मलेसियामा आप्रवासी कामदारलाई विभेद गरिएको भन्दै यी अधिकार उपलव्ध गराउन माग

 

क्वालालम्पुर, कात्तिक १५-

मलेसियामा आप्रवासी कामदार तथा शरणार्थीले न्यूनतम मानव अधिकार पनि उपभोग गर्न नपाएको एक अध्ययनले देखाएको छ । सो अध्ययनले आप्रवासी कामदारहरुले अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण रुपमा भेला हुन पाउने तथा संगठित हुन पाउने अधिकार उपभोग गर्न नपाएको देखाएको हो ।

नागरिक समाजको विश्व संगठन(सिभिकस) तथा सोलिडारिटी सेण्टरले सार्वजनिक गरेको सो अध्ययन रिपोर्टमा मलेसियामा धेरै आप्रवासी कामदार तथा शरणार्थीहरुले नागरिक अधिकार उपभोग गर्न नपाएको देखाएको हो । रिपोर्टमा आप्रवासी कामदारहरुले पनि सामाजिक काममा सहभागि हुन चाहेको तर उनीहरु त्यसबाट वञ्चित रहेको उल्लेख छ । "संगठित हुन पाउने अधिकारको उपभोग, शान्तिपूर्ण रुपमा भेला हुन पाउने र अभिव्यक्ति स्वतन्त्रता आप्रवासी कामदारले पनि पाउनु पर्ने न्यूनतम मानवअधिकार हो" सिभिकसका अनुसन्धानकर्ता जोसेफ बेनेडिक्टले भनेका छन् "आफू बस्ने र काम गर्ने थलोका बारेमा छलफल गर्ने तथा यसका बारेमा सम्वन्धित निकाय वा व्यक्तिलाई जानकारी दिने अधिकार उनीहरुमा निहित छ जुन उपभोग गर्नबाट आप्रवासी कामदार र शरणार्थीहरु वञ्चित छन् ।"

अध्ययनले धेरै आप्रवासी कामदार तथा शरणार्थीहरुले आफूले प्राप्त गर्नुपर्ने सुविधा नपाउँदा त्यसको आलोचना गर्न वा मद्धतका लागि सम्वन्धीत अधिकारीलाई जानकारी गराउन असमर्थ रहेको देखाएको छ । यदि कसैले गुनासो गरेमा पनि उनीहरुले आफ्नो गुनासोको वेवास्ता गरिएको अनुभव गर्ने गरेको तथा साँच्चै सरकारले उनीहरुको गुनासोको सम्वोधन गर्दछ भन्ने विश्वास पनि आप्रवासी कामदारमा नभएको देखिएको छ ।

अनुसन्धानका क्रममा गरिएको कुराकानीमा आप्रवासी कामदारहरुले आफूहरुलाई भाषागत समस्या परेको, सुचनाको अभाव भएको, कामबाट निकालिने त्रास रहेको, थुनामा पर्ने वा स्वदेश फर्काइने डर हुने गरेको बताएका थिए । यदि कुनै अन्यायको विरुद्धमा प्रदर्शन गरेमा वा त्यसमा सहभागि भएमा आफू कामबाट निकालिने, थुनामा पर्ने वा स्वदेश फिर्ता गरिने त्रास उनीहरुले व्यक्त गरेको रिपोर्टमा जनाइएको छ ।

मलेसियामा सिमित आप्रवासी कामदारले आपसी सहयोगका लागि केहि समुह बनाए पनि अधिकाँश आप्रवासी कामदार संगठित नभएको वा उनीहरुले त्यस्ता समुहमा संगठित हुनुलाई कानुनले बन्देज लगाएको ठान्ने गरेको रिपोर्टमा उल्लेख छ । रोजगारदाताले दिने दवावका कारण नै आप्रवासी कामदारहरु संगठित हुन डराउने गरेको अध्ययनको निश्कर्ष छ । रिपोर्टले संगठित हुन पाउने अधिकारलाई आधारभूत मानवअधिकार भन्दै मलेसियाको सम्वन्धीत निकायले यसको सम्मान गर्नुपर्ने उल्लेख गरेको छ । यसैगरी ट्रेड यूनियनहरु तथा कुटनीतिक नियोगहरुले पनि कामदारलाई यसमा सहयोग गर्नुपर्ने र उनीहरुलाई संगठित हुन सघाउनु पर्ने बताइएको छ ।

यो पनि पढ्नुहोस् नेपाली सुरक्षा गार्डको अभावका कारण मलेसियामा विकल्पमा बहस सुरु  


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'

'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'

काठमाडौं, कात्तिक १७-  बन क्षेत्रमा कार्यरत श्रमिकको अधिकार रक्षाका लागि नीतिगत तहमा थप पहल आवश्यक रहेको यस क्षेत्रमा कार्यरतहरुले निश्कर्ष निकालेका छन् । उनीहरुले यसका लागि सकेसम्म राजनीतिक रुपमा लविङ गर्ने र आवश्यक ठाउँमा हस्तक्षेप समेत...

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...