

मोरङ्ग सुनसरी सेवा समाज कतारको अध्यक्षमा योगेन्द्र वहादुर कार्की

मोरङ्ग सुनसरी सेवा समाज कतारको अध्यक्षमा योगेन्द्र वहादुर कार्की

दिलिप पराजुली, दोहा, माघ १०   मोरङ्ग सुनसरी सेवा समाज कतारको अध्यक्षमा योगेन्द्र वहादुर कार्की निर्विरोध निर्वाचित भएका छन् । कतारको दोहामा सम्पन्न संस्थाको वाह्रौ साधारण सभाले सुनसरीका योगेन्द्र वहादुर कार्कीलाई...

Read more