श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कात्तिक २७ 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मजदुर वर्गका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएका छन् । शनिबार बिहान बालुवाटारमा पार्टीको भातृ संगठन अखिल नेपाल ट्रेड यूनियन महासंघको कार्यालय टिमसँग प्रधानमन्त्रीले मजदुरका समस्या समाधान गर्न गम्भीर भएको बताए । 

प्रधानमन्त्रीले आफू मजदुर किसान वर्गको मुक्तिका लागि अनवरत संघर्षमा रहेको भन्दै अहिले सरकारमा रहेर मजदुरका समस्या समाधान गर्न कुनै कसर बाँकी नराख्ने बताए । उनले अहिले गर्न सकिने जति सबै समस्या समाधान गर्न आफ्नो ध्यान रहने स्पष्ट पारे । 

भेटमा ट्रेड यूनियन महासंघका अध्यक्ष शालिकराम जमरकट्टेल केही समयअघि पारित भएको औद्योगिक व्यवसाय ऐन मजदुरको पक्षमा नभएको भन्दै यसलाई संशोधन गर्न तथा संसदमा पुगेको श्रम ऐनको संशोधन विद्येयक र सामाजिक सुरक्षा ऐनलाई मजदुरमैत्री बनाउन आग्रह गरे । उनले संविधानमा राष्ट्रिय मजदुर आयोगको व्यवस्था गर्न, मजदुरको समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्न, यातायात क्षेत्रका मजदुरका समस्या सम्बोधन गर्न, इ–रिक्सालाई व्यवस्थित पार्न नियमावली तयार गर्न तथा सरकारी ज्यालादारी र करारमा नियुक्त कर्मचरी, कामदारलाई अन्य सरकारी कर्मचारीसरह सेवा सुविधा दिन आग्रह गरे । प्रधानमन्त्रीले सबै माग जायज रहेको भन्दै यसलाई पुरा गराउन आफूले पहल गर्ने बताए । 

कतारमा श्रम कानूबारेको भिडियो हेर्नुहोस् 


फेसबुकबाट तपाईको प्रतिक्रिया

परदेशमा

स्याङ्जा सहयोग समाज, युएईको चौथो अधिवेशन सम्पन्न

स्याङ्जा सहयोग समाज, युएईको चौथो अधिवेशन सम्पन्न

युएई- स्याङ्जा सहयोग समाज, युएईको चौथो अधिवेसन सम्पन्न भएको छ । अधिवेशनले खगेन्द्र गैरेको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।  नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रेम भण्डारी, उपाध्यक्षमा राजु...

Read more