एयरपोर्टमा सामान जफत गर्ने काम रोक्न सरकारलाई आग्रह 

 

 

काठमाडौं, माघ २७- 

विदेशबाट आउनेहरुले ल्याएका तोकिएको परिणाम भन्दा धेरै सामग्री ठूलो मात्रामा जफत हुन थालेपछि त्यसको विरुद्धमा कतिपयले तिखो प्रतिकृया जनाएका छन् भन्सार विभागको सो कदमका बारेमा सामाजिक सञ्जालमा आएका केहि प्रतिनिधिमूलक प्रतिकृया यस्ता छन्: 

फेसबुकमा नायिका रेखा थापाले लेखेकी छन्ः 

युएई, कतार, मलेशिया लगायत देशमा हाम्रा दाइभाइ पसिना बगाइरहेका आफ्नै आँखाले देखेको छु ती श्रम क्याम्पमा बस्दा हुने अनुभुती नजिकबाट सुनेकी छु जव बर्षहरु पछी घर फर्किने सुखद दिन आउछ, आफन्त घररिवारको लागि खुशीको साना उपहार लिएर फर्कन चाहनु स्वाभाबिक हो दुइटा फोन, एइटा टिभी वा त्यस्तै अरु सामान निर्धा जनताले मिटर ब्याज तिरेर पराइ देश जान परेकोमा दया नभएको सरकार उनीहरुको कमाइले किनेको नासो देखेर यत्ती जलेको किन होला ? तिनै युवाको पसिनाको रेमिट्यान्सबाट चलेको देशमा उनीहरुको आगमनमा लुट मच्चाउन किन परेको ? सक्नेले हुनेले क्विन्टल सुन छिराउने एयर्पोर्टको कहानी जनताले थाहा पाएका छन। यिनै मजदुर बेचिखाने ब्रोकर, तिनैको पैसा माग्ने समाजसेवा, तिनैको नाममा राजनीति, अनी उनीहरुको कमाइको नासो किन खोस्दैछ सरकार ? के परिवारको लागि चिनो ल्याउनु अपराध हो ? मेरो बिचारमा यो श्रमिक माथि शोषण अत्याचार हो जाने बेला रुदै फर्कने बेला पनि रुवाउने सरकारका यस्ता श्रमिकमारा कदम बिरुद्दको आवाज उठाउनु पर्छ हाम्रा श्रमिक दाइभाइ यो देशका गौरब हुन उनीहरुको असम्मान गर्ने अधिकार कसैलाई छैन यो बन्द गरिएन भने एक्लो किन नहोस् एयर्पोर्ट अगाडि बिरोध गर्न जान तयार छु  

आफु अरबौका सुबिधा लिने ,कर भाडा तिर्नु नपर्ने, राज्य कोष खाएर बस्ने अनी मजदुरको झोला खोस्ने  ??? 

यसैगरी ट्वीटरमा @brnpkrl लेख्छन्ः  

यार्पोर्टमा कफिनको साइज कति भन्दा बढी भयो भने थप भन्सार लाग्छ ? कति तौल भन्दा बढीको कफिन भयो भने यार्पोटको भन्सारमा जफत हुन्छ ? 

अधिवक्ता निशा बानियाँ फेसबुकमा लेख्छिन्ः 

विदेशमा काम गरेर आफ्नो देश फर्केकालाई एयरपोर्टमा झमेला नदिनुहोला सबैले ल्याएको झिटिझ्याम्टा जोडेर यति आउदो रहेछ रोकेका छौ भन्न पाइन्न गैरकानुनी सामान बाहेक रोक्न मिल्दैन यो बैदेशिक रोजगारमा गएर फर्किने श्रमिकको मानवअधिकारको हनन हो   

सञ्चारकर्मी गणेश पाण्डेले फेसबुकमा लेखेका छन्ः 

किलो किलो सुन भित्र्ने एयरपोर्टमा अवैध धन्दा रोक्ने प्रयास सरहानीय छ। तर, विदेशमा रगत बगाएर फर्किएका मजदुरको झोला खोस्नु राम्रो भएन सरकार   

@sanjudidi  ट्वीटरमा लेख्छिनः

एअरपोर्टमा अझै कडाइ गर्नुपर्छ 

अरबबाट आएका मजदुरले परिवारका सदस्यलार्इ ल्याइदिएको एकथान मोबाइल, दुई प्याकेट चक्लेट जडौरी कपडा मात्र हैन दैनिक बाकसमा आउने लास पनि लिलामीमा राख्नु पर्छ बल्ल मज्जाले राजस्व उठ्छ, भन्सार लक्ष्य सफल हुन्छ

यो पनि पढ्नुहोस् आन्तरिक रोजगारी प्रवद्र्धनको अग्नि परिक्षाः प्रधानमन्त्री रोजगार कार्यक्रम 


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...