ईदको छुट्टीमा नगर्नु यी काम

काठमाडौं, साउन २३-

साउदी अरेवियास्थीत नेपाली दूतावासले ईदको समयमा नेपालीले मद्यपान गरी झगडा गर्ने गरेको भन्दै यस्तो काममा सतर्क हुन आग्रह गरेको  दूतावासले विज्ञप्ती प्रकाशित गर्दै ईदमा लामो छुट्टी हुने भएकाले कामबाट फुर्सद पाउँदा खेलकुद, आपसी भेटघाट, खानपिन, यात्रा भ्रमण गर्दै आएकोमा यसले तनावबाट मुक्ति दिने स्वस्थ राख्न सहयोग गर्न सघाउने जनाएको तर यस्तो कार्यक्रममा नेपाली श्रमिकहरुले मद्यपान गरी झगडा गर्दा ज्यानमाफी नै खतरा भएका घटनाहरु हुने गरेको हुँदा यसमा सतर्क रहन आग्रह गरेको हो

दूतावासले सो समयमा एकठाउँमा भेला भई घरेलु मदिरा सेवन गर्ने, अत्यधिक धुम्रपान तथा लागुपदार्थ वर्जित खाद्यपदार्थ खाने गरेको अभियोगमा विगतमा ठूलो संख्यामा कामदार कारवाहीमा परेको भन्दै यसमा सचेत गराएको यसरी कानूनी झण्झटमा फसेकाहरुको मुद्दा किनारा लगाउन दूतावासको ठूलो धनराशी खर्च हुने तथा लामो समय लाग्ने तर्फ  पनि दूतावासले सचेत गराएको

धेरै खानेकुरा खाँदा खाद्यपदार्थ तथा खाद्य शैली नमिलाउँदा फुड प्वईजन भएर ज्यानै जानेसम्मका घटना हुने गरेको माछामासु दुधदही जस्ता  प्रोटिन मोटोपन ल्याउने  खानेकुरा एकैपटक नखान पनि दूतावासले आग्रह गरेको

विज्ञप्तीमा साउदी अरवमा राम्रो काम गर्ने भनेर नाम कमाएका नेपाली मादक पदार्थ उत्पादन, वितरण, ओसारपसार सेवन गर्ने भनेर समेत रोजगारदाताहरुले गुुनासो गर्ने गरेको भन्दै दूतावासले सो संख्या ईदको समयमा अझ धेरै हुने गरेको हुँदा यस्तो कार्यमा संलग्न नहुन अपिल गरेको

अकामा नभएका व्यक्तिलाई सँगै गाडीमा नराख्न, मादक पदार्थ सेवन गरेर गाडी नचलाउन पनि आग्रह गरिएको यसैगरी साथिभाईवीच झैझगडा नगर्न, खुल्ला ठाउँमा भेला हुँदा साउदी अरवका कानूनले वर्जित गरेका काम नगर्न, सुरक्षा सम्वन्धी विषयमा जानकार रहन पनि आग्रह गरिएको  

मद्यपान गरेको  समयमा कसैले अकामा वा बैंक कार्ड माग्नसक्ने तर्फ सचेत बनाउँदै दूतावासले ति कागजात नदिन आग्रह गरेको यसैगरी समाजसेवीको नाममा अरु नै काम गर्ने व्यक्तिहरुबाट पनि सचेत रहन आग्रहह गरिएको आफूले कमाएको रकम वचत गर्न आग्रह गर्दै दूतावासले कसैको लहैलहैमा लागेर काम छोड्ने, कम्पनी छोड्ने वा लोभमा परेर चोरी गर्ने वा अवैध धन्ने काम नगर्न पनि दूतावासले अपिल गरेको     

योे पनि पढ्नुहोस् अवैधानिक रुपमा बसिरहेकाहरुलाई दूतावासले दिंदैछ सेवा


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...