'वैदेशिक रोजगारका नाममा नेपालीलाई नेपालीले नै ठग्ने प्रवृत्ति नियन्त्रण आवश्यक'

काठमाडौं, कात्तिक १७-

नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले बैदेशिक रोजगारका नाममा नेपालीले नै नेपालीलाई ठग्ने काम रोकिनु पर्ने बताएका छन् । उनले यो जिफन्टको चासोको विषय रहेको भन्दै गन्तव्य मुलुकमा पुगेपछि त्यहाँ नेपाली श्रमिकको अधिकार रक्षा अर्को महत्वपूर्ण चासोको विषय भएको बताए ।

जिफन्ट अध्यक्ष श्रेष्ठले यसैगरी वैदेशिक रोजगारबाट फर्केकाहरुले ल्याउने सीप र पुँजीलाई कसरी मुलुकमा सदुपयोग गर्न सकिन्छ र स्वदेशमा गरिने कामलाई कसरी मर्यादित बनाउन सकिन्छ भनेर यूनियनले प्राथमिकताका साथ काम  गर्ने धारणा राखे ।

बैदेशिक रोजगारमा जाने नेपालीलाई सूसुचित गर्ने उद्धेश्यले आइएलओ, अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ(आइटीयूसी) सँगको सहकार्यमा जिफन्टले सञ्चालन गरिरहेको www.recruitmentadvisor.org/ne वेभसाइटका बारेमा जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा जिफन्ट अध्यक्ष श्रेष्ठले सो वेभसाइटले ठगि गर्ने मेनपावर कम्पनीहरुलाई निरुत्साहित गर्ने लक्ष्य राखेको जानकारी गराए । उनले वैदेशिक रोजगारसँग सम्वन्धीत समस्या शुन्य बनाउन मुस्किल रहेपनि त्यसलाई कम गर्न सकिन्छ भन्दै त्यसका लागि जिफन्टले विभिन्न देशका ट्रेड यूनियनहरुसँग सहकार्य गरिरहेको जानकारी दिए । उनले हङकङ, दक्षिण कोरिया, मलेसिया, जोर्डन लगायतका मुलुकका स्थानीय ट्रेड यूनियनहरुसँगको सहकार्यमा नेपाली श्रमिकको अधिकार रक्षाका लागि गरिएका पहलका बारेमा सो अवसरमा जानकारी दिए ।  

कतिपय नेपालीले सुचनाको अभावमा दुःख पाइरहेको भन्दै वैदेशिक रोजगारका बारेमा जानकारी दिने वेभसाइट उपयुक्त थलो रहेको अध्यक्ष श्रेष्ठले धारणा राखे । उनले विभिन्न क्षेत्रसँगको सहकार्यमा जिफन्टले बढीभन्दा बढी नेपालीलाई सो वेभसाइटका बारेमा जानकारी दिने लक्ष्य राखेको भन्दै सहयोगका लागि आग्रह पनि गरे ।  

जिफन्ट अध्यक्ष श्रेष्ठले ४० बर्षभित्रै मुलुकभित्रै रमाउने दिन ल्याउनु पर्दछ भन्दै वैदेशिक रोजगारले मुलुकमा निम्त्याएको सामाजिक, साँस्कृतिक विचलनका बारेमा पनि उत्तिकै छलफल हुनु आवश्यक रहेको धारणा राखे ।

 

सो अवसरमा बोल्दै वैदेशिक रोजगारबाट फर्केकाहरुको संस्था रिटर्नी माईग्रेण्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले सो वेभसाइटमा कम रेटिङमा पर्ने मेनपावर कम्पनीहरुलाई राज्य प्रणालीबाट कुनै रुपमा निरुत्साहित गर्ने नीति बनाउन जिफन्टले घच्घच्याउनु पर्ने बताए । उनले मेनपावर कम्पनी तथा विदेशस्थीत कम्पनीहरुको अन्यायमा परेका नेपालीहरुलाई पनि सहयोग गर्नेतर्फ ध्यान दिन आग्रह गरे ।

अध्यक्ष अधिकारीले आफ्नो संस्थाले वैदेशिक रोजगारबाट फर्केकाहरुलाई सहुलियत व्याजदरमा ऋण दिलाउन खेलेको भूमिकाको पनि चर्चा गरे । उनले वैदेशिक रोजगारबाट फर्केकाहरुलाई संगठित गर्दै उनीहरुलाई नेपालमा नै कुनै उद्यम गर्न प्रेरित गर्नु आफ्नो संस्थाको उद्धेश्य रहेको पनि जानकारी गराए ।

सो अवसरमा बोल्दै जिफन्टका महासचिव जनक चौधरीले आफूले वैदेशिक रोजगारका क्रममा भोगेको भोगाई सवैले सवै ठाउँमा भन्न सम्भव पनि नहुने भन्दै बैदेशिक रोजगारमा जाने तयारीमा रहेकाहरुलाई जानकारी दिन पनि आफ्नो अनुभवका आधारमा मेनपावर कम्पनीको समिक्षा गर्न र यसका बारेमा अरुलाई पनि जानकारी गराउन आग्रह गरे । उनले कतिपय देशको शासन प्रणालीका कारण सवै मुलुकमा जिफन्टको उपस्थीति उस्तै नहुने भन्दै तर सम्भव भएसम्म बढी मुलुकमा त्यहाँ कार्यरत नेपाली श्रमिकलाई संगठित गर्दै सेवा दिने प्रयास भइरहेको जानकारी गराए ।

कार्यक्रममा कतार, युएई, बहराइन, कुवेत, साउदी अरेविया, मलेसिया, अफगानिस्तान लगायतका मुलुकमा रोजगारी फर्केकाहरु तथा हाल पनि त्यहाँ कार्यरत ५० जनाभन्दा बढी श्रमिकको सहभागिता रहेको थियो । जिफन्टले सन् २०१६ देखि सो वेभसाइटमा नेपालबाट सहकार्य गर्दै आएको छ । सो वेभसाइटमा नेपाल लगायत ईण्डोनेशिया तथा फिलिपिन्सका मेनपावर कम्पनीहरुको सूचि राखिएको छ जसको स्वयं ति संस्थाबाट सेवा लिएका श्रमिकले नै समिक्षा गर्ने गर्दछन् जसका आधारमा ति मेनपावर कम्पनीहरुको स्तर निर्धारण( स्टार रेटिङ) हुने गर्दछ ।      

यो पनि पढ्नुहोस् 'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'

'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'

काठमाडौं, कात्तिक १७-  बन क्षेत्रमा कार्यरत श्रमिकको अधिकार रक्षाका लागि नीतिगत तहमा थप पहल आवश्यक रहेको यस क्षेत्रमा कार्यरतहरुले निश्कर्ष निकालेका छन् । उनीहरुले यसका लागि सकेसम्म राजनीतिक रुपमा लविङ गर्ने र आवश्यक ठाउँमा हस्तक्षेप समेत...

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...