काठमाडौंमा सुरु भयो यातायात मजदुरको तालिम

 

काठमाडौ, कात्तिक ३

यातायात मजदुरको क्षमता एवं नेतृत्व विकाससम्बन्धी अन्तराष्ट्रियस्तरको तालिम सुरु भएको छ । अन्तराष्ट्रिय यातायात मजदूर महासंघ (आईटिएफ)को आयोजनामा दक्षिण एशियाली देशका यायायात क्षेत्रका मजदूर तथा नेताहरुको सहभागीतामा ३ दिने तालिम सुरु भएको हो । 

तालिमको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री एवं साँसद डा. शेखर कोइरालाले गरे । कार्यक्रमको उद्घाटन गर्दै कोईरालाले सडकमा गाडी कुदाउने मात्रै नभएर हवाईजहाज, रेल, पानी जहाज चलाउनेहरु पनि यातायात मजदुर नै भएको बताए । आईटिएफले सबैलाई संगठीत पार्दै तालिम प्रदान गर्नु सुखद रहेको भन्दै कार्यक्षमता विकास गर्ने यस किसिमको तालिमले सीप, क्षमता विस्तार गर्नमा महत्वपूर्ण योगदान पुर्याउने उनले बताए । 

कार्यक्रममा नेपाल यातायात मजदुर संघका अध्यक्ष अजयकुमार राईले सहभागी सबैलाई स्वागत गरेका थिए । त्यस्तै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन (इटवान)का उपाध्यक्ष अर्जुन अर्यालले मजदुरको नेतृत्व विकासमा आईटिएफले नेपाललाई छनौट गरेर तालिम प्रदान गरेकोमा आयोजकलाई धन्यवाद दिए । उनले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्नेतर्फ ध्यान दिन सहभागीलाई आग्रह गरे । 

३ दिनसम्म चल्ने तालिममा नेपाल, भारत, बंगलादेश, श्रीलंका लगायत मुलुकका ३५ जना सहभागि छन् । तालिमपश्चात् दक्षिण एसियाली मुलुकहरुका यातायात क्षेत्रका मजदुर संघ संगठनहरुको नेतृत्व विकासमा महत्वपूर्ण सहयोग पुग्ने र आपसी सहयोग आदान प्रदान हुने अपेक्षा गरिएको छ । 

यो पनि पढ्नुहोस् 

हुण्डी कारोवारी जोगाउन गृहमन्त्री नै अघि सरेपछि 

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

परदेशमा

दोस्रो मिस नेपाल साइप्रसको उपाधी छिरिंग डोल्मालाई(तस्वीरहरु सहित)

दोस्रो मिस नेपाल साइप्रसको उपाधी छिरिंग डोल्मालाई(तस्वीरहरु सहित)

  समिम मियाँ,साइप्रस, मङ्सिर २५-  दोस्रो मिस नेपाल साइप्रसको उपाधी छिरिंग डोल्मा लामाले जितेकी छिन् । मिस नेपाल साइप्रसको फष्ट रनरअप सृष्टिना महर्जन र सेकेण्ड रनरअप पवित्रा घिमिरे भए । राजधानी निकोसियामा आईतबार...

Read more