म सकेसम्म मजदुरको पक्षमा लड्नेछु : साँसद अधिकारी 

म सकेसम्म मजदुरको पक्षमा लड्नेछु : साँसद अधिकारी 

 

काठमाडौं, कात्तिक ११– व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिका सभापति रविन्द्र अधिकारीले अव आउन लागेको यातायात सम्वन्धि ऐनमा मजदुरलाई अन्याय हुने विषय पर्न नदिने प्रतिवद्धता जनाएका छन् । उनले ऐनमा मजदुर विरोधि विषय आउन नदिने आफ्नो क्षमताले भ्याएसम्म प्रयत्न गर्ने बताए ।  

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, ललितपुर जिल्ला कमिटीले आयोजना गरेको तिहार, छठ र नेपाल सम्वतको शुभकामना आदानप्रदान कार्

सेवा कटौतिको विरोध गर्दै रिले अनसन

सेवा कटौतिको विरोध गर्दै रिले अनसन

झापा, भदौ २२–  खाइपाइ आएको सेवा सुविधा कटौती गर्न नपाइने लगायतका माग राख्दै गिरीवन्धु टी ईष्टेट, झापाका श्रमिकले रिले अनसन सुरु गरेका छन् । भदौ २२ गते सुरु भएको अनसन असोज १ गतेसम्म चल्नेछ । 

गत साउनदेखि दैनिक ज्यालामा रु २५ बृद्धि गर्नुपर्ने भएपनि हालसम्म सो रकम बृद्धि नगरिएको मजदुरले गुनासो गरेका छन् । यसैगरी विसं २०७० सालमा गरिएको तलव बृद्धि वापत फरक पर्न गएको रु ८ लाख पनि श्रमिकलाई नदिइएको उनी

काठमाडौंमा सुरु भयो यातायात मजदुरको तालिम

काठमाडौंमा सुरु भयो यातायात मजदुरको तालिम

 

काठमाडौ, कात्तिक ३

यातायात मजदुरको क्षमता एवं नेतृत्व विकाससम्बन्धी अन्तराष्ट्रियस्तरको तालिम सुरु भएको छ । अन्तराष्ट्रिय यातायात मजदूर महासंघ (आईटिएफ)को आयोजनामा दक्षिण एशियाली देशका यायायात क्षेत्रका मजदूर तथा नेताहरुको सहभागीतामा ३ दिने तालिम सुरु भएको हो । 

तालिमको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री एवं साँसद डा. शेखर कोइरालाले गरे । कार्यक्रमको उद्घाटन गर्दै कोईरालाले सडकमा गाडी कुदाउने म

सुरक्षा श्रमिक आन्दोलनमा, तालावन्दीको चेतावनी 

सुरक्षा श्रमिक आन्दोलनमा, तालावन्दीको चेतावनी 

धरान, साउन १– गत मंगलवारदेखि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत सुरक्षा श्रमिकहरुले आफ्नो माग पुरा नभए तालावन्दी गर्ने चेतावनी दिएका छन् । सुरक्षा श्रमिक गोपी योगीलाई पुर्नवहालीको माग गर्दै प्रतिष्ठानमा पाँच दिन देखि धर्ना जारी छ । 

विपी प्रतिष्ठानमा केटिएम सेक्युरिटि सर्भिस प्राली मार्फत १ सय ३९ जना सुरक्षाश्रमिक कार्यरत छन । चार महिना अघि योगीलाई विना कारण कामवाट निकालिएक

'हायर एण्ड फायर' तथा 'नो वर्क नो पे' को विरुद्धमा उत्रियो ट्रेड यूनियन महासंघ 

'हायर एण्ड फायर' तथा 'नो वर्क नो पे' को विरुद्धमा उत्रियो ट्रेड यूनियन महासंघ 

काठमाडौं, असोज २१ 

गत हप्ता संसदले पारित गरेर लागु हुने प्रकृयामा रहेको औद्योगिक व्यवसाय ऐनले श्रमिकको अधिकार कुण्ठित गरेको भन्दै नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) त्यसको विरोधमा उत्रिएको छ । महासंघ अध्यक्ष विष्णु रिमालले सो ऐन प्रमाणिकरण हुन नदिन र यदि प्रमाणिकरण भएमा पनि  त्यसको विरुद्धमा आइएलओमा मुद्धा हालिने चेतावनी दिए । सो ऐन गत असोज १३ गते संसदबाट पारित भएको छ । ऐनले उद्योगको सञ्चालन तथा उ

श्रीमान् साउदीमा र श्रीमति नेपालमा कमाउँदै 

 श्रीमान् साउदीमा र श्रीमति नेपालमा कमाउँदै 

रञ्जना लम्साल, नवलपरासी 

नवलपरासी देउराली ५ की धनकुमारी महतो । धनकुमारीको जीवनमा धेरै उतार चढाव आए । श्रीमानले रक्सी खाएर दिनहुँ झगडा गर्दथे । आम्दानीको अन्य बाटो थिएन । त्यसैले घर खर्च चलाउनै मुस्कील । यो कष्ट धेरै बर्ष खेपिन् उनले । 

तर अहिले त्यस्तो छैन । खर्च पुर्याउनै मुस्किल पर्ने उनको परिवारमा अहिले त्यो अवस्था छैन । दिन आनन्दका आएका छन् । उनका श्रीमान् गिरीधारी महतो एक बर्ष अगाडी साउदी गएक

एयरपोर्टका मजदुर आन्दोलनमा, नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा दुई घण्टा घेराउ

एयरपोर्टका मजदुर आन्दोलनमा, नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा दुई घण्टा घेराउ

  

काठमाडौं, असोज १९  

दशैं पेश्की पाउनु पर्ने लगायतका माग राख्दै त्रिभुवन विमानस्थलमा कार्यरत श्रमिक आन्दोलनमा उत्रेका छन् । त्रिभुवन विमानस्थलमा कार्यरत ३ सय ५० श्रमिक जिफन्ट आवद्ध युनिट्राभ एयरपोर्ट ईलाका कमिटीको नेतृत्वमा आन्दोलनमा उत्रेका हुन् । यसअघि विमानस्थल केन्द्रीत धर्ना लगायतका आन्दोलनका कार्यक्रम गर्दै आएका श्रमिकले बुधवार बबरमहलस्थीत नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा दुई घण्टा काम

स्वदेशमा नै रोजगारीको अवशरका लागि तालिम 

स्वदेशमा नै रोजगारीको अवशरका लागि तालिम 

काठमाडौं, जेठ २१ 

एकातिर स्वदेशमा रोजगारीका अवशरहरु संकुचित भएको र अर्कातिर उद्योगहरुमा दक्ष जनशक्तिको अभाव भइरहेको अवस्थमा दक्ष कामदार तयार पार्ने उद्धेश्यले आगामी आर्थिक बर्षभित्र दुईसय व्यक्तिलाई तालिम दिइने भएको छ । सोही सन्दर्भमा औद्योगिक सीप प्रशिक्षण (अप्रेण्टिशिप) सम्वन्धि कार्यशाला काठमाडौंमा आयोजना गरियो । 

अप्रेण्टिशिप तालीमका बारेमा सहभागीहरूलाई जानकारी गराउने र नेपालका लागि कस्तो प्र