सुरक्षा श्रमिक आन्दोलनमा, तालावन्दीको चेतावनी 

धरान, साउन १– गत मंगलवारदेखि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत सुरक्षा श्रमिकहरुले आफ्नो माग पुरा नभए तालावन्दी गर्ने चेतावनी दिएका छन् । सुरक्षा श्रमिक गोपी योगीलाई पुर्नवहालीको माग गर्दै प्रतिष्ठानमा पाँच दिन देखि धर्ना जारी छ । 

विपी प्रतिष्ठानमा केटिएम सेक्युरिटि सर्भिस प्राली मार्फत १ सय ३९ जना सुरक्षाश्रमिक कार्यरत छन । चार महिना अघि योगीलाई विना कारण कामवाट निकालिएको विरोधमा नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन घोपामा आवद्ध ७० जना भन्दा वढी श्रमिक धर्ना सहितको आन्दोलनमा उत्रिएका छन । सहकर्मी निस्काशन गरेको विरोधमा सुरक्षा श्रमिकहरु डयुटी नै छोडेर आन्दोलनमा सहभागी छन । 

गत मंगलवारदेखि उनीहरुले एक घण्टाको धर्ना शुरु गरेका थिए  । उनीहरुले प्रत्येक दिन पुर्नवाहलीको माग गर्दै धर्ना कार्यक्रमलाई एक घण्टाले वढाउँदै लगेका छन । शुक्रवार आन्दोलनको पाँचौ दिन पनि धर्ना जारी रह्यो । धर्ना विहान ८ वजे प्रतिष्ठानको जिओपीडि अघि सुरक्षा श्रमिकले चार घण्टा धर्ना दिएर ठेकेदार कम्पनी केटिएम सर्भिस प्रालीलाई योगीलाई पुनर्वहाली गराउन दबाव दिए । 

गत चैत्रमा केटिएम सेक्युरिटी प्रतिष्ठानका म्यानेजर पवन खड्कालाई हातपात गरेको आरोपमा नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन प्रतिष्ठान इकाइका कोषाध्यक्ष समेत रहेका सुरक्षा श्रमिक गोपीनाथ योगीलाई सेवावाट निश्कासन गरिएको छ । युनियनले योगीको पुुनर्वहालीसँगै सञ्चयकोषको व्यवस्था, बढेको एक हजार भत्तामध्ये बाँकी रहेको ९ सय ०७२ असाजदेखिको दिइनुपर्ने, नयाँ र पुराना श्रमिकको तलब भत्ता तथा सेवा सुविधा समान हुनुपर्ने लगायत विभिन्न ७ बुँदे माग अघि सारेका छन् । 

पुर्व घोषित कार्यक्रम अनुसार शनिवारसम्म पनि माग पुरा नभए अवको कार्यक्रम तालाबन्दी गर्ने रहेको नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन घोपाका अध्यक्ष दिपक कार्कीले वताए । 

यो पनि पढ्नुहोस् 

श्रीमान् साउदीमा र श्रीमति नेपालमा कमाउँदै 


फेसबुकबाट तपाईको प्रतिक्रिया