अवैधानिक आजाद भिसामा कामदार कतार पठाउँदै मेनपावर कम्पनी

काठमाडौं, कात्तिक ५-

कतारमा सुपरमार्केटको रोजगारीमा पठाउने भनेर पासपोर्ट र रकम लिएपछि राजधानीको एक मेनपावर कम्पनीले दुई युवालाई जवर्जस्ती आजाद भिसामा पठाउन खोजेको खुलेको छ । पीडितहरुले आफूहरु फरक काम र कम्पनीमा नजाने अडानमा रहेपछि यसको रहस्य खुलेको हो ।

धनुषाका जियाउल मुस्तफा तथा सलमा रायनले कतारको एक सुपरमार्केटमा काम गर्ने भिसा दिलाउने शर्तमा गत बैशाखमा राजधानीको व्लू ग्यालेक्सी ईन्टरनेशनलमा पासपोर्ट र जनही २० हजार रुपैंयाँ बुझाएका थिए । स्थानीय एजेण्ट बुधेश्वर मण्डल हुँदै काठमाडौं स्थीत सो मेनपावर कम्पनीको कार्यालयमा नै आएर आफूहरुले पासपोर्ट र रकम कम्पनीका निर्देशक कमल दहाललाई बुझाएको मुस्तफाले बताए ।

लामो समय पर्खिएपछि आफूहरुलाई कतार जाने भिसा आएको जानकारी दिइएको तर भिसामा हेर्दा लेवरको काममा स्यालुट ट्रेडिङ एण्ड कन्ट्राक्टीङ कम्पनीको भिसा देखाएपछि ति दुवैले आफूहरु सो भिसामा जान अस्वीकार गरेका थिए । तर भिसा लागिसकेको भन्दै पासपोर्ट र पैसा फिर्ता दिन नमानेको सलमा रायन बताउँछन् ।

यस विषयमा दुवैले आफूहरुको पासपोर्ट र रकम फिर्ता गराइदिन धनुषास्थीत सुचना केन्द्रमा निवेदन परेको र यस विषयमा कुराकानी गर्दा कम्पनीका निर्देशक दहालले आफूहरुले आजाद भिसामा पठाउन खोजेको र त्यो झन राम्रो हुने बताएको सुचना केन्द्रका कर्मचारी प्रभात कुमार मिश्रले बताए ।

देशपरदेशसँगको कुराकानीम व्लू ग्यालेक्सीका निर्देशक दहालले उनीहरुको पासपोर्ट फिर्ता गर्न एजेण्टलाई भनिसकेको र त्यो फिर्ता हुने बताए । उनले आजाद भिसामा पठाउने गरी नै कुराकानी भएको भने । तर आजाद भिसामा कामदार पठाउन कानुन अनुसार मिल्छ भन्ने प्रश्नमा भनें उनले कुनै जवाफ दिएनन् ।

रायन र मुस्तफालाई मेनपावरसम्म लैजाने काम गरेका बुधेश्वरले पनि सुरुमै उनीहरुलाई मेनपावर कम्पनीमा आजाद भिसामा मागपत्र आउने  र कतार पुगेपछि काम खोजेर लगाउने जिम्मेवारी आफ्नो भएको प्रतिवद्धता मेनपावर कम्पनीका तर्फबाट गरिएको र मुस्तफा, रायन र अर्का दुई व्यक्तिले स्वीकारेर नै रकम र पासपोर्ट बुझाएको बताए । 

यो पनि पढ्नुहोस् कथित आजादभिसामा आउनेहरु थप समस्यामा


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'

'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'

काठमाडौं, कात्तिक १७-  बन क्षेत्रमा कार्यरत श्रमिकको अधिकार रक्षाका लागि नीतिगत तहमा थप पहल आवश्यक रहेको यस क्षेत्रमा कार्यरतहरुले निश्कर्ष निकालेका छन् । उनीहरुले यसका लागि सकेसम्म राजनीतिक रुपमा लविङ गर्ने र आवश्यक ठाउँमा हस्तक्षेप समेत...

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...