बेरोजगार भत्ता कसले पाउँछन्, कसले पाउँदैनन् ?

काठमाडौं, माघ २९-

भोली फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणासँगै बेरोजगारहरुको तथ्याँक संकलन गरिने र न्यूनतम रोजगारी उपलव्ध हुन नसकेमा बेरोजगार भत्ता दिने सरकारले घोषणा गरेको छ । यो सन्देशलाई कतिपयले अव सहजै सरकारी भत्ता उपलव्ध हुने ढंगले समेत लिएका छन् । तर यो सतही रुपमा देखिएजस्तो सहज रुपमा भत्ता पाइने कार्यक्रम नभएको सरकारी अधिकारीहरुले बताएका छन् ।

"सरकारको उद्धेश्य भत्ता वितरण भन्दा पनि रोजगारीसँग श्रमिकलाई जोड्ने हो" श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भने "भत्ता पाउनेको संख्या एकदमै न्यून हुनेछ ।" उनले सरकारी ढुकुटीमा धेरै रकम भएर बाँड्न लागेको रुपमा नबुझ्न आग्रह गर्दै काम गर्ने उमेर समुहका व्यक्तिलाई रोजगारदाता र रोजगारीसँग जोड्नु यस कार्यक्रमको मुख्य उद्धेश्य रहेको प्रष्ट्याए ।

कसले पाउँछन् बेरोजगार भत्ता ?  

प्रधानमन्त्री रोजगार कार्यक्रममा बेरोजगारलाई दिइने निर्वाह भत्ताका बारेमा स्पष्ट व्यवस्था गरिएको छ । बेरोजगार व्यक्ति भन्नाले एक आर्थिक बर्षमा न्यूनतम एकसय दिन रोजगारमा संलग्न नभएको वा कम्तीमा तोकिए बमोजिमको आय आर्जन हुने स्वरोजगारमा संलग्न नरहेको १८ बर्ष द ेखि ५९ बर्ष उमेर समुहको नागरिक हुनेछ भन्ने व्यवस्था रोजगारीके हक सम्वन्धी ऐन, २०७५ ले व्यवस्था गरेको छ । त्यसैले प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगार सुचना केन्द्रमा सूचिकृत भएका बेरोजगार व्यक्तिलाई एक आर्थिक बर्षमा कम्तीमा १ सय दिन न्यूनतम रोजगारी परिवारको कुनै पनि सदस्यले प्राप्त गर्न नसकेमा त्यस्तो परिवारलाई न्यूनतम पारिश्रमिकको ५० प्रतिशतको दरले हुन आउने रकम निर्वाह भत्ताको रुपमा प्रदान गरी सामाजिक सुरक्षा प्रदान गर्ने व्यवस्था गरिएको छ । तसर्थ परिवारको कुनै एक व्यक्ति रोजगारमा संलग्न भएमा वा स्वरोजगार भएमा त्यस्ता परिवारको अन्य सदस्यहरु बेरोजगार भएमा पनि सरकारले बेरोजगार भत्ता उपलव्ध गराउने छैन ।

यसैगरी परिवारको कुनै सदस्य बैदेशिक रोजगारमा रहेको भएमा पनि त्यस्ता परिवारको सदस्यले बेरोजगार भत्ता नपाउने सरकारले व्यवस्था गरेको छ । कुनै सरकारी जागिरबाट निवृत्तिभरण लिइरहेको, पूर्व लाहुरेहरु वा अन्य कुनै निकायबाट नियमित रुपमा कुनै सहायता रकम बझ्ने व्यक्तिको परिवारले पनि यस्तो भत्ता नपाउने कानूनी व्यवस्था गरिएको छ ।   

निर्वाह भत्ता पाउने अवस्था

- परिवारको कुनै पनि सदस्यले न्यूनतम रोजगारी नपाएमा

- नेपाल सरकारले तोकेभन्दा कम बार्षिक आय भएको परिवार भएमा

- परिवारको कुनै पनि सदस्य स्वरोजगार नभएमा

- परिवारको कुनै पनि सदस्य बैदेशिक रोजगारीमा नभएमा

- सरकारी कोष(संघ, प्रदेश वा स्थानीय तहको कोष) वा अन्य मुलुक वा अन्तराष्ट्रिय वा अन्तरसरकारी संघ, संगठन वा अन्य कुनै संस्थाबाट नियमित निवृत्तिभरण वा अवकास सुविधा लिइरहेको नभएमा वा सामाजिक सुरक्षा कोष वा नेपाल सरकारको सहायता सम्वन्धी अन्य कोष वा रोजगारदाताबाट नियमित रुपमा कुनै पनि किसिमको सहायता प्राप्त गरेको नभएमा ।

नाम दर्ता कहाँ गर्ने ?

यदि आफू बेरोजगार भएमा त्यस्ता व्यक्तिले आफ्नो विवरण रोजगार सेवा केन्द्रमा दर्ता गर्नुपर्नेछ । उनीहरुको विवरणलाई रोजगारदातासँग जोड्न समन्वय गर्ने काम रोजगार सेवा केन्द्रले गर्नेछ । यस्ता सेवा केन्द्रहरु ७ सय ५३ वटै पालिकाहरुमा हुनेछन् । ति केन्द्रमा दर्ता भएर पनि न्यूनतम रोजगारी नपाएकाहरुलाई सरकारले बेरोजगार भत्ता उपलव्ध गराउने तयारी गरेको छ । सरकारले गरेको व्यवस्थाले त्यस्तो भत्ता लिनेहरुको संख्या अत्यन्त न्यून हुने देखिएको छ ।

यो पनि पढ्नुहोस् स्वदेशमा नै रोजगारी सिर्जनाको आधार तयारस् मन्त्री विष्ट 


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव द…

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव दिन नपाइने

काठमाडौं, असार २५- सरकारले नेपालमा कार्यरत श्रमिकको न्यूनतम ज्याला प्रतिमहिना १३ हजार ४ सय ५० तोकेको छ । यसैगरी साउन देखि दैनिक ज्याला ५ सय १७ तथा प्रतिघण्टा ज्याला रु ६९ भएको छ । रोजगारदाताहरु तथा ट्रेड युनियनहरुबीच...

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं,  यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस)े को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको सह-अध्यक्ष अर्जुन...

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्…

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

  काठमाडौं,  अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको छ । माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो । भेलाले संघको केन्द्रीय अध्यक्षमा...