नेपालीसँग विवाह गरेर आएकी एक फिलिपिनो रुँदै फर्किइन्

 

नारायण ढुँगाना, चितवन(रासस), साउन ३० 

अंग्रेजीमा नेपाली मिसिएको आवाज मञ्चमा गुञ्जन थालेपछि एकाएक सन्नाटा छायो । उनी आफ्ना दुःख र वेदना पोख्दै मन हल्का पार्दै थिइन् । कल्कलाउँदो शरीर र हँसिली उनका आँखाबाट बररर आँसु खस्न थाले । मञ्चका अतिथि र उपस्थित दर्शकको मन थामिएन । सबै भक्कानिए । आँखाबाट बगेका आँसु पुछ्न थाले ।

जुनीजुनीलाई माया गाँस्ने कसम खाएर चितवन रत्ननगरका जीवन थापासँग बिहे गरेकी थिइन् फिलिपिनो नागरिक जोयालिन ग्रेस टेलेरमो माइजारेसले । उनको छोटकरी नाम जोया हो । चार वर्षको अन्तरालमै फाटो आउँछ भन्ने उनको मनले कति पनि चिताएको थिएन । भैदियो उल्टो !

जोयाले श्रीमान्को यातनाबीच कष्ट गरी दुई छोरा जन्माइन् । श्रीमान्‌बाट हेला भएपछि गाउँमा पछ्यौरामा चामल सापटी थापेर अनि दाउरा मागेर फाटेको कटेरोमा कष्टले रात गुजार्थिन् । अति हुन थालेपछि सहन सकिनन् । 'पहिले धेरै माया गर्छु भन्यो, पछि जाँड, रक्सी, लागुपदार्थमा फस्यो, धेरै कष्ट सहेँ' शुक्रबारको बिदाइका क्रममा मन कुँड्याउँदै जोयाले भनिन् ।

पाँच महिनाअघि नाबालक दुई छोरा काखी च्यापेर उनी भौँतारिँदै बालकुमारी कलेज अगाडिको सडकमा आइपुगिन् । नारायणगढको एक कन्सल्टेन्सीमा श्रीमान्‌ले काम गरेको छ भन्ने थाहा पाएर पैसा दिन्छ कि भन्ने आशमा आएकी थिइन् उनी । गाउँलेले उनको पीडा थाहा पाएर आदर्श गृहमा खबर गरेका थिए । त्यसपछि उनमा आशा पलायो ।

साढे ३ वर्षअघि चितवनका जीवनलाई उनले दुबईमा कामको सिलसिलामा भेटेकी थिइन् । सात छोराछोरीका एक्ला कमाई गर्ने अभिभावक जोयाका बुबा रेन्याई थिए । मेकानिकल टेक्निसियन बुबाको कमाईले परिवार धान्न मुस्किल भएपछि जोया पैसा कमाएर परिवारको गर्जो टार्ने धोको बोकेर दुबई पुगिन् । केएफसी अमेरिकन भन्ने रेस्टुराँमा काम पाइन् । काम गर्दा नेपाली केटा जीवनसँग भेट भयो । अनि माया गाँसियो । त्यसको केही महिनामै गल्ती गरेकाले जीवनलाई प्रशासनले समात्यो । 'आफ्नै दुई-तीन महिना जम्मा गरेको पैसाले उनलाई निकालेर नेपाल आउने सबै खर्च हालेकी हुँ' जोयाले भनिन् ।

तीन वर्षअघि नेपालमा एकमहिने पर्यटक भिसामा सँगसँगै आइन् । एकमहिने भिसा सकिएपछि जीवनले च्यातेर फ्याँकिदिए । बाँकी रहेको पहिलो र अन्तिम पाना राखिन् उनले । कुनै कानुनी प्रक्रिया बिना नै श्रीमान् श्रीमती भएर बसे । बीचमा रत्ननगरको बकुलहर, पर्सौनी, सौराहाचोकलगायत क्षेत्रमा रेस्टुराँ नै खोलेर बसे । श्रीमान्‌का कारण सम्बन्धमा दरार आएपछि उनलाई फर्कन कानुनी व्यवधान खडा भयो ।

भिसा नभएपछि फर्कंदा प्रहरीले समात्ने डर । श्रीमान्को धाकधम्की, कुटपिट, यातनासमेत सहिन् । श्रीमान् जीवन बिस्तारै कुलतमा लागेका केही युवाको सङ्गतमा वीरगन्ज पुगे । दुव्र्यसनमा फसेपछि उनको जीवन थप पीडामा बित्न थाल्यो । भौँतारिँदै हिँड्दा आदर्श गृह चितवनको सम्पर्कमा आइन् । गृहकै पहलमा स्थानीय प्रशासनको समन्वयमा उनलाई घर फर्काउन सफल भएको हो । छोरा अस्पतालमा जन्मेको आधारमा स्थानीय प्रशासनले कागजसम्म मिलाइदिएर उनी छोरा बोकेर घर फर्कन लागेकी हुन् ।

यता, प्रमाण जुटाउन आदर्श गृहलाई अहिलेसम्मकै ठूलो समस्या परेको सञ्चालिका मीना खरेल बताउँछिन् । तर बिहे दर्ता नभएको र प्रमाण जुटाउन नसकिएकाले श्रीमान्माथि मुद्दा चलेको छैन । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह त्यस्ता मान्छेलाइ कानुनी दायरामा ल्याउने प्रयास अघि बढाउनुपर्ने बताउँछन् ।

आदर्श गृहकी सञ्चालिका खरेलले वैधानिक हैसियत बनाएर फिलिपिन्स फर्काउन सफल भएकामा खुसी व्यक्त गरिन् । 'नेपालकै नमुना घटना हो' खरेलले भनिन्, 'यसबाट नेपाल र नेपालीले जस पाएको छ ।' उनीसँग अहिले तीन वर्षका छोरा मिगेल र ११ महिनाका छोरा एरिक छन् । फिलिपिन्समा पैसा कमाएर नेपाल घुम्न आउने वाचा गरेकी उनले भनिन्, 'आफू जस्तै पीडामा परेकालाई सहयोग गर्छु ।' उनको यही साउन ३१ गते काठमाडौँबाट उडान छ ।

नेपाल सरकारलाई तिर्नुपर्ने सात लाख रुपैयाँ फिलिपिनो सरकारले तिरेपछि उनी आफ्नो देश जान पाएकी हुन् । उनलाई उद्धार गरेर आफ्नै देश फिर्ता पठाइएकामा गाउँले समेत खुसी छन् । गाउँलेले जोयाबाट लिनुपर्ने सापटीसमेत लिन मानेनन् । उता फिलिपिन्समा रहेका उनका परिवार छोरी जिउँदो रहेकामा खुसी मनाइरहेका छन् । 'दुई वर्ष भो परिवारसँग टुटेको' नेपाली राम्ररी बोल्न सिकेकी जोयाले भनिन्, 'भिडियो कल गर्दा आमा कराजनले साह्रै खुसी हुनुभयो ।' अब फिलिपिन्स गएर पैसा कमाउने, अनि बच्चालाई पढाएर राम्रो बनाउने उनले सपना छ । पैसा कमाएपछि नेपाल घुम्न आउने वाचा समेत उनले गरिन् ।

नेपाली श्रीमान्‌ले पीडा दिए पनि नेपाल र नेपालीको मन साह्रै ठूलो रहेको भन्दै उनले आफ्नो उद्धार भएकामा खुसी व्यक्त गरिन् । आदर्श गृहले गरेको पहललाई कहिल्यै नभुल्ने बताइन् । प्रहरी प्रमुख बसन्त कुँवर, महिला तथा बालबालिका कार्यालयकै प्रमुख शान्ता पौडेल, महिला नेत्री पार्वती रावल र सरिता केसी, जिल्ला न्यायाधिवक्ता मणिराम न्यौपाने लगायतले विदेशी चेलीलाई घर फर्काउन सफल भएकामा खुसी व्यक्त गर्दै आदर्श गृहको प्रशंसा गरेका थिए ।

www.facebook.com/deshparadesh 


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव द…

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव दिन नपाइने

काठमाडौं, असार २५- सरकारले नेपालमा कार्यरत श्रमिकको न्यूनतम ज्याला प्रतिमहिना १३ हजार ४ सय ५० तोकेको छ । यसैगरी साउन देखि दैनिक ज्याला ५ सय १७ तथा प्रतिघण्टा ज्याला रु ६९ भएको छ । रोजगारदाताहरु तथा ट्रेड युनियनहरुबीच...

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं,  यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस)े को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको सह-अध्यक्ष अर्जुन...

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्…

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

  काठमाडौं,  अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको छ । माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो । भेलाले संघको केन्द्रीय अध्यक्षमा...

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

काठमाडौं,  नेपालमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्व बृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । यहि व्यवस्थाका कारण पछिल्लो समयमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा बृद्धि भएको छ । केन्द्रीय तथा प्रादेशिक संसद तथा...

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

काठमाडौं- श्रमिकलाई सामाजिक सुरक्षा सहितको श्रम ऐन २०७४ यसअघिको श्रम ऐन, २०४८ भन्दा धेरै कुरामा श्रमिक मैत्री देखिएको छ । सञ्चयकोष, उपादान लगायतका विषयमा नयाँ श्रम ऐनले प्रष्ट व्यवस्था गरेको छ । यसैगरी नयाँ ऐनले अन्य श्रमिक...

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै …

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै डेढ लाख कमाउँदै

  निमदत्त सुवेदी, पोखरा  पढाइ सकेपछि जागिर खोज्न निक्कै भौतारिए सूर्यप्रसाद लामिछाने। पोखरा–लेखनाथ महानगरपालिका–३१ बेगनासतालका उनले जति प्रयत्न गरे पनि जागिर पाउन सकेनन्। अन्तत उनी निष्कर्षमा पुगेः मौरी पालन गर्ने। १५ हजार रुपैयाँको जागिर खोज्दै हिँडेका लामिछाने अहिले...

श्रम विधेयक संसदबाट पारीत

श्रम विधेयक संसदबाट पारीत

  काठमाडौ– व्यवस्थापिका संसदले श्रम विधेयक पारीत गरेको छ । संसदको शुक्रवारको बैठकले सो विधेयक पारीत गरेको हो । विगत लामो समयसम्म छलफल भई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समिति हुँदै सो विधेयक संसदको बैठकमा पुगेको...

परदेशमा

खाडिबाट गीति सन्देशः श्रम खोल सरकार(भिडियो सहित)

खाडिबाट गीति सन्देशः श्रम खोल सरकार(भिडियो सहित)

  नरेन सापकोटा, दुबई, साउन २७- पत्रकार राजा बगरले आफ्नै तेजिला शब्दमा गोपाल भट्टाईसँगको संयुक्त प्रस्तुतिमा “श्रम खोल सरकार” भन्ने नौलो र पृथक गीत बजारमा ल्याएका छन। खाडि मुलुकमा घरेलु काममा सरकारले...

Read more