रोजगारीका लागि कतार जान चाहनेले जान्नै पर्ने कुरा

आवश्यक योग्यता तथा पूर्व जानकारी 
  • वैदेशिक रोजगारीका लागि कतार जान चाहने व्यक्तिको उमेर १८ वर्ष पुगेको हुनुपर्दछ ।
  • वैदेशिक रोजगारमा कामदार पठाउने इजाजत लिएको मान्यता प्राप्त म्यानपावर कम्पनीबाट मात्र प्रकृया अघि बढाउनु पर्दछ । अलपत्र पर्नेगरी हतारमा कहिल्यै पनि वैदेशिक रोजगारीमा जानु हुन्न ।
  • आम्दानी र लागत खर्चका बारेमा थाहा पाउनुहोस् । कतिपय अवस्थामा आम्दानी भन्दा धेरै लागत पर्न सक्छ । यसमा सचेत रहनुहोस् ।
  • कुनै न कुनै सीप सिकेर सोही अनुसारको काममा मात्र कतार जानु पर्दछ । नत्र त्यहाँ धेरै गाह्रो र थोरै कमाई हुने काम मात्र पाइन्छ । सीप सिकेर सोही अनुसारको काममा जाँदा कमाई राम्रो हुन्छ ।
लागत खर्च
  • रोजगारीका लागि कतार जाने व्यक्तिले बढीमा रु ७० हजार रकम तिर्नुपर्दछ । यो अधिकतम लागत खर्च हो । यसमा भिसा शुल्क र हवाई टिकट वापतको रकम समावेश गरिएको हुन्छ ।
  • कतारमा कम्पनीहरुले काम गर्न कामदार माग गर्दा निःशुल्क भिसा र हवाई टिकटको व्यवस्था गर्ने भएका कारण लागत खर्च ७० हजार नपर्न सक्छ । विदेश उड्नु अघि
  • काम गर्न विदेश जानु अघि अनिवार्य रुपमा दुई दिनको अभिमुखिकरण तालिम लिनु पर्दछ । यस्तो तालिम लिन रु ७ सय लाग्दछ । यो तालिमको प्रमाणपत्र बनाएर ल्याइदिने तर तालिम लिनु नपर्ने भनेर तपाईलाई म्यानपावर कम्पनी वा एजेण्टले भन्न सक्छन् । तालिम लिएर मात्र विदेश जानु पर्दछ ।
  • वैदेशिक रोजगारमा जाने कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा रु १ हजार तिर्नुपर्दछ । कथम्कदाचित् विदेशमा कुनै भवितव्यमा परेमा यहि कोेषबाट क्षतीपूर्ती तथा राहत पाउन सकिन्छ ।
  • वैदेशिक रोजगारीमा जाने व्यक्तिले अनिवार्य रुपमा जीवन विमा गर्नुपर्दछ । सम्झौता अवधिमा कामदारको मृत्यु भएमा वा अङ्गभङ्ग भएमा नेपालमा बिमा गरिएको कम्पनिमा ५ लाख सम्मको बिमा दावी गर्न सकिन्छ ।
  • सरकारद्धारा मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य जाँच गराउनु पर्दछ ।
  • वैदेशिक रोजगारीमा कतार जाँदा सम्झौता गरेर जानु पर्दछ । त्यस्तो सम्झौता म्यानपावर कम्पनीहरुले दिन्छन् । त्यस्तो सम्झौता पत्रको एक प्रति घरमा राखेर मात्र विदेश जानु पर्दछ । यसले विदेशमा सो अनुसार काम र तलव नपाइएमा उजुरी गर्न र क्षतीपूर्ती भराउन ठूलो मद्धत पुग्दछ ।
  • म्यानपावर कम्पनीले बढीमा तीन महिना भित्रमा विदेश उडाइसक्नु पर्दछ ।
विदेश जाने क्रममा
  • विदेश जाँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मात्र उड्नु पर्दछ । कुनै कारणवस विदेशका कुनै विमानस्थलबाट जानु पर्ने भएमा वैदेशिक रोजगार विभागबाट त्यसको स्वीकृति लिएको हुनु पर्दछ ।
  • चुरोट, खैनी, मर्चा, भाङको दाना जस्ता कुरा साथमा लिएर जानु हुँदैन । यस्ता कुरा साथमा फेला परेमा कानूनी झमेलामा पर्न तथा जेलमा पर्न सकिन्छ । त्यसैले होसियार रहनुहोस् ।
  • जाँदा साथमा कतारको मुद्रा कतारी रियाल केहि बोकेर जानुहोस् । यसले तपाईलाई त्यहाँ पुगेपछि केहि समय चलाउन आवश्यक पर्ने रकम हुन्छ ।
कतारमा बस्दा ध्यान दिनुपर्ने कुरा
  • श्रम सम्झौता दुई वर्षको गरिन्छ । त्यसमा हस्ताक्षर गर्दा ध्यान दिनु पर्दछ ।
  • कतिपय कम्पनी र रोजगारदाताले खाली कागजमा हस्ताक्षर गराउन खोज्दछन् । त्यस्तो खाली कागजमा हस्ताक्षर गर्नु हुन्न । जवर्जस्ती गर्न खोजिएमा नडराई आफ्नोे दुतावासमा जानु पर्दछ वा प्रहरीलाई खवर गर्नु पर्दछ ।
  • कतारमा सडकहरु निक्कै फराकिला र तिव्र गतिमा गाडी गुड्ने भएका कारण सडक पार गर्दा विशेष ध्यान दिनुपर्दछ ।
  • कतार निक्कै गर्मी मुलुक हो । त्यसैले त्यहाँ बस्दा प्रसस्त मात्रामा पानी पिउने गर्नुपर्दछ । चर्को घाममा बाहिर काम गरेर फर्केपछि राती सुत्दा धेरै चिसो बनाएर सुत्नु हुन्न ।
  • कतारमा धर्ना जुुलुस गर्न र मजदुर संगठन निर्माण गर्न बन्देज लगाइएको छ । तसर्थ सो काम गरेमा त्यसलाई गैरकानूनी मानिन्छ र कडा कारवाहीमा पर्न सकिन्छ ।
  • कतार मुस्लिम देश हो । त्यसैले त्यहाँको कानून सोही अनुसारको हुन्छ । रोजगारीका लागि कतार जानुपूर्व त्यहाँको कानूनका बारेमा राम्रोसँग जानकारी लिएर मात्र जानु पर्दछ ।
  • मात लाग्ने स्थानीय रुपमा लुमा भनिने अखाद्य बस्तु खानु हुँदैन । त्यसले शरिरलाई हानी गर्दछ ।
  • लङ्गुरवुर्जा खेल्नु र खेलाउनु हुँदैन । यो कतारको कानून विपरितको काम हो । यस्तो अवस्थामा पक्राउ परेमा जेल पर्न सकिन्छ ।
तलव तथा अन्य सुविधा
  • कतारमा काम गर्न जाने कामदारका लागि न्यूनत तलव निम्नानुसार तोकिएको छः
  • अदक्ष कामदारः कम्तिमा मासिक तलव ९ सय कतारी रियाल(नेरु लगभग २१ हजार)
  • अर्धदक्ष कामदारः कम्तिमा मासिक तलव ११ सय कतारी रियाल(नेरु लगभग २६ हजार)
  • दक्ष कामदारः कम्तिमा मासिक तलव १५ सय कतारी रियाल (नेरु लगभग ३५ हजार ५ सय)
  • अति दक्ष कामदारः ४२ सय रियाल (नेरु लगभग ९९ हजार २ सय) यसमा सवै कामदारलाई खाना भत्ता थप ३ सय रियाल रोजगारदाताले दिनुपर्दछ । अति दक्षका लागि भनें खाना भक्ता ५ सय रियाल हुने व्यवस्था छ ।
  • कतारको श्रम कानून अनुसार दैनिक ८ घण्टा काममा लगाउन पाइन्छ ।
  • साप्ताहीक रुपमा एक दिन(२४ घण्टा लामो) तलवी विदा दिनु अनिवार्य छ ।
  • अतिरिक्त समय काम गरेको ओभरटाइम भत्ता पाइन्छ ।
  • एक वर्ष पूरा गरी नेपाल फर्किदा कम्पनीले उपादान दिनु पर्दछ ।
सम्झौता अवधि सकिएर नेपाल फर्किंदा
  • नेपाल फर्किन रोजगारदाताको अनुमति चाहिन्छ । कतारमा आफुखुशी कम्पनी फेर्न पाइन्न । त्यसरी कम्पनी छोडेमा गैरकानूनी भइन्छ र धेरै झण्झटमा फस्नु पर्दछ । घर फर्किने क्रममा धेरै खर्च हुन्छ र धेरै दुःख पनि पाइन्छ ।
  • रोजगारदाताले सम्झौता विपरितको काममा लगाएमा, अत्याचार गरेमा, तलव नदिएमा वा अन्य कुनै समस्या उत्पन्न गरी विवाद भएमा कामदारले कतारको श्रम विभागमा उजुरी गर्न पाउँछन् ।
  • कतारको राजधानी दोहामा नेपाली दुतावास रहेको छ । समस्यामा परेमा मद्धत माग्न दुतावासमा जानु पर्दछ । कतार स्थीत नेपाली दुतावासको ठेगानाः भिल्ला १३, स्ट्रीट नम्वर ८१० दोहा, कतार फोन नम्वरः ९७४ ४४६७५६८१ त्था ९७४ ४४६७५६८३
  • सम्झौता सकिएर नेपाल फर्किदा रोजगारदाता कम्पनीले हवाई टिकट दिनु पर्दछ ।
  • कुनै समस्यामा परेर नेपाल फर्किनु परेमा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन वोर्डले क्षतीपूर्ती भराउने काममा मद्धत गर्दछन् । यसमा पिपुल्स फोरम, प्रवासी नेपाली समन्वय समिति, पौरखी, ओरेक नेपाल जस्ता संघसंस्थाबाट सहयोग लिन सकिन्छ । तपाई वैदेशिक रोजगारीमा जाने विचार गर्दै हुनुहुन्छ भनें तपाईको नजिकै कुनै सुचना केन्द्र छन् भनें त्यहाँ गएर सम्पूर्ण जानकारी लिनुहोस् । जिल्ला प्रशासन कार्यालयमा राहदानी(पासपोर्ट) बनाउन गएको ठाउँमा पनि त्यस्तो सुचना दिने विभिन्न सरकारी, गैरसरकारी संघसंस्थाका प्रतिनिधि हुनसक्छन् । उनीहरुको खोजि गर्नुहोस् र राम्रोसँग जानकारी लिएर मात्र वैदेशिक रोजगारीमा जाने प्रकृया अगाडी बढाउनुहोस् । यसले सम्भावित जोखिमबाट बच्न सकिन्छ । तपाईलाई थप जानकारी आवश्यक परेमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, काठमाडौंको टोल फ्रि नम्वर १६६०१ ५०००५ मा अथवा वैदेशिक रोजगार विभागको हटलाइन ०१४११२३५०(हटलाइन)मा सम्पर्क गर्न सक्नुहुन्छ । (यो जानकारी सेण्टर फर द स्टडि अफ लेवर एण्ड मोविलिटी, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, वैदेशिक रोजगार विभाग, पीएनसीसी, जिफण्ट तथा ओरेक नेपालका प्रकाशनहरुबाट तयार पारिएको हो ।)

फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...