कुन मेनपावर कम्पनी ठिक, कुन बेठिक आफैं हेर्नुहोस्

काठमाडौं, साउन २९-

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थीत र पारदर्शी बनाउने उद्देश्यले सञ्चालित डिजिटल प्लेटफर्म माइग्रेण्ट रिक्रुटमेण्ट एडभाइजर(एमआरए) का विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । जिफन्टद्धारा आयोजित कार्यक्रममा ट्रेड यूनियन, सुरक्षित आप्रवासनको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरु, अनुसन्धानकर्ताहरु, पत्रकारहरु सहभागि थिए ।  

माइग्रेण्ट रिक्रुटमेण्ट एडभाइजर(एमआरए) अन्तर्गत सन् २०१६ देखि www.recruitmentadvisor.org वेभसाईट सञ्चालनमा छ । विभिन्न भाषामा रहेको यो वेभसाईटमा नेपाली पेजका लागि भनें www.recruitmentadvisor.org/ne रहेको छ । यो वेभसाईट जिफन्ट, आइटीयूसी तथा आइएलओको साझेदारीमा सञ्चालन गरिएको हो । यसमा वैदेशिक रोजगारमा गएका वा जाने प्रकृया पूरा गरिसके श्रमिकले सो मेनपावर कम्पनीले दिएको सेवाका आधारमा त्यसको मूल्याङ्कन गर्ने गर्दछन् । श्रमिककै मूल्याङ्कनका आधारमा मेनपावर कम्पनीहरुको स्तर निर्धारण हुने गरेको छ ।

कार्यक्रममा बोल्दै संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र(जेटीयूसीसी) का अध्यक्ष तथा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारीमा जाने योजना बनाइरहेकाहरु तथा वैदेशिक रोजगारको क्रममा रहेकाहरुलाई मद्दत गर्ने उद्धेश्यले रिक्रुटमेण्ट एडभाइजर मार्फत काम गरिएको बताए । उनले छिट्टै पुग्ने भए एक्लै दौडिनु र सफलता प्राप्त गर्ने भएमा संगसँगै हिड्नु आवश्यक रहेको भन्दै ट्रेड यूनियनहरुले सहकार्यमा विश्वास राख्ने बताए । उनले वैदेशिक रोजगार नेपालका लागि दिर्घकालिन नभई अल्पकालिन रोजगारीको उपाय मात्र भएको भन्दै यसलाई व्यवस्थीत, मर्यादित र सुरक्षित बनाउन ट्रेड यूनियनहरु, सरकार तथा गैरसरकारी संघसंस्थावीचमा मजबूत सहकार्यको खाँचो औंल्याए ।

अध्यक्ष श्रेष्ठले जिफन्टले सन् १९९३ देखि दक्षिण कोरियाबाट सुरु गरेको गन्तव्य मुलुकमा नेपाली श्रमिकलाई संगठित गर्ने काम हाल विस्तार भएर खाडीका अधिकाँश मुलुकहरु, मलेशिया लगायतमा पुगेको बताए । श्रमिकलाई संगठित गरेर आन्दोलन गर्ने नभई सोही मुलुकमा कृयाशिल ट्रेड यूनियनको सदस्य बनाउँदै वैदेशिक रोजगारमा जाने नेपालीलाई सुरक्षित बनाउनु जिफन्टको उद्देश्य रहेको उनको भनाई थियो ।

अध्यक्ष श्रेष्ठले वैदेशिक रोजगारमा जानेहरु तथा रोजगारीका क्रममा विदेशमा रहेकाहरुलाई सुरक्षित र उपलव्धीमूलक वैदेशिक रोजगार बनाउने तथा रोजगारीबाट फर्केकाहरुले लिएर आउने सीप र कमाएको पुँजी उचित ठाउँमा लगानीको वातावरण निर्माण गर्न आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा सार्टुकका महासचिव लक्ष्मण बहादुर बस्नेतले रोजगारीका लागि कामदार पठाउने मुलुकहरु एक नभएसम्म खाडीका मुलुकहरुलाई श्रमिकमैत्री कानून, नियम बनाउन बाध्य बनाउन नसकिने धारणा राखे । उनले वैदेशिक रोजगारलाई मर्यादित बनाउन सरकारले अझ धेरै काम गर्न जरुरी रहेको बताए । उनुभयो ।

महासचिव बस्नेतले नेपालमा ९ वटा ट्रेड यूनियनहरु श्रमको मुद्दामा एक रहेको भन्दै यसमा गैरसरकारी संघसंस्थाहरु पनि एकतावद्ध हुन आवश्यक रहेको धारणा राखे । उनले एकापसमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने तर कामदारको मुद्धामा सवैको सामुहिक आवाज एक हुनुपर्ने विचार प्रकट गरे ।

कार्यक्रममा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल(एनएनएसएम) का अध्यक्ष कुल प्रसाद कार्कीले वैदेशिक रोजगारलाई मर्यादित र उपलव्धीमूलक बनाउन आफूहरुले पनि एकिकृत ढंगमा नै काम गरिरहेको प्रष्ट्याए । उनले यसका लागि गैरसरकारी संस्थाहरु वीच मात्र नभई संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र तथा सञ्जालवीच पनि सहकार्य सुरु गरिएको स्मरण गरे । सरकार, ट्रेड यूनियनहरु, गैरसरकारी संस्थाहरु, रोजगारदाताहरु मिलेर नै ग्लोवल कम्प्याक्ट फर माइग्रेसन(जिसिएम) को लक्ष्य हासिल गर्न सकिने उनको भनाई थियो । उनले सञ्जाल सदैव जेटीयूसीसीसँग हातमा हात तथा काँधमा काँध मिलाएर अगाडी बढ्न तयार रहेको प्रतिवद्दता पनि जनाए ।

जिफन्टका महासचिव जनक चौधरीले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन तथा श्रमिकका लागि उपलव्धीमूलक बनाउन महासंघले झण्डै तीन दशकदेखि काम गरिरहेको बताए । उनले यस क्षेत्रमा कृयाशिल सवैको सहकार्यमा श्रमिकको जीवनलाई उन्नत बनाउन र रोजगारीलाई मर्यादित बनाउन सकिने धारणा राखे ।

कार्यक्रममा एमआरए परियोजनाका नेपाल संयोजक सुनिल न्यौपानेले एमआरएको डिजिटल प्लेटफर्म, हालसम्म गरिएका कामहरु तथा आइपरेका समस्याहरुका बारेमा प्रस्तुती राखे । कार्यक्रमका सहभागिहरुले यसमा गर्नुपर्ने सुधार तथा अपनाउनु पर्ने सचेतनाका विषयमा सुझाव दिएका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...