यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यलाई सम्मान 

काठमाडौं– नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, मकवानपुर जिल्ला कमिटिको आयोजनामा हेटौंडामा स्थानिय निकायको निर्वाचनमा यातायात क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरियो । 

कार्यक्रमका प्रमुख अतिथी संगठनका केन्द्रीय उपाध्यक्ष अर्जुन अर्यालले निर्वाचित जनप्रतिनिधिहरुलाई खादा लगाएर र संगठनका पूर्व उपाध्यक्ष बलराम फुँयालले टीका लगाएर सम्मान गरे । 

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष अर्यालले मजदुरलाई राज्यका हरेक निर्वाचत निकायमा १० प्रतिशत सहभागिताको मुद्धा अझ जोडदार रुपमा उठाइने बताए । उनले निर्वाचनमा संगठनले निर्वाह गरेको भूमिकाको बारेमा चर्चा गर्दै सिंहदरवारको अधिकार जनताको घर दैलोमा आएको यो अवस्थामा अधिकार प्रयोग गर्दै रहँदा कसैले अन्यायमा परेको महसुस गर्नु नपरोस भन्ने आग्रह गरे । प्रमुख अतिथि अर्यालले अव स्थानिय निकायले नियम, कानून बनाउँदा यातायात मजदुर अन्यायमा नपर्नेगरी बनाउन सजग हुन निर्वाचित प्रतिनिधिहरुलाई आग्रह पनि गरे । 

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष गोकर्णप्रसाद पराजुलीसँगै यातायात मजदुर निर्वाचित नेताहरु धर्मराज बस्नेत, जुना दाहाल, शुकराम केसी, अन्जन तिमल्सिनालाई सम्मान गरिएको हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

परदेशमा

युएईबाट गरियो ९१ हजार सहयोग

युएईबाट गरियो ९१ हजार सहयोग

युएई, भदौ ६- मृगौलाको समस्या झेलिरहेकी झापा कचनकवल २ कि खेमकुमारी श्रेष्ठको उपचारका लागि युएईमा संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ । युएईमा बसोवास गर्दै आएका निश्चल दाहालको अग्रसरतामा सो रकम...

Read more