लाखौं तिरेर युरोप आउनेहरु समस्यामा, अधिकाँशको गन्तव्य पोर्चुगल

सन्तोष न्यौपाने, बेल्जियम, पुष २३-

पछिल्लो समय अध्ययनका लागि युरोप आउने नेपाली विद्यार्थीको आकर्षण पोर्चुगलमा बढी देखिएको छ । लाखौं खर्च गरेर नेपालका विभिन्न कन्सल्टेन्सीहरुबाट आउने उनीहरू पोर्चुगल गएर स्थायी बसोबासको कागजपत्र बनाउन लागि परेका छन् ।

नेपालबाट नेपाली विद्यार्थीहरू युरोपको माल्टा, लक्जेम्बर्ग, स्पेन, पोल्यान्ड, स्वीडेन, डेनमार्क, नर्वे, जर्मनी, नेदर्ल्यान्ड्स, फ्रान्स ,चेक रिपब्लिक आउने गरेका छन्। १२ देखि २० लाखसम्म खर्च गरेर होटल म्यानेजमेण्ट, फिजियोथेरापी, स्पोर्ट्स लगायतका विषय अध्ययन गर्न आउने भएतापनि आएको ३ महिनामा उनीहरु मध्ये ठूलो संख्यामा पोर्चुगल पुग्ने गरेका छन् । त्यसैले यी सबै देशहरू पोर्चुगल जाने ट्रान्जिट पोइन्ट मात्र बन्ने गरेको देखिएको छ ।

युरोपको कलेजको महंगो फी, खाना बस्नको समस्या, काम नपाउने समस्या र पाइहाले पनि काम र पढाईलाई सँगै अगाडी बढाउन मुस्किल परेपछि पोर्चुगललाई धेरैले आफ्नो गन्तव्य बनाउने गरेका छन्। त्यसो त कतिपय नेपाल देखि नै पोर्चुगल जाने उदेश्यले युरोपका कलेजमा विद्यार्थी भिसामा आउने खुलेको छ।

बानेश्वरमा रहेको ट्रस्ट कन्सल्टेन्सीबाट स्वीडेन आएका राजन दाहाल अहिले यस्तै समस्यामा छन् । नेपालमा विएससी गरेका उनका अनुसार सो कन्सल्टेन्सीले स्वीडेन गएर ६ महिना अङ्ग्रेजी भाषा सिकेपछि मास्टर पढ्न सकिने, काम सजिलै पाईने भन्दै आश्वासन दिएको थियो। तर अहिले उनलाई न मास्टर पढ्न सहज छ न त काम गरेर पढाई अगाडि बढाउन । राजन अब पोर्चुगल तिर लागेर आफ्नो मेलोमेसो मिलाउने तरखरमा देखिन्छन्।

स्वीडेन मात्रै होइन लक्जेम्बर्गमा अध्ययन गर्न भनेर आएका नेपाली विद्यार्थीको अवस्था पनि उस्तै छ। केही महिना अगाडि काठमाडौंमा रहेका विभिन्न कन्सल्टेन्सी मार्फत ३५ जनाको समूह लक्जेम्बर्ग आइपुग्यो। तर अहिले यी मध्ये २० जना जति पोर्चुगल पुगिसकेका छन् । प्रति व्यक्ति १८ देखि २२ लाखसम्म तिरेर उनीहरु लक्जेम्बर्गमा होटल म्यानेजमेन्ट अध्ययन गर्न आएका थिए।

'हामी टन्न खर्च गरेर आयौ, यहाँ आएपछि बस्नको समस्या, काम पाउनको समस्या। बल्ल तल्ल काम पाए पनि खान बस्न ठिक्क हुन्छ । कलेज फि के ले तिर्ने ? बल्लतल्ल पाएको भाँडा माझ्ने काममा पनि घण्टाको ५-६ युरो मात्र मिल्छ।' फिजियोथेरापी अध्ययन गर्न लक्जेम्बर्ग आएकी बुटवलकी विष्णु पाण्डेले दुखेसो पोखिन् । पाण्डे आक्सवृज कन्सल्टेन्सीबाट आएकी हुन।

त्यसो त लक्जेम्बर्ग र स्वीडेन मात्रै होइन पछिल्लो समय नेपाली विद्यार्थीको लागि प्रमुख गन्तव्य बनेको देश माल्टा आउने विद्यार्थीहरु आएको महिना दिन नपुग्दै पोर्चुगल तर्फ लाग्ने गरेका छन्। त्यसरी जाने मध्ये केहिले पोर्चुगलको पेपर पनि बनाइसकेका छन् त कोहीको प्रक्रियामा देखिन्छ। उनीहरू सबै १२ देखि १७ लाखसम्म तिरेर आएका हुन्।

'माल्टा भनेको ट्रान्जिट पोइन्ट मात्रै हो । सबैको उदेश्य पोर्चुगल आएर पेपर बनाउने मात्रै हो' पोर्चुगल आइपुगेका प्रकाश थापाले भने 'अध्ययन गर्न खोज्ने, मेधावी विद्यार्थी यत्रो लगानीमा आउँदै आउँदैनन् ।'

युरोपका विभिन्न कलेजहरूमा आउने नेपाली विद्यार्थीको उमेर २० देखि २५ वर्षसम्मका रहेका छन्। आएका मध्ये मुस्किलले १० प्रतिशत मात्रै अध्ययन गरिरहेका छन् भने बाँकी पोर्चुगल हानिएका छन।

पोर्चुगल स्थायी बसोबासको लागि युरोपमै सहज भएको देश मानिन्छ । सबै प्रक्रिया ठीकसंग मिले २ वर्ष भित्र पेपर मिल्ने र पेपर मिलेको ७-८ वर्षमा त्यहाँको पासपोर्ट हात पर्दछ । तर यो सम्मको यात्रा निकै सास्तीपूर्ण हुने गरेको भुक्तभोगीहरु बताउँछन् । विद्यार्थी भिसामा लाखौं खर्च गरेर युरोपका कलेज आउनु र पोर्चुगल गएर सास्ती पाउनुको कथा बेग्लै हुन्छ।

युरोपस्थित नेपाली दूतावासहरुका अनुसार यसरी आउने विद्यार्थीहरु मध्ये दुःख पाएको वा फसेको भनेर अहिलेसम्म कसैले गुनासो गरेका छैनन जसको कारण कुटनीतिक नियोगहरुलाई छानविनको लागि बाटो खुलेको छैन।

नेपालमा म्यानपावर कम्पनीहरुले कामदार भिसामा खाडी मुलुक लगायत युरोप पठाउँदै आएका छन्। उनीहरुले पठाएका कामदारको गुनासो र कारबाही प्रक्रिया बारे सुन्दै आए पनि लाखौं उठाएर ठगी धन्दा गर्ने कन्सल्टेन्सीहरुलाई छानबिन र कारबाहीको दायरामा नेपाल सरकारले ल्याउनु पर्दछ जसले गर्दा लाखौं खर्च गरेर युरोप आउने नेपाली विद्यार्थीहरू ठगिनबाट जोगिने छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव द…

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव दिन नपाइने

काठमाडौं, असार २५- सरकारले नेपालमा कार्यरत श्रमिकको न्यूनतम ज्याला प्रतिमहिना १३ हजार ४ सय ५० तोकेको छ । यसैगरी साउन देखि दैनिक ज्याला ५ सय १७ तथा प्रतिघण्टा ज्याला रु ६९ भएको छ । रोजगारदाताहरु तथा ट्रेड युनियनहरुबीच...

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं,  यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस)े को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको सह-अध्यक्ष अर्जुन...

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्…

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

  काठमाडौं,  अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको छ । माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो । भेलाले संघको केन्द्रीय अध्यक्षमा...