हुण्डी कारोवारी जोगाउन गृहमन्त्री नै अघि सरेपछि 

काठमाडौं, असोज ३ 

अपहरण र हुन्डीमा जोडिएकालाई कारबाही प्रक्रिया अगाडि नबढाउन दिएको निर्देशन अटेर गरेको भन्दै प्रहरी प्रधान कार्यालयले पर्सा र सिरहाका एसपीलाई काठमाडौं झिकाएको छ । गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा निमित्त प्रहरी प्रमुख विज्ञानराज शर्माले पर्साका एसपी राजुबाबु श्रेष्ठ र सिरहा एसपी श्याम ज्ञवालीलाई पेसीमा काठमाडौं झिकाएका हुन् । 

मन्त्री निधिले भेट्न बोलाएको भन्दै शर्मा मंगलबार दुवै एसपीलाई लिएर गृह मन्त्रालय पुगेका थिए तर भेट भएन । डेढ घण्टा कुर्दासमेत मन्त्री निधि नआएपछि उनीहरूले गृहसचिव लोकदर्शन रेग्मीलाई भेटेका थिए । शर्मा र दुवै एसपीसँग रेग्मीले करिब एक घण्टा कुराकानी क्रममा पेसीमा झिकाउनुको कारणमा प्रवेशै नगरी जिल्लाको शान्ति सुरक्षाबारे छलफल गरेका थिए । 

‘गृहसचिवले शान्ति सुरक्षा र दुवै घटनाबारे जानकारी मागे पनि उनीहरूलाई पेसी बोलाएको बारे भने मुख खोलेनन्,’ स्रोतले भन्यो, ‘जिल्लाको शान्ति सुरक्षाबारे सोधपुछ गर्दै चिया खुवाएर पठाउनुभयो ।’

सिरहामा माओवादी केन्द्रका नेता तथा पूर्वशान्तिमन्त्री विश्वनाथप्रसाद साहसहित १० जना माओवादी नेतामाथि सरकारी कर्मचारीको अपहरण गरी जबर्जस्ती कागज गराएको जाहेरी दर्ता छ । जाहेरी दर्ता रहे पनि माओवादी केन्द्रका नेता पक्राउ परेका छैनन् । पर्सामा हुन्डी कारोबारीको अभियोग अनुसन्धानमा व्यापारी सन्तोष जैनको परिवार नै प्रहरी हिरासतमा छ । 

स्रोतका अनुसार अपहरणको आरोप लागेका माओवादी केन्द्रका नेताविरुद्ध सिरहामा जारी अनुसन्धान र हुन्डीको कारोबारमा पर्सा प्रहरीले पक्राउ गरेका नेपाली कांग्रेस निकट व्यापारीमाथि कारबाही रोक्न दुवै एसपीमाथि दबाब बढेको थियो । उनीहरूले जाहेरी दर्ता भइसकेको विषय भन्दै अनुसन्धान रोक्न मानेका थिएनन् । 

दुवै एसपीले अस्वीकार गरेपछि गृहमन्त्री निधिले नै चासो राखेका थिए । स्रोतका अनुसार प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल हुँदा नै दुवै एसपीलाई काठमाडौं बोलाएर प्रस्टीकरण लिने प्रयास भएको थियो । अर्यालले उनको निर्देशन अटेर गरेका थिए । उनी प्रहरी प्रमुखको सम्मेलनमा भाग लिन शुक्रबार अमेरिका गएपछि निमित्त प्रहरी प्रमुख शर्मामार्फत दुवै एसपीलाई काठमाडौं झिकाइएको हो । 

भदौमा जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय लहानका इन्जिनियर देवानन्द मण्डलको अपहरण गरेको अभियोगमा सिरहा प्रहरीले पूर्वमन्त्री साह, माओवादी केन्द्रका नेता रामकुमार यादव, श्रवण यादव, शिवकुमार कापरसहित १० जनाको नाममा अनुसन्धान अगाडि बढाएको थियो । मैनाबती नदी नियन्त्रणका लागि जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय लहानले छुट्टयाएको ५० लाख बजेट खर्चको विषयमा साहलगायतका माओवादी नेताले इन्जिनियर मण्डलको अपहरण गरेको आरोप लागेको थियो । 

इन्जिनियर मण्डलले भदौ ४ मा पूर्वमन्त्री साहले आफ्नो घर बोलाएर हतियार देखाई बन्धक बनाएर ५ लाख रुपैयाँको कागज गर्न लगाएको दाबी गर्दै प्रहरीमा जाहेरी दिएका थिए । उनको निवेदनका आधारमा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले प्रहरीमा निवेदन दिएपछि प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको थियो । जिल्ला तहका माओवादी नेताहरूले जाहेरी दर्ता नगर्न प्रहरीलाई दबाब दिएका थिए । जाहेरी दर्तापछि प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री निधिलाई सो विषय मिलाउन निर्देशन दिएको स्रोतले जनाएको छ । 

यस्तै, असोज १६ मा वीरगन्जको रेशमकोठीस्थित सन्तोष जैनको घरमा छापा मारेर पर्सा प्रहरीले उनीसहित उनका छोरा अंकुर र श्रीमती उषालाई पक्राउ गरेको थियो । स्रोतका अनुसार गृहमन्त्री निधिले उनीहरूमाथि अनुसन्धान प्रक्रिया अगाडि नबढाउन निर्देशन दिए पनि ‘उनीहरू हुन्डी कारोबारमा संलग्न रहेको पर्याप्त प्रमाण रहेको’ भन्दै एसपी श्रेष्ठले अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेका थिए । त्यसपछि गृहमन्त्री रिसाएका हुन् । 

प्रहरीले वीरगन्ज र आसपासका क्षेत्रबाट पैसा संकलन गरी हुन्डीमार्फत भारतको विभिन्न सहरमा पठाउन सक्रिय रहेको सूचनाका आधारमा जैनको घरमा छापा मार्दा ८१ लाख ४ हजार रुपैयाँ, एक करोड ३२ लाख ७८ हजार रुपैयाँको विभिन्न बैंकको २४ वटा चेक, पैसा गन्ने मेसिन फेला पारेको थियो । दसैंको बेला अदालत बन्द भएकाले प्रहरीले हिरासतमा राखेर अनुसन्धान सुरु गरी आइतबार अदालत लगेर २० दिनको म्याद लिएको थियो । एसपी श्रेष्ठलाई निधि निकट कांग्रेस नेता ओमप्रकाश शर्माले कारबाही रोक्न दबाब दिएका थिए ।

स्रोतका अनुसार निधिले शर्मालाई ‘एसपीलाई काठमाडौं झिकाउन हुन्छ कि हुन्न’ भनेर सोधेका थिए । शर्माले ‘भइहाल्छ’ भनेपछि आइतबार दुवैलाई पेसीमा काठमाडौं आउन निर्देशन दिइएको थियो । श्रेष्ठ सोमबार काठमाडौं आइपुगेका हुन् ।

गृहमन्त्री निधिले आफूले कुनै एसपीलाई पनि नबोलाएको दाबी गरे । हुन्डी र माओवादी नेताविरुद्ध अपहरणको घटनामा अनुसन्धान भइरहेको बारे आफूलाई जानकारीसमेत नभएको भन्दै उनले भने, ‘मैले कुनै एसपीलाई बोलाएको छैन, प्रहरी संगठनले बोलाएको होला ।’

निमित्त प्रहरी प्रमुख शर्माले ‘दुवै एसपीलाई शान्ति सुरक्षाको अवस्थाबारे बुझ्न बोलाएको’ दाबी गर्दै जानकारी लिएपछि दुवै आफ्नै जिल्लामा फर्किने बताए । पूर्वसांसद शर्माले भने दसैंअगाडि मन्त्री, आईजीपी र सचिवसँग त्यस विषयमा गुनासो गरेको स्वीकार गर्दै हुन्डी कारोबारीसँगै पक्राउ परेकी महिलाको हकमा मात्रै सिफारिस गरेको दाबी गरे ।

कान्तिपुरबाट 

यो पनि पढ्नुहोस् 

कतारमा भुलेर पनि गर्नुहुन्न यी १० काम, लाखौं जरिवाना देखि मृत्युदण्डसम्मको सजाय


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

श्रम विधेयक संसदबाट पारीत

श्रम विधेयक संसदबाट पारीत

  काठमाडौ– व्यवस्थापिका संसदले श्रम विधेयक पारीत गरेको छ । संसदको शुक्रवारको बैठकले सो विधेयक पारीत गरेको हो । विगत लामो समयसम्म छलफल भई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समिति हुँदै सो विधेयक संसदको बैठकमा पुगेको...

रोजगारी पाउनु भएन ? अवशर छन्

रोजगारी पाउनु भएन ? अवशर छन्

काठमाडौं- तपाई कामको खोजीमा हुनुहुन्छ ? तर पाउनु भएको छैन ? उपाय धेरै छन् शहरमा । शहरमा युवाका लागि तालिम दिने संस्थामा जानुभयो भनें तपाईका लागि उपयुक्त तालिम र तालिमपछि रोजगारी पाइन सक्छ । यसरी नै...

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

  काठमाडौं- भक्तपुरका रमेश बाखु हाउस वायरिङ्गको काम गरेर महिनामा १५ हजार बचत गर्छन् । उनले यस्तो काम थालेको एक बर्ष मात्र भयो । ‘बिजुलीको काम सधैं नहुनसक्छ, तर कहिलेकाँहि त मारामार हुन्छ ।’ उनी भन्छन्...

यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यला…

यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यलाई सम्मान 

काठमाडौं– नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, मकवानपुर जिल्ला कमिटिको आयोजनामा हेटौंडामा स्थानिय निकायको निर्वाचनमा यातायात क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरियो ।  कार्यक्रमका प्रमुख अतिथी संगठनका केन्द्रीय उपाध्यक्ष अर्जुन अर्यालले निर्वाचित जनप्रतिनिधिहरुलाई खादा...

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्…

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्तालको चेतावनी 

काठमाडौं- नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ जारी गरेर टेंकर मजदुर तथा स्वरोजगार मजदुरहरुलाई पेशाबाट विस्थापीत गर्न खोजेको भन्दै त्यसको विरोधमा टैंकर मजदुरहरु आन्दोलित भएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेंकर...

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष…

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष्ट यूनियनलाई पुरस्कार

काठमाडौं-नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३६ औं स्थापना दिवस भव्य कार्यक्रमका साथ मनाइएको छ । ३६ औं स्थापना दिवसका अवशरमा केक काटिएको थियो भनें उत्कृष्ट तथा सर्वोत्कृष्ट यूनियनहरुलाई पुरस्कार तथा माधव...

माओवादी यूनियन परित्याग गरी ७५ जना जिफन्…

माओवादी यूनियन परित्याग गरी ७५ जना जिफन्ट प्रवेश

काठमाडौं, कात्तिक २७– ७५ जना सुरक्षा मजदुर अखिल नेपाल सेक्यूरिटी मजदुर संघ परित्याग गरी नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) आवद्ध नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरु जिफन्ट प्रवेश...

श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध …

श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कात्तिक २७  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मजदुर वर्गका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएका छन् । शनिबार बिहान बालुवाटारमा पार्टीको भातृ संगठन अखिल नेपाल ट्रेड यूनियन महासंघको कार्यालय टिमसँग प्रधानमन्त्रीले मजदुरका समस्या समाधान गर्न...

परदेशमा

मलेसियामा प्रहरीद्धारा छापा मार्ने र धरपकडको काम तिव्र

मलेसियामा प्रहरीद्धारा छापा मार्ने र धरपकडको काम तिव्र

काठमाडौं, साउन २७- मलेसियाले गैरकानुनी अवस्थामा रहेका आप्रवासीमाथि थप कडाई गरेको छ । पछिल्लो समय उनीहरुमाथिको खोजी अभियानलाई थप तीब्रता दिंदै उनीहरु लुकेर बसेको हुनसक्ने ठानिएका सम्भावित ठाउँहरुमा छापा मार्ने र...

Read more