कामदारसँग थप रकम असुल्न नपाएपछि १५ हजार नेपाली रोकिए 

काठमाडौं, पुष २६

साउदी अरब, बहराइन र ओमनमा काम गर्न जानका लागि अन्तर्वार्ताबाट छनोटमा परेका नयाँ कामदारको स्वास्थ्य परिक्षण (मेडिकल) जनवरी १ तारिखबाट रोकिएको छ । मेडिकल नभएपछि ती देशमा जाने कामदारको भिसा लगाउने प्रक्रिया अवरुद्ध बनेको छ ।

गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) ले प्रति कामदार १० अमेरिकी डलर बुझाउनुपर्ने नयाँ नियम विवादमा परेपछि कामदारको स्वास्थ्य परिक्षण रोकिएको हो । खाडी राष्ट्रको एउटै स्वास्थ्य नीति लागू गर्ने निकाय जीसीसी हो । ‘जनवरी एकबाट प्रति कामदार १० डलर पठाउनुपर्ने नियम लागू भयो । मेडिकल गरेबापत तोकिएको बैंकमा रकम जम्मा गर्न पत्र पठाएको थियो’ स्वास्थ्य परिक्षणको अनुमति पाएका गाम्का नेपालका मोहन चौलागाईंले  भने,‘विदेशी बैंकमा रकम पठाउन राष्ट्र बैंकले श्रम मन्त्रालयको सिफारिस माग्यो । श्रमले सिफारिस नदिएपछि हामीले कामदारको स्वास्थ्य परिक्षण गर्न बन्द गरेको हौं ।’

जीसीसीले गाम्का नेपालअन्तर्गत १२ वटा स्वास्थ्य संस्थालाई साउदी, बहराइन र ओमन जाने कामदारको स्वास्थ्य परिक्षण गर्न अनुमति दिएको थियो । उनीहरुले एक जना कामदारको स्वास्थ्य परिक्षण गर्न ५ हजार ३ सय रुपैयाँ लिने गर्छ ।

साउदी, बहराइन र ओमनले मेडिकल रिपोर्ट पेस गरेपछि मात्रै भिसा प्रक्रिया सुरु गर्ने गरेको छ । कतारका केही कम्पनीले पनि मेडिकल रिपोर्ट अनिवार्य लिने गरेको छ । वैदेशिक रोजगार व्यवसायीहरुका अनुसार मेडिकलको रिपोर्ट नभएपछि आवेदन दिने कार्य स्थगित भएको छ । ‘डिसेम्बर २५ सम्म अन्तर्वार्तामा पास भएका कामदारका मेडिकल रोकिएको छ,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहण गुरुङले भने, ‘अन्तर्वार्ता पास भएका कम्तीमा १५ हजार कामदार काठमाडौंमा रोकिएका छन् ।’

श्रम मन्त्रालयले कामदारमाथि अतिरिक्त भार पर्न नहुने तर्क राखेको छ । मन्त्रालयले गाम्काबाटै कामदारको स्वास्थ्य परिक्षणको शुल्क तोकिएको भन्दा बढी लिइरहेको जनाउँदै भनेको छ, ‘दर्ता शुल्क लिने विषयमा कूटनीतिक माध्यमबाट मन्त्रालयलाई जानकारी हुनुपर्दथ्यो । मन्त्रालयलाई यसबारे जानकारी आएपछि मात्रै छलफल गर्न मिल्छ । फेरि कामदारको स्वास्थ्य परिक्षण गर्नेबारे जीसीसीले अहिलेसम्म औपचारिक रुपमा मन्त्रालयसँग अनुमति लिएको छैन ।’

कान्तिपुरबाट 


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं, चैत्र २५- यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस)े को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको...

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्…

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

  काठमाडौं, चैत्र ५- अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको छ । माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो । भेलाले संघको...

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

काठमाडौं, फागुन २४- नेपालमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्व बृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । यहि व्यवस्थाका कारण पछिल्लो समयमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा बृद्धि भएको छ । केन्द्रीय तथा प्रादेशिक...

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

काठमाडौं- श्रमिकलाई सामाजिक सुरक्षा सहितको श्रम ऐन २०७४ यसअघिको श्रम ऐन, २०४८ भन्दा धेरै कुरामा श्रमिक मैत्री देखिएको छ । सञ्चयकोष, उपादान लगायतका विषयमा नयाँ श्रम ऐनले प्रष्ट व्यवस्था गरेको छ । यसैगरी नयाँ ऐनले अन्य श्रमिक...

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै …

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै डेढ लाख कमाउँदै

  निमदत्त सुवेदी, पोखरा  पढाइ सकेपछि जागिर खोज्न निक्कै भौतारिए सूर्यप्रसाद लामिछाने। पोखरा–लेखनाथ महानगरपालिका–३१ बेगनासतालका उनले जति प्रयत्न गरे पनि जागिर पाउन सकेनन्। अन्तत उनी निष्कर्षमा पुगेः मौरी पालन गर्ने। १५ हजार रुपैयाँको जागिर खोज्दै हिँडेका लामिछाने अहिले...

श्रम विधेयक संसदबाट पारीत

श्रम विधेयक संसदबाट पारीत

  काठमाडौ– व्यवस्थापिका संसदले श्रम विधेयक पारीत गरेको छ । संसदको शुक्रवारको बैठकले सो विधेयक पारीत गरेको हो । विगत लामो समयसम्म छलफल भई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समिति हुँदै सो विधेयक संसदको बैठकमा पुगेको...

रोजगारी पाउनु भएन ? अवशर छन्

रोजगारी पाउनु भएन ? अवशर छन्

काठमाडौं- तपाई कामको खोजीमा हुनुहुन्छ ? तर पाउनु भएको छैन ? उपाय धेरै छन् शहरमा । शहरमा युवाका लागि तालिम दिने संस्थामा जानुभयो भनें तपाईका लागि उपयुक्त तालिम र तालिमपछि रोजगारी पाइन सक्छ । यसरी नै...

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

  काठमाडौं- भक्तपुरका रमेश बाखु हाउस वायरिङ्गको काम गरेर महिनामा १५ हजार बचत गर्छन् । उनले यस्तो काम थालेको एक बर्ष मात्र भयो । ‘बिजुलीको काम सधैं नहुनसक्छ, तर कहिलेकाँहि त मारामार हुन्छ ।’ उनी भन्छन्...

परदेशमा

दुबईमा नेपालीले जिते ३० पदक

दुबईमा नेपालीले जिते ३० पदक

राजा बगर, दुबई, जेठ १- दुवईमा भएको बुदोकन इन्टरनेशनल कराते च्याम्पियनशीपमा नेपाली टीमका खेलाडीहरूले १८ स्वर्ण, ७ रजत र ५ काँश्य तथा काता र कुमुते विधामा  च्याम्पियन अफ च्याम्पियन पदक हात...

Read more