विदेश पठाउने नाममा एजेण्टले हडपेको १ करोडको जग्गा १३ बर्षपछि फिर्ता

 

रञ्जना लम्साल, कावासोती, चैत्र २१-

धेरै पैसा कमाउने रहर कसलाई हुँदैन ? पैसा कमाएर परिवारलाई सुखसँग पाल्ने चाहना कसको हुँदैन ? त्यही रहरले गर्दा विदेश जान भन्दै राजीनामा पास गरेर दिएपनि बैदेशिक रोजगारमा जान नपाएका एक व्यक्तिको गैंडाकोट नगरपालिकाको कठ्ठा जग्गा १३ बर्ष पछि फिर्ता भएको

गाउँमा एकजना एजेन्ट थिए, गैंडाकोट का दशरथ गिरी उनले युवाहरुलाई विदेश पठाउने काम गर्दथे मनवीर पनि दशरथको सम्पर्कमा पुगे गाउँ छिमेककै व्यक्तिले विदेश पठाइदिन्छु भनेपछि मनवीर विदेश जान तयार भए  धेरै पैसा कमाउने सपना बुन्दै घर फर्किए बुवासँग अनुमति मागे बुवा लक्ष्मण दर्जी लगायतका घरका अरु सदस्यहरुले पनि स्वीकृति दिए

घर परिवारबाट पाएको स्वीकृतिको खुसीसँगै मनवीरलाई अर्को चिन्ता आइलाग्यो, कतार जानका लागि पैसा कसरी जुटाउने ? दशरथले कतार जान ८५ हजार रुपैयाँ बुझाउनुपर्ने भनेका थिए

छोराले विदेश गएर कमाइहाल्छ, ८५ हजार फिर्ता गर्न कति पो गाह्रो होला ? भन्ने सोचेर लक्ष्मण दर्जीले आफ्नो नाममा रहेको दुई कठ्ठा जग्गा दशरथका नाममा रजिष्ट्रेशन पास गरिदिने छोरो मनवीरलाई कतार पठाउने निश्कर्षमा पुगे

गाउँका चारजना साक्षी बसे कित्ता नम्बर १२६० को दुई कठ्ठा जग्गा लक्ष्मणले दशरथकी श्रीमती शुभलक्ष्मी गिरीका नाममा पास गरिदिए तर, जग्गा हात परेपछि विदेश पठाउनु कता हो कता दशरथ गिरी सम्पर्कमै आउन छोडे

गिरीको घरमा जाँदा थाहा भयो, उनीहरु सपरिवार घर जग्गा सबै सम्पत्ति बेचेर गैंडाकोटबाट अन्यत्रै गइसकेका रहेछन् विदेश जाने रंगीन सपना बुनेका दर्जी परिवारका सदस्यहरु छाँगाबाट खसेजस्तै भए

दिन बिते, महिना बिते तर मनवीर दर्जीको विदेश जाने दिन आएन जग्गा पनि गयो, विदेश पठाइदिन्छु भन्ने मान्छे पनि वेपत्ता भयो दर्जी परिवारमा पीर थपिँदै गयो अन्ततः छोरालाई विदेश पठाउने सपना अधुरै भयो भने भएको जग्गा पनि अर्काको नाममा रजिष्ट्रेशन पास गरिदिएपछि उनीहरु सुकुम्बासी भए त्यसैको कारण परिवारमा कलहसमेत सुरु भयो दिनहुँ परिवारमा झगडा हुने स्थितिको सिर्जना भयो सुखी जीवन जीउने खुशी सम्पन्न परिवारको रुपमा समुदायमा स्थापित हुने आशा निराशामा परिणत भएपछि लक्ष्मण दर्जीले घरभित्रै आत्महत्या गरे

विदेश जान तयारी अवस्थामा बसेका मनवीर दर्जी उनका दाजु भाईले एजेन्ट खोज्न हरसम्भव प्रयास गरे एजेन्टको खबर कतै पाएनन् ज्याला मजदुरीमा पालिएको परिवारले उनलाई खोजीरहने समय पनि थिएन परिवार पाल्न भन्दै मनवीर भारतमा काम गर्न लागे समय मिलाएर दाजु भक्त बहादुर दर्जी एजेन्टको खोजी गर्न आफ्नो जग्गा फिर्ता गर्नका लागि चारैतिर धाउन थाले न्यायका लागि इलाका प्रहरी, तत्कालिन गा.वि.. कार्यालयसम्म पटक पटक पुगे तर उनले न्याय पाउन सकेनन्

यसै क्रममा उनी २०७२ सालमा सूचना तथा परामर्श केन्द्र, कावासोतीको सम्पर्कमा आए गैंडाकोटमा सञ्चालन भएको वित्तीय साक्षरता कक्षा मार्फत सामी परियोजनाको बारेमा जानकारी पाएका दर्जी परिवार न्यायको ठूलो आशा लिएर सूचना केन्द्रमा पुगेका थिए

सुचना केन्द्रले २०७२ सालमा कावासोतीमा पत्रकार सम्मेलन मार्फत दर्जी परिवारको समस्या सार्वजनिक गर्यो एजेन्टको खोजीको लागि तत्कालीन ईलाका प्रशासन कार्यालय मार्फत  प्रहरी कार्यलयमा निवेदन दियो प्रहरी कार्यलयमा निवदेन दिएपनि त्यसबाट केहि सफलता हासील हुन सकेन

लामो समय पछि सुचना केन्द्रमा एजेन्टको हालको ठेगाना पत्ता लाग्यो यहि विषय गैडाकोट नगरपालिकाको समन्वयात्मक बैठकमा पनि उठाईयो उपमेयरको संयोजकत्वमा बनेको समितिमा घटना दर्ताको प्रक्रिया शुरु भयो यता सुचना केन्द्रले प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीको सल्लाहामा घटना अगाडी बढाईरहेको थियो

सोहि समयमा एजेन्ट दशरथ गिरी फेसबुक मार्फत सूचना केन्द्रको सम्पर्कमा आए उनीहरुको जग्गा फर्काउन आफुले ढिलो गरेको भएपनि नदिने नियत आफुहरुको नभएको बताउँदै घटना अगाडी नबढाउन गिरीले सूचना केन्द्रमा अनुरोध गरे

साथै गैडाकोट नगरपालिकाका उपमेयर बिष्णु कुमारी कंडेलले पनि एजेन्ट उनका परिवारसँग कुराकानी गरि जग्गा फिर्ताको लागि थप सहयोग गरिन् एजेन्ट गिरी जग्गा पास गर्न तयार भए  

अन्ततः १३ बर्ष पछि दर्जी परिवार जग्गा फिर्ता लिन सफल भयो  जग्गा फिर्ता पाएपछि भक्त बहादुर दर्जीले भने अव जग्गा आफ्नो नाममा आउँछ भनेर विश्वास हराईसकेको थियो, तर फिर्ता हुँदा खुशीको सिमा छैन

एजेन्ट गिरीले १३ बर्ष अघि पास गरेको लक्ष्मण दर्जीको नाममा रहेको जग्गा अन्ततः लक्ष्मण दर्जीकी श्रीमती उजेली दर्जीको नाममा फिर्ता भएको हो

यो पनि पढ्नुहोस् नेपाली नागरिकको सुरक्षा संरक्षण राज्यको दायित्व होः पूर्व राजदूत पाण्डे


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...