परदेशमा श्रीमानको मृत्युको खवर सुनेपछि श्रीमतिले पनि गरिन् आत्महत्या 

 

कतार, साउन २८-

कतारमा समुन्द्रको किनारामा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको मृत्यु भएको छ । श्रीमानको मृत्यु भएको खवर सुनेपछि उनकी श्रीमतिले आत्महत्या गरेकी छन् ।

गत साउन २६ गते बकर इदको बिदा मनाउन अलखोरको समुन्द्री किनारामा पौडी खेल्ने क्रमा छालले तानेर गहिराई तिर लैजादा साँगुरिगढी गाउपालिका ३, धनकुटाका ३३ वर्षिया ललित लिम्बुको आइतबार अपरान्ह मृत्यु भएको थियो ।

श्रीमानको मृत्युको खवर सुनेपछि उनकी श्रीमति टीका लिम्वूले घरमा झुण्डिएर आत्महत्या गरेको ललितका साथि दिल किरण खुजुमले बताएका छन् । यसले परिवारमा दोहोरो शोक परेको छ । आत्महत्या गरेकी टीका गर्भवती रहेको बताइएको छ । 

ललित गत साउन २६ गते १३ जना सहकर्मीका साथ छुट्टी मनाउन पौडि खेल्न गएका थिए । लिम्वूसँगै पौडी खेल्न गएका अन्य दुईजनालाई पनि समुन्द्री छालले तानेपनि उनीहरु भने पौडिएर बाहिर आउन सफल भएका थिए ।

श्रीमतिलाई एक डेढ महिना अगाडी कतार घुमाएर नेपाल पठाएका ललितले आफू पनि अव नेपाल फर्किने तयारीमा रहेको बताउने गरेको धनकुटा प्रवासी सेवा समाजक कतारका महासचिव रविन राना मगरले बताए ।  

१३ बर्ष देखि कतारमा कार्यारत लिम्वूको शव अल्खोर अस्पतालमा राखिएको छ । आवश्यक प्रक्रिया पूरा गरि शव छिट्टै नेपाल पठाइने धनकुटा सेवा समाजका महासचिव मगरले जानकारी दिएका छन् ।

कतारमा विभिन्न सामाजिक संघ संस्थामा आवद्ध लिम्वूको मृत्युको खवर सुनेपछि कतारमा रहेको नेपाली समुदायले अपुरणिय क्षती पुगेको भन्दै शोक ब्यक्त गरेका छ्न ।

यो पनि पढ्नुहोस् युरोप पठाउने भन्दै अवैध रुपमा अन्तर्वार्ता लिने कन्सल्टेन्सीमा विभागको छापा


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...