विदेशबाट आउँदा ल्याउने सुनको भन्सार शुल्क बढ्यो

काठमाडौं, जेठ २१-

सरकारले विदेशबाट आउँदा ल्याइने सुनको भन्सार महशुल बढाएको छ । भन्सार दरसँगै विदेशबाट ल्याउन पाउने सुनको परिमाण पनि बढेको छ ।

सरकारले जारी गरेको आर्थिक अध्यादेश मार्फत सुनको भन्सार दरमा बृद्धि भएको हो । जसअनुसार अवदेखि  विदेशबाट ल्याइएको सुन मध्ये पहिलो ५० ग्रामसम्म प्रति १० ग्राम ६ हजार २ सय भन्सार महशुल लाग्नेछ । यसअघि सो शुल्क प्रति १० ग्राम ५ हजार २ सय थियो । यसैगरी ५० ग्राम भन्दा बढी थप ५० ग्रामसम्म प्रति १० ग्राम ७ हजार २ सय भन्सार महशुल तिर्नुपर्ने भएको छ । गत बर्ष सो शुल्क ६ हजार २ सय थियो । यसरी विदेशबाट आउनेले १ सय ग्रामसम्म काँचो सुन ल्याउँदा अव भन्सार महशुल वापत ६७ हजार भन्सार महशुल तिर्नुपर्ने छ ।

यसैगरी विदेशबाट आउँदा ल्याउन पाउने सुनको गहनाको भन्सार महशुल पनि बढेको छ । तर सँगसँगै विदेशबाट आउँदा ल्याउन पाउने सुनको गहनाको परिमाणमा पनि बृद्धि भएको छ ।

नयाँ व्यवस्था अनुसार विदेशबाट आउँनेले ल्याउने ५० ग्रामसम्मका सुनका गहनामा कुनै भन्सार शुल्क लाग्ने छैन । यो व्यवस्था गत बर्षपनि थियो । तर त्यसभन्दा बढी मात्रामा सुनको गहना ल्याएमा यसअघि जफत हुने गरेकोमा आर्थिक विधेयक मार्फत सरकारले थप १ सय ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था गरेको छ । जसमध्ये ५० ग्राम भन्दा बढी १ सय ग्रामसम्मको सुनको गहनामा प्रति १० ग्राम ७ हजार २ सय भन्सार तिर्नु पर्नेछ । यसैगरी थप १ सय ग्रामसम्म सुनका गहना प्रति १० ग्राम ९ हजार भन्सार तिरेर ल्याउन पाइने छ । यसरी कुनै व्यक्तिले विदेशबाट आउँदा २ सय ग्राम सुनको गहना ल्याएको भएमा पहिलो ५० ग्रामको कुनै भन्सार महशुल तिर्नुपर्ने छैन । बाँकी १ सय ५० ग्राम सुनको गहनाको जम्मा भन्सार महशुल ८१ हजार तिर्नुपर्नेछ ।

यो पनि पढ्नुहोस् श्रीमानले नै विदेश पठाए, फर्केपछि समस्या


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'

'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'

काठमाडौं, कात्तिक १७-  बन क्षेत्रमा कार्यरत श्रमिकको अधिकार रक्षाका लागि नीतिगत तहमा थप पहल आवश्यक रहेको यस क्षेत्रमा कार्यरतहरुले निश्कर्ष निकालेका छन् । उनीहरुले यसका लागि सकेसम्म राजनीतिक रुपमा लविङ गर्ने र आवश्यक ठाउँमा हस्तक्षेप समेत...

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...