यूएईमा रहेका नेपालीलाई दुतावासको अपिल

दुर्घटना र प्राकृतिक कारणले प्रत्येक वर्ष यू.ए.ई. मा मृत्यु हुने नेपालीहरुको संख्या बढ्दै गएको अवस्था प्रति नेपाली राजदूतावास, अवुधावी अत्यन्तै चिन्तित छ । सडक पार गर्दा स्थान र सवारी साधनप्रति ध्यान नदिनु, काम गर्ने ठाउंमा विद्धमान खतराहरूका वारेमा सजग नहुनु र प्राकृतिक मृत्युका सम्बन्धमा यहाँको मौसम सुहाउदो जीवन शैली नअपनाउनु प्रमुख कारणहरू रहेको देखिन्छ । अतः तल दिर्इएका उपायहरूमा ध्यान पु-याउनुहुन सम्बन्धित सवैमा राजदूतावास अनुरोध गर्दछः

  • सडक पार गर्दा अनिवार्य रूपमा हरियो वत्ति वलेपछि जेब्रा क्रसिङ वा तोकिएको स्थानबाट मात्र पार गर्ने ।
  • अन्य साँघुरा सडकहरू पार गर्दा समेत होशियारी अपनाउने ।
  • काम गर्ने स्थानमा रहेका खतराहरूका वारेमा काम गर्नु अगावै विस्तृत रूपमा जानकारी लिने ।
  • जोखिमपूर्ण काम गर्नु पर्दा आफ्नो सुरक्षालाई ध्यानमा राखेर मात्र गर्ने ।
  • मुख्यतः गर्मी मौसममा पानी बढीपिउने ।
  • स्वास्थ्यलाई हानी गर्न सक्ने मदिरा लगायतका पदार्थहरू सेवन नगर्ने (दिनभर अत्यधिक गर्मीमा काम गरेर राती मदिरा सेवन गरी एअर कण्डिशन धेरै चिसो पारी सुतेका कामदारहरूको अचानक मृत्यु हुने गरेकोजानकारी राजदूतावासमा प्राय आउने गरेको हुँदा यसतर्फ बढी सतर्क हुन आबश्यक देखिएकोछ ।
  • राति सुत्ने कोठामा विजुली, तापक्रम, रहावा वा भेन्टिलेसनआदिको अवस्थामा ध्यान राख्ने ।
  • कुनै पनि कुरामा शंका लागेमासुपरभार्इजर वा कम्पनीको सम्बन्धित मानिसलार्इ तुरन्त खवर गर्ने ।

यस प्रकार सम्भाव्य दुर्घटनाबाट वच्न सकिने उपायहरूमा ध्यान दिर्इ सधै सचेत रहनु आवश्यक छ । मृत्यु पश्चात यस राजदूतावासले मृतकको शव नेपाल पठाउनको लागि सम्बन्धित प्रहरी कार्यालय र कम्पनीमा पहल गर्ने गर्दछ । यू.ए.ई. को श्रम कानून अनुसार पार्थिव शरीर मृतकको देशमा पठाउने र यसवापत लाग्ने सम्पूर्ण खर्च समेतको जिम्मेवारी सम्बन्धित रोजगारदाता कम्पनीको हुन्छ ।

प्रहरी प्रतिवेदन, लाश जांच प्रतिवेदन, मृत्यु प्रमाणपत्र आदि र यस्ता कागजातको अंग्रेजी अनुवाद एवं मृतकले लिन बांकी सवैरकम कलमको जानकारी सहितको कम्पनीको पत्र प्राप्त भएपछि शव नेपाल पठाउन राजदूतावासबाट तुरुन्तै पत्र जारी गरिन्छ । कम्पनीले राजदूतावास आउनु अगावै मृतकको भीसा रद्द गर्ने लगायत अन्य थुप्रै प्रक्रियाहरु पूरा गरिसक्नु पर्ने हुन्छ ।

यी प्रमाणपत्रहरु प्राप्त नगरी शव पठाउन मिल्दैन र कुनै कागज नलिई कदाचित शव पठाएमापछि कागज लिन नमिल्ने वा कठीन भई क्षतिपूर्ति दावी गर्न समेत वाधा पुग्न जान्छ । राजदूतावासबाट शव शीघ्र नेपाल पठाउन ताकेता गर्दा गर्दै पनि मृत्यु शंकास्पद भएको कारण जांचबुझ गर्न समय लाग्ने गई वा व्यक्तिको मृत्यु पछि लगत्तै स्थानीय चांड पर्व वा अन्य कारण लामो छुटृी पर्न जांदा कागजात तयार गर्न थप समय लाग्ने भई शव पठाउन यदाकदा केही विलम्व पनि हुन जान्छ । मृतकको शव नेपाल पठाउने प्रकृया सम्बन्धी विस्तृत जानकारी यसै वेवसार्इटवाट प्राप्त गर्न सकिने छ ।

यस प्रकारको दुःखद सेवा कसैलाई प्रदान गर्नु नपरोस भन्ने राजदूतावास कामना गर्दछ । कदाचित भवितव्य परिहालेमा नियम अनुसारका प्रकृयाहरु पूरा गरेर मात्र शव पठाउनुपर्ने भएको हुंदा मृतकका आफन्त र इष्ट मित्रहरुलाई धैर्य गरिदिनु हुन समेत राजदूतावास परिवार हार्दिक अनुरोध गर्दछ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...