'विदेशमा श्रीमानले पसिना बगाएर कमाएको महत्व बुझेर नै यो काम थालें'

 

मीनप्रसाद आचार्य, खोटाङ, फागुन २४-

खोटाङ जिल्ला रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ र ४ को बिचमा वैदेशिक रोजगार वितिय समुह गठन भएको छ । सोही समुहकी एक सदस्य हुन् मिना बस्नेत । बिहान घाम नझुल्किंदै उनी कक्षामा आईपुग्छिन् । भोली कक्षामा जानु छ भनें अघिल्लो दिन बेलुका नै उनी घरायसी काम सक्छिन्     

घरमा  सासु, २ भाई छोरा छन् । उनका श्रीमान हाल मलेसियामा छन् । १० बर्ष भयो, छुट्टीमा आउजाउ त गरिहन्छन् तर  बैदेशिक रोजगारको चक्र भनें चलिरहेकै छ । तर यसबीचमा एउटा कुरामा भनें फेरवदल भएको छ मिनाको ।

वित्तिय साक्षरता कक्षामा सहभागी भइसके पछि उनले विदेशबाट आएको रकमको सदुपयोग कसरी गर्ने भनेर सिकेकी छन् । वैदेशिक रोजगारको मात्र भर परेर त्यही पैसाबाट घर खर्च चलाइरहने हो भनें श्रीमानको बैदेशिक रोजगारको चक्र चलिरहने र भोली काम गर्न नसकेर स्वदेश फर्किपछि आम्दानीको बाटो नहुने बुझेकी उनले आम्दानी खर्चको हिसाब राख्दै केही बचत गर्न थालिन् र भविष्यका लागि आम्दानीको बाटो बनाउने उद्धेश्यले एउटा व्यवसायमा हात हालेकी छन्, कुखुरापालनको ।

उनी पहिले पनि ४,५ वटा कुखुरा त पाल्थिन तर त्यो घरमा खानका लागि मात्र हुन्थ्यो । तर भविष्यका लागि कुनै आम्दानीको दिर्घकालिन बाटो बनाउनु पर्छ भन्ने बुझेपछि उनले व्यवसायीक रुपमा कुखरा पालनलाई रोजेकी हुन् । उनी भन्छिन्ः विदेशमा श्रीमानले दिनरात मेहनत गरिरहँदा हामी घरमा बस्नेहरु चाहिं त्यहि पैसा खाएर मात्र बस्नु हुन्न भन्ने बुझेपछि मैले यो काम सुरु गरेकी हुँ । उनले अहिले ३२ वटा लोकल कुखुरा पालिरहेकी छन् । त्यसलाई बढाउँदै लैजाने योजना छ उनको ।

कुखुरा पालन त एउटा पाटो भयो । उनी अहिले व्यवसायीक रुपमा तरकारी खेतीमा पनि जुटेकी छन् । बारीमा फलाएका तरकारी उनी हप्तामा दुईदिन (शनिवार र बुधवार) दित्तेल बजारमा हटियामा ल्याएर बेच्छीन ।  “अहिले म पनि महिनामा ८ हजार कमाउन थालेकी छु मिना भन्छिन् ।

मिना त एउटा उदाहरण हुन् । बैदेशिक रोजगारमा पैसा कमाउन हुने दुःख, त्यसको सदुपयोगको महत्वका बारेमा  वित्तिय साक्षरता कक्षामा सहभागि भएर बुझेपछि पछिल्लो समयमा अरु थुप्रै महिलाले यसरी नै कुनै न कुनै आम्दानीको उपाय खोज्न थालेका छन् । यो सह्रानिय काम हो ।

यो पनि पढ्नुहोस्  बैदेशिक रोजगारमा महिलाको यो योगदानलाई विर्सन मिल्छ ?


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...