देश छोडेर बस्नु पर्दाका व्यथा, जीवनसाथि, घर, परिवारसंगको बिछोड नै हाम्रा गीत हुन्

नेपालबाट दैनिक रुपमा कामका लागि विदेश उड्नेको संख्या १५ सय भन्दा माथि छ । त्यसमध्ये अधिकाँश मलेसिया र खाडीका मुलुकहरुमा जान्छन् । त्यसरी जानेमध्ये कतिपय नेपालमै कलाकारितामा आफूलार्ई निखार्दै गरेकाहरु हुन्छन् भनें कतिपय विदेशमा पुगिसकेपछि त्यसमा लाग्छन् । त्यसैले पछिल्लो समयमा प्रवासमा सिंगिंग आइडल जस्ता कार्यक्रम समेत बाक्लै हुन थालेका छन् । गोपीकृृष्ण पंगेनी प्रवासमा, अझ खासगरी युएईमा चिनिएको नाम हो । मिठो स्वरका धनी गोपीकृष्ण युएईमा हुने कार्यक्रमहरुका नियमितजसो गायक हुन् । उनले सयौं स्टेज कार्यक्रममा आफ्नो कला प्रस्तुत गरिसकेका छन् । केहि समय अघि परदेशीका कुरा समेटिएको एल्वम 'म त परदेशी' श्रोतामाझ ल्याएका  गोपीकृष्ण पंगेनीसँग देशपरदेश डटकमका लागि गरिएको कुराकानी । तपाईको जन्म, पढाई र सुरुवाती समयका बारेमा बताइदिनुस् न मेरो जन्म स्यांजा जिल्ला स्वरेक गाविस वार्ड नं. १ महापुरमा भएको हो । त्यही गाउँको विद्यालय श्री राजेन्द्र भवानी उमाविमा मैले अध्ययन गरे । परिवारका बारेमा ? २ छोरी मेरी, उनी, आमा र दुई ओटा भाइ छन् । बाबा चाही यो संसारमा हुनुहुन्न । दिदी एक, बहिनी एकको विवाह भै सक्यो । Gopi 1 तपाईको साँगितिक जीवनको सुरुवात कसरी भयो ? म सानो छँदा नै गीत गाउँथे । मेलापात, घाँस दाउराको सबै अनुभव छ मलाई । जहाँ पुग्थे गीत गुन्गुनाउँथे । रोधी बस्ने चलन चल्ती थियो गाउँघरमा । गाउँमा मादल खसेर बज्यो भनें पनि म त्यो ठाउँमा पुग्थे । अझ स्वस्थानी पूजाको बेलामा त झनै मन खुशी हुन्थ्यो । एक महिना नै रोधि बस्न पाइन्थ्यो, गीत गाउन पाइन्थ्यो । आमाको पछेउरा ओडेर रोधी घरमा दोहोरीमा हुने त्यो घम्सा घम्सी, त्यो बाल्यकाल सम्झना अझै पनि ताजा छ । मेरो गायनको यात्रा त्यहिंबाट सुरु भयो । जीवनमा संगीतको भूमिका के छ ? सुख दुःखको साथी हो संगीत । बुझाई आ आफ्नै हुन्छ । परदेश कहिले र के कारणले लाग्नुभयो ? बाबाले होटल गर्नुहुन्थ्यो काठमाडौंमा । बाबाको बुढेस कालसँगै अरु धेरै कुराहरु आए । समय फेरियो । आवश्यकताले डोेर्याउन थाल्यो । देशमा शान्ति थिएन । रोजगार थिएन । त्यसैले अरु लाखौं युवा झैं पनि पनि थुप्रै सपना बोकेर सन् २००३ मा दुवई छिरेको हुँ । Gopi 2 त्यहाँ पुगेपछि पनि कसरी जोडिइरहनु भयो संगीतमा ? नेपाली गीत संगीतको सम्मान थियो । हरेक हप्ता कार्यक्रम हुन्थे । थकान मेट्न जम्मा भएका नेपालीलाई गीत सुनाउन थालियो । किनकी प्रवासमा नेपाली गीतसंगितलाई माया गर्नेहरुको ठूलो जमात हुन्छ । कामका लागि विदेश हिंडेको मान्छे, गीत, संगीतलार्ई कसरी सँगै लैजादै छ ? यो धेरै गहिरो कुरा हो । कतिपय अवस्थामा धेरैकुरामा अप्ठ्यारो पर्छ । आयोजक र आफु काम गर्ने कम्पनीबीच कुनै साइनो सम्वन्ध हुन्न । महिनाको यति दाम भनेर बेचिएका मान्छे पर्यौ हामी त । तर पनि जहाँ समस्या त्यहाँ उपाय त भइहाल्छ नी । त्यसरी नै दुःख सुखले साँगितिक जीवन चलेको छ । परदेशमा कसरी सम्झिइन्छ कलाकारलाई ? मात्र आवश्यकता कलाकार आओस्, गाओ्स् र हाम्रो कार्यक्रम सफल होस् त्यो कलाकारको मेहनत र उसले खर्चिएको समयको कुनै मूल्य हुन्न । कतिपय कुरा त देख्दै उदेश लाग्छ । केवल स्टेजमा उभिने र अतिथिलाई व्याच लगाइदिनेहरुलाई समेत कलाकार भनिन्छ, त्यो देख्दा चैं मन खुसी हुन्न । Gopi 4 तपाईले कहाँ कहाँ कस्तो अवशर पाउनु भएको छ ? दुवईमा रहेका ९२ वटा संस्थाहरु मध्ये धेरैले बोलाउँछन् । माया, मान सम्मान दिनुभएको छ । हामीले श्रोतासम्म पुग्ने अवशर पाएका छौं । दुवई बाहिर पनि दुईवटा देशमा निम्तो पाएको थिएँ तर निम्तो मान्न जान सकिएन कारण जागिर । कस्ता शव्द, भाव समेट्नुहुन्छ गीतमा ? टिपिकल कुराहरु, जहाँ आफ्नो पनको सुवास आओस, नेपाली गीत संगितको मर्म नविग्रियोस् पछिल्लो समयमा कति कार्यक्रम हुन्छन् परदेशमा ? छुट्टीको समयमा कत्तिको व्यस्त हुनुपर्छ ? धेरै संघसंस्था छन् दुवईमा । एक दिनमै चारवटासम्म कार्यक्रम हुन्छन् । हप्तैपिच्छे कार्यक्रम भइरहन्छन् । कार्यक्रम नभएको समयमा भनें साथिभाईसागको भेटघाट, घुमघाम गरिन्छ । तपाईले आफ्नो गीतबाट कस्तो प्रतिकेया पाउनु भएको छ ? राम्रो, सुन्दर अति सुन्दर अहिलेसम्मका कार्यक्रमका मुख्य सम्झनायोग्य कुरा के छन् ? धेरै सफल कार्यक्रमहरु छन् जहाँ आफु कलाकार बनेर प्रस्तुती राखेका अनि आफै संयोजक बनेर गरिएका कार्यक्रमहरु जहा सामाजिक भावनाले गरिएका कार्यक्रमहरुमा छुट्टै किसिमको अनुभुति हुन्छ । त्यसमाथी पनि म आफै महासचिव भएको अन्र्तराष्टिय कलाकार समाज युएईले आयोजना गरेको बृहत सांस्कृतिक कार्यक्रमसंगै सम्भवत नेपाली इतिहासमै पहिलो पटक १ सय ५१ जनाले लेखेको गजल संग्रह प्रवासका अक्षरहरु विमोचन कार्यक्रम संगै मेरो गित एल्बम म त परदेशी बिमोचन गरेको थिएँ । त्यही कार्यक्रम मेरो लागि धेरै सम्झनायोग्य छ । नेपालबाट पनि कलाकारहरु आइरहन्छन् । तपाईहरुले उनीहरुबाट के सिक्ने मौका पाउनु हुन्छ ? नेपाली कला र संस्कृतिको उतार चढावहरुको बारेमा जानकारी लिने र नेपाली समकालीन सांगितिक आकाशको बारेमा सिक्ने मौका पाइन्छ । अनी उनीहरुले तपाई जस्तै प्रवासमा रहेका कलाकारहरुबाट के सिकेर जान्छन् ? उनीहरुले प्रवासमा एउटा प्रतिभा संघर्ष गरेर पनि कसरी कला र संस्कृति र आफ्नो उद्देश्य मर्न दिदैन भन्ने कुरा सिकेर जान्छन जस्तो लाग्छ । कस्ता कुरा लेखौं, गाउँ भन्ने लाग्छ तपाईलाई ? गाउँले जीवनका यथार्थता सरल र सफल बोलचालका शब्दहरु जहाँ बुझ्न सजिलो होस् त्यस्तै लेखौ र गाउँ जस्तो लाग्छ । एउटा परदेशी र उसको परिवारको मन छुने गीतमा के के हुनुपर्छ ? देश छोडेर बस्नु पर्दाका पिडा व्यथा, जीनवसाथी, घर, परिवारसंगको बिछोड र प्रवासको रोजगारीमा हुने समस्याहरु नै हुन । अहिले धेरैले परदेशीका पीडा बेचेको आक्षेप लाग्छ । तपाई पनि त्यहि भीडमा पीडा बेच्न उभिनु भएको हो ? परदेशीका पीडा बेचेको भन्न नमिल्ला । अरुले के गरे त्योसंग म सम्बन्ध राख्दिन तर मेरो यो नितान्त व्यक्तिगत कथा समेटिएको गित हो । कहि कतै त्यस्तो भयो भनेर सबै कलाकारलाई आरोप लगाउदा न्याय नहोला जस्तो लाग्छ । के खर्च उठ्छ ? दुःखका साथ भन्नु पर्छ गीत संगितमा गरेको लगानी उठेको छैन । यो मेरो मात्र समस्या होइन । तर पनि म सन्तुष्ट छु लगानी भन्दा पनि गीतसंगित प्रतिको तृष्णा मेटाएको छु । Gopi 3 अवको तपाईको साँगितिक योजना के छ ? प्रवास कै विषयबस्तु समेटेर सालैज्यो एल्बम लिएर आउदै छु र यो गित संगित को यात्रालाई निरन्तर जारी राख्ने छु । के भएमा परदेशमा रहेका प्रतिभावान कलाकारले अझ धेरै अवशर पाउनेछन् ? पहिलो कुरा त परदेशी बन्न कसैलाई नपरोस् । प्रतिभाहरुको देशमा सम्मान हुन नसक्दा र कलाकारहरु कलाकारितालाई नै पेशा बनाएर देशमा जिविकोपार्जन गर्न नसक्नुले परदेशिनु परेको हो । त्यो अवसर मिल्यो भने र परदेशमा पनि सरकारी तवरबाट कलाकारको लागि नियोग मार्फत केही पहल गरियो भने अवसरहरु पाइन्छ जस्तो लाग्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं, चैत्र २५- यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस)े को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको...

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्…

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

  काठमाडौं, चैत्र ५- अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको छ । माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो । भेलाले संघको...

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

काठमाडौं, फागुन २४- नेपालमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्व बृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । यहि व्यवस्थाका कारण पछिल्लो समयमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा बृद्धि भएको छ । केन्द्रीय तथा प्रादेशिक...

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

काठमाडौं- श्रमिकलाई सामाजिक सुरक्षा सहितको श्रम ऐन २०७४ यसअघिको श्रम ऐन, २०४८ भन्दा धेरै कुरामा श्रमिक मैत्री देखिएको छ । सञ्चयकोष, उपादान लगायतका विषयमा नयाँ श्रम ऐनले प्रष्ट व्यवस्था गरेको छ । यसैगरी नयाँ ऐनले अन्य श्रमिक...

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै …

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै डेढ लाख कमाउँदै

  निमदत्त सुवेदी, पोखरा  पढाइ सकेपछि जागिर खोज्न निक्कै भौतारिए सूर्यप्रसाद लामिछाने। पोखरा–लेखनाथ महानगरपालिका–३१ बेगनासतालका उनले जति प्रयत्न गरे पनि जागिर पाउन सकेनन्। अन्तत उनी निष्कर्षमा पुगेः मौरी पालन गर्ने। १५ हजार रुपैयाँको जागिर खोज्दै हिँडेका लामिछाने अहिले...

श्रम विधेयक संसदबाट पारीत

श्रम विधेयक संसदबाट पारीत

  काठमाडौ– व्यवस्थापिका संसदले श्रम विधेयक पारीत गरेको छ । संसदको शुक्रवारको बैठकले सो विधेयक पारीत गरेको हो । विगत लामो समयसम्म छलफल भई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समिति हुँदै सो विधेयक संसदको बैठकमा पुगेको...

रोजगारी पाउनु भएन ? अवशर छन्

रोजगारी पाउनु भएन ? अवशर छन्

काठमाडौं- तपाई कामको खोजीमा हुनुहुन्छ ? तर पाउनु भएको छैन ? उपाय धेरै छन् शहरमा । शहरमा युवाका लागि तालिम दिने संस्थामा जानुभयो भनें तपाईका लागि उपयुक्त तालिम र तालिमपछि रोजगारी पाइन सक्छ । यसरी नै...

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

  काठमाडौं- भक्तपुरका रमेश बाखु हाउस वायरिङ्गको काम गरेर महिनामा १५ हजार बचत गर्छन् । उनले यस्तो काम थालेको एक बर्ष मात्र भयो । ‘बिजुलीको काम सधैं नहुनसक्छ, तर कहिलेकाँहि त मारामार हुन्छ ।’ उनी भन्छन्...