बैदेशिक रोजगार विभागका महानिर्देशक भन्छन्ः मेनपावर व्यवसायीले गल्ती नदोहोर्याउन्

काठमाडौं, चैत्र २७-

बैदेशिक रोजगार विभागको महानिर्देशकमा सहसचिव डा. भिष्म भुषाल नियुक्त भएका छन् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहसचिव भुषाललाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो यसअघिका महानिर्देशक दिलिप चापागाईंले उमेर हदका कारण अवकास पाउनु अघि विदामा बसेपछि भुषाल नयाँ महानिर्देशकका रुपमा विभाग पठाइएका हुन्

महानिर्देशकको जिम्मेवारी पाएपछि भुषालले आफूलाई विदेशमा रहेका करिव ४३ लाख नेपाली दाजुभाई दिदीबहिनीहरुको पीडा सुन्ने जिम्मेवारी आइपरेको भन्दै सहयोगको आग्रह गरेका छन् सामाजिक सञ्जाल फेसबुकमा सहसचिव भुषालले लेखेका छन्ः "विदेशमा रहनु भएका करिब ४३ लाख नेपाली दाजुभाइ दिदीबहिनीहरुको पीडा सुन्ने जिम्मेवारी आइपरेको छ। वैदेशिक रोजगारीको क्रममा ठगिएका तथा दुख पाएका दाजुभाइ दिदीबहिनीहरुको दुखमा मलहमपट्टी लगाउन मेरो टीमले कुनै कसर बाँकी राख्ने छैन। यद्यपि सीमित जनशक्ति तथा स्रोतसाधनले बाँधिएको हुँदा यहाँहरुले अपेक्षा गरेजस्तो चमत्कारै गर्न सकिने अवस्था चाहीं छैन तथापि हाम्रो सम्पूर्ण मन वचन कर्म यहाँहरुको सेवामा लाग्नेछ।

यस विभागमा मैले विकासका काम देखाउन सक्ने होइन। हिजोको भन्दा भिन्न चुनौती मेरा सामु छ।

यस परिप्रेक्षमा विभागको सेवा प्रवाहमा सुधारका उपायहरुबारे मलाई मेसेन्जरमा वा अन्य सञ्चारका माध्यमबाट यहाँहरु सबैले सुझाव दिनुहुनेछ।

सञ्चारकर्मी मित्रहरु, यहाँहरुको साथ सहयोग मेरा लागि सधै झै निकै महत्वपूर्ण हुनेछ।

वैदेशिक रोजगार व्यवसायी मित्रहरु, यहाँहरुको पेशागत मर्यादा संस्थागत छवि सुधार गर्नका लागि यहाँहरुले विगतका गल्ती नदोहोराउनु होला। वैदेशिक रोजगारलाई मर्यादित पेशा वैदेशिक रोजगार विभागलाई सम्मानित गौरवमय संस्थाको रुपमा स्थापित गर्न हातेमालौ गरौं।"

वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत समेत रहेर  काम गरेका भुषालले यसअघि पुनःनिर्माण प्राधिकरणमा पनि काम गरेका थिए । उनी मन्त्री गोकर्ण विष्टले रोजेर ल्याएका सहसचिव मध्येमा पर्दछन् ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...