निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

 

काठमाडौं

अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो

भेलाले संघको केन्द्रीय अध्यक्षमा अमित लोप्चनलाई चयन गर्यो यसैगरी महासचिवमा रमेश विके चयन भएका छन् ६५ सदस्यीय नयाँ कमिटीमा उपमहासचिवमा विनोद भण्डारी राजेन्द्र रुम्वा रहेका भण्डारीले केन्द्रीय कार्यालय सञ्चालनको जिम्मेवारी पाएका छन् भनें रुम्वाले विदेश विभाग हेर्नेछन्

यसअघि भेलाको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि जयपुरी घर्तीले ठूलो त्याग बलिदानले मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको भन्दै अव आर्थिक क्रान्तिको समय आएको बताइन् नेकपा माओवादीका तर्फबाट फ्याक्सन ईन्चार्ज नेतृ घर्तीले अव मुलुकमा विकास निर्माण तथा समृद्धिका लागि काम गर्ने समय आएको भन्दै नेपालका निर्माण श्रमिकले यसमा ठूलो योगदान गर्ने अपेक्षा प्रकट गरिन् उनले वर्तमान सरकारले श्रमिकका पक्षमा काम गर्न सकेन भनें त्यसको विरोधमा उत्रिन तयार रहेको भन्दै रोजगारीको अवशर स्वदेशमा नै सिर्जन ागर्न लाग्नु पर्ने बताइन् उनले हाल बैदेशिक रोजगारका क्रममा लाखौं नेपाली रहेको भन्दै आन्तरिक श्रम बजारमा श्रमिकको अभाव समेत देखिन थालेको धारणा राखिन्

सो अवशरमा बोल्दै अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मीले वर्तमान सरकारले श्रमजीवि नेपालीको प्रतिनिधित्व गर्ने भएको हुँदा यसलाई राम्रो काममा सराहना तथा गलत काम गर्न लागेमा खवरदारी गर्न आवश्यक रहेको बताए उनले सामाजिक सुरक्षा कोष ऐन अनौपचारिक क्षेत्रमा कसरी लागु गराउन सकिन्छ भनेर अहिले कार्य भइरहेको भन्दै अनौपचारिक क्षेत्रमा सो ऐन कार्यान्वयन हुन नसके त्यसको कुनै अर्थ नहुने धारणा राखे   

भेलामा जगत सिंखडा, क्यूपेक नेपालका अध्यक्ष नरनाथ लुईंटेल, काउनका महासचिव प्रदीप आचार्य, रेञ्जन लामा, विष्णु थापा, अमित लोप्चन लगायतले मन्तव्य राखेका थिए

यो पनि पढ्नुहोस् 'शरम' मन्त्रालयलाई श्रम मन्त्रालय बनाउनु पर्ने दायित्वमा गोकर्ण


फेसबुकबाट तपाईको प्रतिक्रिया

परदेशमा

युएईबाट गरियो ९१ हजार सहयोग

युएईबाट गरियो ९१ हजार सहयोग

युएई, भदौ ६- मृगौलाको समस्या झेलिरहेकी झापा कचनकवल २ कि खेमकुमारी श्रेष्ठको उपचारका लागि युएईमा संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ । युएईमा बसोवास गर्दै आएका निश्चल दाहालको अग्रसरतामा सो रकम...

Read more