मलेसियामा कार्यरत नेपाली भन्छन्: मलेसिया त नखुलेकै राम्रो

काठमाडौं, पुष २६-

मंगलवार मलेसियाका मानव संशाधन राज्यमन्त्री महफुज ओमरले मलेसियामा विदेशी कामदार कुन तरिकाबाट भित्रियाउने भन्ने यकिन भइनसकेको भन्दै यसका लागि अझै दुई महिना लाग्ने बताएपछि त्यसका बारेमा मलेसियामा नै कार्यरत र मलेसियाको रोजगारीबाट फर्केका नेपालीले भनें अव मलेसियाको रोजगारी नखुलेकै राम्रो भन्दै टिप्पणी गरेका छन् ।

देशपरदेशले प्रकाशन गरेको समाचारको प्रतिकृयामा मलेसियाबाट लोकबहादुर लोक लेख्छन्ः जापानतिर वा अरु कुनै देश तिर जाँदा हुन्छ, नेपाली यो मलेसियामा नपठाउनु राम्रो । यसैगरी बोधराज अधिकारी मलेसिया जान जरुरी नरहेको भन्दै मलेसिया रोजगारीका लागि राम्रो मुलुक नभएको र त्यस्तो मुलुकमा नेपालीलाई रोजगारीमा पठाउन सधैंको लागि बन्द गर्नु उचित हुने धारणा राख्छन् ।

आविश्का मगरले मलेसिया नखुल्नु राम्रो भनेका छन् भनें रोवित ठकुरीले मलेसिया बन्द गर्दा हुन्छ भन्दै त्यहाँ चोर, फटाहा र केहि अपराधी मनोवृत्तिका तमिल मूलका व्यक्तिबाट बच्न गाह्रो रहेको टिप्पणी गरेका छन् । गुराँस लामा पनि मलेसियाको रोजगारी अव सधैंका लागि बन्द हुनुपर्ने धारणा राख्छन् । मलेसियामा नै कार्यरत समिर रिमाल मलेसियाको रोजगारी नखुलेकै राम्रो भन्छन् भनें अशोक चन्द्र ठकुरी पनि मलेसियाबाट यस्तो मुलुकमा कोहि नेपाली नआउनु भन्ने धारणा राख्दछन् ।

किन यति धेरै नेपाली मलेसियाको रोजगारीलाई उपयुक्त ठान्दैनन् त ? मलेसियामा रोजगारी र पत्रकारिता समेत गरेर फर्केका मोरङका अर्जुन काफ्ले त्यहाँको असुरक्षालाई एउटा कारण मान्दछन् । नेपाली, बंगलादेशी, पाकिस्तानी लगायतलाईलाई त्यहाँका विशेषगरी अपराधी मनोवृत्तिका तमिल मुलका व्यक्तिले लुट्ने, कुट्ने र कतिपय अवस्थामा अंगभंग नै गरिदिने अवस्थाका कारण समस्या छ काफ्ले भन्छन् यस्तो घटना हुँदा पनि प्रहरीले समेत सहयोग गर्दैन । उनी कतिपय प्रहरीमा उजुरी गर्न पुगेमा प्रहरीको सहयोग पाउनुको सट्टा उल्टै त्यहि लुट्ने, कुट्ने व्यक्ति भोलीपल्ट पीडितलाई धम्क्याउन आइपुग्ने गरेको बताउँछन् । काफ्लेको अनुभवमा मलेसियामा धेरै नेपाली श्रमिकको मृत्यु हुने गरेका कारण उनीहरुमा एकप्रकारको त्रास पनि विद्यमान छ ।

यसैगरी कम्पनीले अतिरिक्त समय काम गराएर न्यूनतम तलव समेत नदिनु, होष्टलमा न्यूनतम सुविधा पनि नदिनु लगायतका कारण पनि मलेसियामा रोजगारीमा गएका नेपाली पुनः फर्किन नचाहने गरेका छन् । अन्य देशको तुलनामा बढी समयको श्रम सम्झौता अवधि हुनु(तीन बर्ष), चाइनीजले चलाएका कम्पनीमा अत्यधिक श्रम गर्नुपर्ने लगायत कारणले मलेसियाको रोजगारी धेरैजसो नेपालीको रोजाईमा पर्न छोडेको त्यहाँ कार्यरत भुक्तभोगीहरु बताउँछन् ।

यद्यपी बैदेशिक रोजगारप्रतिको अत्यधिक आकर्षण र बैकल्पिक मुलुक नहुँदा अहिले पनि वैधानिक हैसियतमा ४ लाखको छेउछाउ संँख्यामा नेपाली मलेसियामा रोजगारीमा छन् । पछिल्लो समयमा स्वदेशमा नै स्वरोजगारहरुको संख्यामा आएको बृद्धि र निर्माण लगायतका क्षेत्रमा रोजगारीका अवसर बढ्का कारण बैदेशिक रोजगारमा जाने नेपालीको संख्यामा कमि भनें आएको छ ।

यो पनि पढ्नुहोस् मलेसिया रिटर्नीले सुरु गरे सामुहिक व्यवसाय


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव द…

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव दिन नपाइने

काठमाडौं, असार २५- सरकारले नेपालमा कार्यरत श्रमिकको न्यूनतम ज्याला प्रतिमहिना १३ हजार ४ सय ५० तोकेको छ । यसैगरी साउन देखि दैनिक ज्याला ५ सय १७ तथा प्रतिघण्टा ज्याला रु ६९ भएको छ । रोजगारदाताहरु तथा ट्रेड युनियनहरुबीच...

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं,  यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस)े को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको सह-अध्यक्ष अर्जुन...

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्…

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

  काठमाडौं,  अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको छ । माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो । भेलाले संघको केन्द्रीय अध्यक्षमा...

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

काठमाडौं,  नेपालमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्व बृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । यहि व्यवस्थाका कारण पछिल्लो समयमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा बृद्धि भएको छ । केन्द्रीय तथा प्रादेशिक संसद तथा...