युएईमा परिवारका आश्रितलाई ल्याउन आवश्यक पर्ने प्रकृया

तपाई युएइमा बस्नुहुन्छ ? अनी आफूमा आश्रित परिवारका सदस्यहरुलाई आवासिय भीसा, भ्रमण भीसा वा पर्यटक भीसामा युएई ल्याउन चाहनुहुन्छ ? त्यसो हो भनें तपाईले यी प्रकृया पुरा गरी युएईको अवुधावीमा रहेको नेपाली दुतावासमा निवेदन दिन प्रकृयालाई अघि बढाउन सक्नुहुन्छ ।

नेपाली दुतावासले प्रकाशित गरेको सुचना अनुसारः

संयुक्त अरब र्इमिरेट्समा काम गर्ने/वसोवास गर्ने नेपाली नागरिकले आफूमा आश्रित परिवारका सदस्य (पती, पत्नी, वावु आमा  छोरा छोरी मात्र) लार्इ आवासीय भीसा (Residence Visa), भ्रमण  भीसा (Visit Visa) वा पर्यटक भीसा (Tourist Visa) मा यू..र्इ. ल्याउन राजदूतावासको सिफारिस माग गर्दा निम्नबमोजिमका कागजातहरू संलग्न गरी निवेदन पेश गर्नुपर्ने व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि सूचना गरिएको छः 

() निवेदकको राहदानी भीसाका प्रतिलिपिहरू

() यू..र्इ. आउने निवेदकको आफन्तको राहदानी भीसाका प्रतिलिपिहरू

() निवेदकसँगको सम्बन्ध खुल्ने विवाह दर्ता/नाता प्रमाणित/जन्म दर्ता/नागरिकताको प्रमाणपत्रको  प्रतिलिपि (यस्तो कागजात खास गरी पत्नी वा पतिलार्इ ल्याउनका लागि नेपालका सम्बन्धित निकायहरू परराष्ट्र मन्त्रालयबाट समेत प्रमाणित गरार्इ यस राजदूतावासबाट समेत प्रमाणित गराएको हुनुपर्नेछ ) यस्ता कागजात अंग्रेजी भाषामा हुन आवश्यक  

() निवेदकले काम गर्ने कम्पनीको सेलरी सर्टिफिकेट (तलवमान दिरहाम चार हजार (,०००.००) वा सो भन्दा माथि हुनुपर्ने)

() घर भाडा संझौतापत्र (Tenancy Contract) को प्रतिलिपि थान (आफ्नो नाममा आवास सुविधा नभएको कम्पनीको आवास सुविधामा वस्ने भएमा कम्पनीको No Objection पत्र आवश्यक पर्ने साथै अरूले लिएको कोठामा साझेदारीमा वसेको भए टेनेन्सी कन्ट्रयाकको प्रतिलिपि संलग्न राखी सो व्यहोरा   निवेदनमा स्पष्ट उल्लेख गर्नु पर्नेछ)

यस राजदूतावासको आगन्तुक कक्ष/काउन्टरमा उपलव्ध तथा यसै वेवसाइटको Download सेक्सनवाट पनि प्राप्त गर्न सकिने एक निवेदन फाराममा उल्लिखित कागजातहरू संलग्न राखी निवेदन दर्ता गराउनु पर्ने रीतपूर्वक फाराम नभरेको वा आवश्यक कागजातहरू नपुगेको तथा अन्य कुनै समस्या भएको निवेदन उपर कुनै कारवाही गरिने छैन

सिफारिस पत्र लिन १:३० बजे भित्रै अाउनुहुन सम्बन्धित सबैमा अनुराेध

पर्यटकीय वा अन्य विभिन्न काम विशेषले भिजिट वा टुरिस्ट भीसामा संयुक्त अरब र्इमिरेट्सको भ्रमण गर्न चाहने नेपाली नागरिकहरूले आफू नेपाल अध्यागमनवाट यस तर्फ उडान गर्न पाउने कुराको पूर्ण प्रत्याभूति नभर्इ यू..र्इ. को भीसा प्राप्त गर्ने, होटल वुक गर्ने हवार्इ जहाजको टिकट खरिद गर्ने लगायतका कामहरू नगर्नु नगराउनु हुन नेपाली राजदूतावास सम्बन्धित सबैमा अनुरोध गर्दछ   


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव द…

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव दिन नपाइने

काठमाडौं, असार २५- सरकारले नेपालमा कार्यरत श्रमिकको न्यूनतम ज्याला प्रतिमहिना १३ हजार ४ सय ५० तोकेको छ । यसैगरी साउन देखि दैनिक ज्याला ५ सय १७ तथा प्रतिघण्टा ज्याला रु ६९ भएको छ । रोजगारदाताहरु तथा ट्रेड युनियनहरुबीच...

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं,  यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस)े को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको सह-अध्यक्ष अर्जुन...

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्…

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

  काठमाडौं,  अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको छ । माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो । भेलाले संघको केन्द्रीय अध्यक्षमा...

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

काठमाडौं,  नेपालमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्व बृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । यहि व्यवस्थाका कारण पछिल्लो समयमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा बृद्धि भएको छ । केन्द्रीय तथा प्रादेशिक संसद तथा...

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

काठमाडौं- श्रमिकलाई सामाजिक सुरक्षा सहितको श्रम ऐन २०७४ यसअघिको श्रम ऐन, २०४८ भन्दा धेरै कुरामा श्रमिक मैत्री देखिएको छ । सञ्चयकोष, उपादान लगायतका विषयमा नयाँ श्रम ऐनले प्रष्ट व्यवस्था गरेको छ । यसैगरी नयाँ ऐनले अन्य श्रमिक...