बेचविखनमा पर्ने मध्ये ठूलो संख्या घरेलु महिला कामदार

काठमाडौं, साउन १७-

बैदेशिक रोजगारका नाममा हुने मानव बेचविखनमा परेका अधिकाँश व्यक्ति घरेलु कामदार हुने गरेको एक अध्ययनले देखाएको छ । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले गरेको सो अध्ययन अनुसार मानव बेचविखनमा परेकाहरु मध्ये ४५ दशमलव ७ प्रतिशत घरेलु कामदार रहेको देखिएको हो ।  

सञ्जालका तर्फबाट गरिएको अध्ययन सार्वजनिक कार्यक्रममा दिइएको जानकारी बेचविखनमा परेका मध्ये ४५ दशमलव ७ प्रतिशत घरेलु महिला कामदार छन् भनें १७ दशमलव ४ प्रतिशत फ्याक्ट्री वर्कर तथा सोही प्रतिशतमा निर्माण क्षेत्रमा काम गर्न गएका श्रमिक देखिएको छ । ५१ वटा घटना अध्ययन मध्ये ४६ जना व्यक्ति मानव बेचविखनको शिकार भएको देखिएको हो ।

यसरी बेचविखनमा परेका मध्ये ठूलो संख्या घरेलु महिला कामदारको देखिनुमा सरकारले लगाएको बन्देज नै कारण हुन सक्ने आप्रवासी महिलाहरुको संस्था आमकास नेपालकी अध्यक्ष विजया राई श्रेष्ठले बताइन् । उनले घरेलु काममा जान सरकारले लगाएको बन्देजका कारण जोखिम अझ बढेको भन्दै यसमा पुनर्विचार गरिनुपर्ने धारणा राखिन् ।

अध्ययनले मानव वेचविखनलाई नियन्त्रण गर्न अन्तराष्ट्रिय कानून तथा अभिसन्धिहरु अनुमोदन गर्न र नेपालको कानुनलाई पनि समय सापेक्ष बनाउँदै कारवाहीलाई प्रभावकारी बनाउनु पर्ने सुझाव दिएको छ । 

सो अवसरमा बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्म कुमार भुषालले अध्ययनले सरकारले गर्नुपर्ने कामका विषयमा प्रष्ट सुझाव दिनुपर्ने धारणा राखे । उनले विगतमा विभागका तर्फबाट के कस्तो काम भयो भन्न नसक्ने भन्दै आफ्नो कार्यकाल सुरु भएपछि भनें पीडितलाई न्याय दिने हिसावले काम गर्न केन्द्रीत रहेको बताए ।

अध्ययनको अन्तिम रुप तयार पार्दा गर्नुपर्ने सुधारका विषयमा अनुसन्धानकर्मीहरु, अधिकारकर्मीहरु तथा सञ्चारकर्मीहरुले सुझाव दिएका थिए ।

www.recruitmentadvisor.org/ne 


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...