कोरियाको दोस्रो रोजाईमा नेपाल: ली

रोजगार अनुमती प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरीया जान आवेदन दिएकाहरुको भाषा परिक्षा गएको शुक्रबार र शनिबार सम्पन्न भयो । भाषा परिक्षामा करिब ६० हजार युवा सहभागि थिए । भाषा परिक्षाको अनुगमन गर्न नेपाल आईपुगेका कोरियाका मानव संशाधन बिकासका उपाध्यक्ष चुन बोक लीसँग देशपरदेशका लागि विनोद चौलागाईले गरेको कुराकानी । सधैं कोटा तोकिए पनि यसपाली चाहिँ किन नतोकिएको हो ? आवश्यक पर्ने जनशक्तिका बारेमा विचार गरेर अलि उपयुक्त संख्यामा छनौट गर्ने हाम्रो नीतिगत निर्णय भएकाले गत बर्ष भन्दा यो बर्षको भाषा परिक्षामा अलि कम उत्तिर्ण हुन सक्छन् । तर, दक्षिण कोरियामा नेपाली कामदारले इमान्दारिताका साथ राम्रो काम गरेका कारण रोजगारदाता माझ लोकप्रियता Lee 2बढ्दै गएको छ । त्यसकारण कम्तीमा पनि ३५ सय व्यक्ति यो बर्ष छनौट हुन्छन् । र अर्को बर्षको अन्तिमसम्ममा ३–४ हजार व्यक्ति जाने सम्भावना छ । सन् २०१३ मा भाषा परिक्षा पास गरेकाहरुका बारेमा के सोच्नुभएको छ ? गत बर्ष भाषा परिक्षा पास गरेका करिव ८ हजारमध्ये अहिले ४ हजार ५ सय जना जाने प्रक्रियामा छन् । अर्को बर्ष पनि गएको बर्षको रोष्टरमा बाँकी रहेकाहरु र अहिलेको गरी ४ हजार ५ सयजना हाराहारीमा जाने देखिन्छ । आउँदो अक्टुबर १५ मा परिक्षाको नजिता प्रकाशित गर्ने कार्यतालिका रहेको छ । त्यसबेलामा समग्र कामदारको माग कति छ भन्ने कुरालाई अध्ययन गरेर कति कोटा आवश्यक पर्छ भन्ने लगायत कुराहरुलाई संयुक्त रुपमा अध्ययन गरेर त्यसको आधारमा संख्या तोक्ने योजना रहेकाले कोटा अग्रिम रुपमा प्रकाशित नगरिएको हो । समग्रमा गतबर्षको तुलनामा कोरियामा रोजगार पाउनेहरुको कोटा कम हुने सम्भावना छैन् । बरु बढि हुनसक्छ । नेपाली कामदारका लागि कोरियाको रोजगारी कहिलेसम्म निरन्तर रहने सम्भावना छ ? कोरियन रोजगारदाताको माग बढेकाले अहिले नेपाली कामदार रोजगार हुने दर बढेको छ । अन्य देशले तोकिएको कामदारको कोटा पूरा गर्न नसकेकाले नेपाल र कम्बोडियाका कामदारलाई फाइदा भएको छ । बाँकी रहेको कोटामा नेपाली कामदारप्रति रोजगारदाताको उच्च प्राथमिकता छ । कोरियन भाषाप्रति नेपाली कामदारको रुचि यसरी नै बढ्दै जाने हो कोटा बढ्न सक्छ । साथै, भाषा परिक्षामा उच्च अंक ल्याएर र कोरियामा इमान्दारीताका साथ अवैधानिक बसेनन भने निरन्तरता रहिरहने हाम्रो अनुमान छ । विशेष गरेर अहिले नेपाली कामदारले गैरकानूनी रुपमा नबस्ने गरी कोरिया र नेपाल सरकार दुवैले संयुक्त रुपमा काम गरिरहेको छ । यो कामले कोरियाको रोजगारी नेपाली कामदारका लागि बढ्ने देखिन्छ । प्राथमिकताका हिसावले नेपाली कामदारको स्थान कस्तो छ ? अहिले छुट्याइएको कोटामा नेपाल दोस्रो स्थानमा छ । रोजगारी हुने दरमा चाहिँ नेपाल तेश्रो स्थानमा छ । कम्बोडिया र इण्डोनेसिया नेपालभन्दा अघि छ । कोटाका हिसावले कम्बोडिया मात्रै नेपाल भन्दा अघि छ । शुरुमा भियतनाम अगाडी थियो । तर भियतनामी कामदार अवैधानिक रुपमा धेरै बस्न थालेपछि त्यहाँबाट कामदार लिने काम स्थगित भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...