विदेश देखेर आई हालें अव यहीँ गर्ने

गुल्मि दुविचौर हाल रेसुङ्गा नगरपालिका १४ मा जन्मेका निरञ्जन बस्नेत काम र दामको खोजिमा विदेश हानिए । मलेसिया गए । देश देखे, मुख फेरे तर लगानी समेत उठेन । पैसा त कमाउनु नै थियो आशै आशमा फेरी यूरोप पोल्याण्ड हानिए । केही बचत त भयो तर सधैं अर्काको देशमा घोटिएर भएन भन्ने चेत पनि खुल्यो । नेपाललै फर्के । के गरौं ? कसो गरौं ? हुँदै थियो, जयन टेक्निकल कलेज अफ टेक्नोलोजी नामको संस्थाले तालिम दिदैं छ भन्ने सूचना पाए । अनि लिए ईलेक्ट्रिकल्सको तालिम । बुटवल झरे ईलेक्ट्रोजोन नाम राखेर विजुलीका सामान बेच्ने र घरमा वायरिङ् गर्ने काम शुरु गरे । अधिकाँश युवा परदेश जाने सपना साँचिरहेको हाम्रो समाजमा एउटा युवा यहीँ केही गर्न सकिन्छ भनेर हातमा सीप लिएर काममा उत्रियो ।Gare Ke Hunna ra

विदेशमा नेपालीले गर्ने काम भोग्ने हैरानी र हुने कमाईलाई नजिकैबाट नियालेर फर्केका हुन् बस्नेत । यहाँ काम गरियो भने ईज्यत जान्छ भन्ने नेपालीको सोचाइ छ, विदेशमा ट्वाईलेट सफा गर्न पनि पछि नपर्ने तर यहाँ तडक भडक नै बढि गर्ने धेरैजना देखेको छु, उनी भन्छन् चोरेर खान भएन काम गर्न लजाउनु भएन । त्यसैले म त सीप सिकेर काममा लागेँ । कामलाई सम्मान गर्ने उनीसँग देशपरदेशका लागि श्रीधर पौडेलले गरेको कुराकानी ।

विदेश गएको मान्छे, हिजो आज आफ्नै देशमा काम गर्छु भनेर कस्सिनु भा’छ । कुन विन्दुमा पुगेपछि तपाईलाई यहीँ काम गर्छु, भन्ने सोचाई आयो ? विदेशमा पनि कहाँ सजिलै कमाई हुन्छ र ? मलाई धेरै मानसिक यातना हुन्थ्यो मालिकहरुले टर्चर दिन्थे । न पैसा न परिवार यसरी कहिलेसम्म बस्ने ? यस्तै सोचाईले मलाई देश फर्केर केही सीप सिकी काम गर्ने सोचाई आयो । विदेशमा मालिकहरुले गर्ने ब्यवहार सम्झेर मैले मसंग काम गर्ने भाईहरुलाई कहिल्यै गाली गर्दिन केही पर्यो भने भन है भाई हो भन्छु । आफ्नै परिवार जस्तो बनाएर राखेको छु । खुसी छन् भाईहरु । हाललाई ५ जना छन् । उनीहरुलाई दिनको ४ ५ सय रुपैंया दिन्छु । अझै २ ३ जना थप्नु छ । गर्मिको मौसममा काम धेरै हुन्छ ।

पहिला तपाईसंग सीप थिएन सिक्नु भो, सीप भनेको के रै'छ भन्ने बुझ्नु भो ?

आफ्नै खुट्टामा उभिन सकियो । कसैको दवावमा बस्न परेन । जागिर भने पछि १० ५ गर्नै पर्यो । विकल्प भएन । अर्काकोमा काम गरेपछि हाकिम मालिकहरुले गाली गर्छन् । आफ्नो भए पछि त कहिले काहिं फ्रि हुन पनि सकियो । कहिले काहिं त बन्द गरेर समय निकालेर आराम पनि गर्न पाईयो ।

सीप सिक्नु पर्दो रै’छ भन्ने कुरा चाँही कहाँ नेर पुगेपछि मनमा आयो होला ? आफूलाई पर्यो नी त । विदेशमै जाँदा पनि सीप नहुँदा धेरै समस्या भयो । पढाई पनि धेरै भएन । जीवनभरीलाई अव के गर्ने त भन्दा सीप त चाहियो । बाचुञ्जेललाई गर्न के सकिन्छ भन्दा सीप नै चाहिने भयो ।

यो तालिमको बारेमा कसरी थाहा भयो ? बुटवल टुडे मार्फत थाहा पाएँ । बुझ्न गएँ । आउनुहोस् भन्नु भो अनी शुरु गरें ।

थुप्रै कामहरु छन् संसारमा, यहि काम रोज्नुको पछाडी के कारण छ ?

हैन बजारको माग अनुसार पनि चल्नु पर्यो नी । के गर्ने त भनेर यसो माग हेरेको यहि ठिक होला जस्तो लाग्यो । म विदेश जानु अघि यस्तो धेरै घर बन्ने क्रम थिएन । घर बन्ने क्रम बढेको देखें । यसो हेर्दा यसमा हात हाल्दा सफल भईन्छ कि जस्तो लाग्यो । Niranjan 2

अहिले सफल भए जस्तो लाग्छ त ?

अहिलेसम्म हेर्दा सन्तुष्ट छु । बजार प्रतिस्पर्धाको त छ तर अहिलेसम्मलाई सन्तुष्टै छु । पछि के हुन्छ अव त्यो पछिकै कुरा भयो ।

अहिले तपाईको कमाई कति छ त ?

मेरो कमाई २० देखि ३० हजार बचत हुन्छ महिनामा । बचतै भन्दा पनि पसलमै लगानी थपेको छु । ठ्याक्कै कति हुन्छ भन्ने हिसाव किताव त अझै निकालेको छैन ।

तालिम लिएपछि पसल खोल्नु भो, लगानी चाँही कति गर्नु भो ?

शुरुमा २ लाख रुपैंया लगानी गरेँ । अहिले लगभग २० लाख नाघिसकेको छ ।  

कहाँबाट जोगाड गर्नु भयो लगानी गर्ने पैसा ?

त्यो त मेरो कमाईकै बचत थियो । घर ब्यवहार मिलाएर बचेको पैसा हो त्यो । त्यसबाटै शुरु गरेँ । काम गर्ने सामान ल्याउने अर्को काम गर्ने पहिलेको तिर्ने हुन थाल्दा अहिले त ठूला पसलवालाहरुले पनि उधारोमा सामान दिन्छन् । गाउँमा १० १२ लाख बाँकी गएको छ । त्यो पनि उठिहाल्छ । यसमा लगानी ठूलै चाहिन्छ । तार मात्रै लिउँ भन्दा पनि २ ३ बोरा लिंदा १ डेढ लाख बढिको आउँछ । पङ्खा २० कार्टुन झारौं भन्दा कमसे कम ४ लाख चाहिन्छ । राम्रो कम्पनिको झार्ने हो भने त्यतिले पनि पुग्दैन । २ लाख लगानी गर्दा कस्तो हुन्छ भनेर सुरुवात गर्दै जाँदा ग्राहकको माग अनुसार सामान थप्नु पर्दो रै’छ । बजारको माग अनुसार थपिदै जाँदा लगानी बढ्दो रै’छ । पहिला ईन्भटर विक्रि गरिन्थेन माग आएपछि त्यो शुरु गरेँ ।

के प्रगति भयो जस्तो लाग्छ वितेको एक बर्षलाई फर्केर हेर्दा ?

आर्थिक रुपमा पसल बढाएको छु । ४ ५ जना भाईलाई रोजगारी दिएको छु । यो शंकरनगर भरीको बजार र माग पनि राम्रै छ । परिचित भएको छु । कामको माग धेरै छ तर सेवा दिन भ्याएको छैन । म पसलमा भेटिनै गाह्रो छ उही विहान भर श्रीमती घरको काममा ब्यस्त हुञ्जेल बस्छु । श्रीमती आएपछि म काम गर्ने ठाउँमा गईहाल्छु दिनभर । उस्तै परे विल पनि एक हप्ता भरीको एकै दिन चढाउनु पर्ने हुन्छ । ब्यस्तताले गर्दा । विलको एउटा

Niranjan 4

ठेली भरिएपछि बल्ल बसेर लेजरमा चढाउँछु । अहिले १० १२ वटा साईट छन् । ठेक्का लिएको छु । तर समस्या भनेको काम गर्ने मान्छे पाउन मुस्किल छ । काम त आउँछ तर ठेक्का लिन पनि डर लाग्छ । काम पुरा गर्न सक्दिन की भनेर ।

धेरै काम भएर राम्रो काम दिन सक्दिनकी भन्ने चिन्ता छ ?

हो, जनशक्ति नै छैन । भाईहरु कतार दुवई भन्दै कुद्छन् । म त भाइहरुलाई विदेश नजाउ भन्छु, के गर्नु जान्छन् । मलाई अस्ति भर्खर ईटालीबाट अफर आएको थियो । एकजना दाईले विना लगानीमै जाने अवसर ल्याउनु भा’थ्यो । पैसा पछि दिए पनि हुने कुरा थियो । तर मैले हापिदिएँ । विदेश भनेको देखेर आई हालें अव यहीँ गर्ने जस्तो लाग्यो । म नजाने आफ्नै देशमा संघर्ष गर्छु भने जस्तो लाग्यो ।

अहिले हेर्दा ठिकै गरेछु ईटाली हापेर जस्तो लाग्छ त ?

पहिला २ लाख लगानी गर्दा पसलमा बनाएका यी र्याक नभरिएर खाली प्लाष्टिकका बट्टा राखेर भरेको थिएँ । अहिले यहाँ राख्ने ठाउँ नभएर उता गोदममा राखेको छु । भने पछि गरे त हुँदो रैछ ।

अवको योजना के छ त ?

ठूलै सप्लायर हुने योजना छ । सामान सप्लाई गर्ने यो कामलाई निरन्तरता दिने सोच छ । बालबच्चालाई राम्रोसंग पढाउनु पर्यो परिवार खुसी राख्नु पर्यो । एउटा घर बनाउनु छ यहीँ शंकरनगरमा । एउटा घडेरी किनेको छु । केही यहि पसलको कमाई केही क्रृण काडेर किने पनि त्यो क्रृण तिर्न सक्छु भन्ने हिम्मत पनि यहि पसलले जुटाएको हो । त्यो घडेरीमा घर बनाएर परिवार सुरक्षित र खुसी राख्न पाए हुन्थो त्यहि त हो सन्तुष्टि ।

जीवन पछाडी फर्केर हेर्दा तपाईका आफन्त छर छिमेक आफन्तले गर्ने ब्यवहारमा के फरक पाउनुहुन्छ ?

पहिला भन्दा त धेरै परिवर्तन छ नी । पहिला पहिला यो यस्तै विदेश जान्छ केही कमाउँदैन भन्दै कुरा काट्ने धेरै हुन्थे । अहिले प्रशंसा गर्ने धेरै छन् । ब्यापार राम्रो गर्या छ पैसा कमाएको छ भनेर परिवार आफन्त खुसी छन् अहिले । पहिला ५ हजार चाहियो भन्दा पत्याउँथेनन् अहिले लाख लाख पत्याउँछन् । आफूलाई आवश्यक पर्यो भने लाख पनि दिन्छन् ।

(निरञ्जन बस्नेत रोजगार कोषअन्तर्गत सन् २०१४ को तालिम तथा रोजगारी कार्यक्रमका लाभान्वित युवा हुन् । उनलाई तालिम तथा रोजगारीका लागि स्थानीय तालिम तथा रोजगार प्रदायक संस्था जयन टेक्निकल कलेज अफ टेक्नोलोजीले सहयोग गरेको हो । रोजगार कोष सन् २००८ देखि नेपालमा क्रियाशील छ । सन् २०१५ को जुन अन्त्यसम्ममा रोजगार कोषले करिव एक लाख युवालाई तालिम तथा रोजगारीका लागि सहयोग गरिसकेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको रेखदेख र हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले कार्यान्वयन गरेको रोजगार कोषमा स्वीस सरकार विकास सहयोग (एसडीसी), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (युकेएड) र विश्व बैँकको आर्थिक सहयोग प्राप्त छ ।) 

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

रोजगारी पाउनु भएन ? अवशर छन्

रोजगारी पाउनु भएन ? अवशर छन्

काठमाडौं- तपाई कामको खोजीमा हुनुहुन्छ ? तर पाउनु भएको छैन ? उपाय धेरै छन् शहरमा । शहरमा युवाका लागि तालिम दिने संस्थामा जानुभयो भनें तपाईका लागि उपयुक्त तालिम र तालिमपछि रोजगारी पाइन सक्छ । यसरी नै...

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

  काठमाडौं- भक्तपुरका रमेश बाखु हाउस वायरिङ्गको काम गरेर महिनामा १५ हजार बचत गर्छन् । उनले यस्तो काम थालेको एक बर्ष मात्र भयो । ‘बिजुलीको काम सधैं नहुनसक्छ, तर कहिलेकाँहि त मारामार हुन्छ ।’ उनी भन्छन्...

यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यला…

यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यलाई सम्मान 

काठमाडौं– नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, मकवानपुर जिल्ला कमिटिको आयोजनामा हेटौंडामा स्थानिय निकायको निर्वाचनमा यातायात क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरियो ।  कार्यक्रमका प्रमुख अतिथी संगठनका केन्द्रीय उपाध्यक्ष अर्जुन अर्यालले निर्वाचित जनप्रतिनिधिहरुलाई खादा...

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्…

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्तालको चेतावनी 

काठमाडौं- नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ जारी गरेर टेंकर मजदुर तथा स्वरोजगार मजदुरहरुलाई पेशाबाट विस्थापीत गर्न खोजेको भन्दै त्यसको विरोधमा टैंकर मजदुरहरु आन्दोलित भएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेंकर...

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष…

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष्ट यूनियनलाई पुरस्कार

काठमाडौं-नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३६ औं स्थापना दिवस भव्य कार्यक्रमका साथ मनाइएको छ । ३६ औं स्थापना दिवसका अवशरमा केक काटिएको थियो भनें उत्कृष्ट तथा सर्वोत्कृष्ट यूनियनहरुलाई पुरस्कार तथा माधव...

माओवादी यूनियन परित्याग गरी ७५ जना जिफन्…

माओवादी यूनियन परित्याग गरी ७५ जना जिफन्ट प्रवेश

काठमाडौं, कात्तिक २७– ७५ जना सुरक्षा मजदुर अखिल नेपाल सेक्यूरिटी मजदुर संघ परित्याग गरी नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) आवद्ध नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरु जिफन्ट प्रवेश...

श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध …

श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कात्तिक २७  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मजदुर वर्गका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएका छन् । शनिबार बिहान बालुवाटारमा पार्टीको भातृ संगठन अखिल नेपाल ट्रेड यूनियन महासंघको कार्यालय टिमसँग प्रधानमन्त्रीले मजदुरका समस्या समाधान गर्न...

म सकेसम्म मजदुरको पक्षमा लड्नेछु : साँसद…

म सकेसम्म मजदुरको पक्षमा लड्नेछु : साँसद अधिकारी 

  काठमाडौं, कात्तिक ११– व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिका सभापति रविन्द्र अधिकारीले अव आउन लागेको यातायात सम्वन्धि ऐनमा मजदुरलाई अन्याय हुने विषय पर्न नदिने प्रतिवद्धता जनाएका छन् । उनले ऐनमा मजदुर विरोधि विषय आउन नदिने आफ्नो...