दुई हजारलाई सीप तालिम

काठमाडौ : सानैबाट समाजसेवामा क्रियाशिल निरञ्जन प्रसार्इ दुर्इ वर्षमा कम्तिमा दुर्इ हजार युवालार्इ स्वरोजगार तालिम दिने योजनासहित गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को युवा संयोजकको चुनावी मैदानमा छन् ।

नेपालमा थालेको सामाजिक कामलार्इ उनले अस्ट्रेलियमा पनि निरन्तरता दिइरहेका छन् ।  सफल व्यवसायी र समाजसेवीको छबि बनाइसकेका उनले युवा संयोजकमा तीनवटा नारासहित अाफ्नो दुर्इ वर्षे कार्यकालमा दुर्इ हजार नेपाली युवालार्इ सीपमुलक तालिम दिने योजना अहिले नै बुनिसकेका छन् ।

‘सिपमुलक तालिम नलिइ खाडी मुलुकदेखि मलेसियासम्म पुगेका नेपाली युवाको कमाइ अत्यन्तै थोरै छ’, उनले सुनाए, ‘युवा संयोजकमा चुनिएँ भने दुर्इ हजार युवालार्इ सीपमुलक तालिम दिने मेरो योजना सहजरूपमा पुरा हुनेछ । यदि पराजित भएँ भनेपनि यो योजना सफल बनाउने अभियानमा लाग्नेछु ।’

ताप्लेजुङको दुर्गम फूलबारी गाविसमा २०३३ सालमा जन्मेका प्रसाई गाउँमा हुँदैदेखि सामाजिका काममा क्रियाशिल थिए । अहिले पनि उनको यो अभियानले अझ द्रुतगतिमा अघि बढेको छ ।

गाउँबाट सामाजिक काम थाल्दै राजधानी पसेका उनले काठमाडाैंमा डेन्टल अस्पताल पनि खोल्न भ्याए । डेन्टल अस्पताल चलिरहेकै समय अध्ययन पुरा गर्न सन् २००७ मा अस्ट्रेलिया पसेका उनको सामाजिक अभियान त्यहाँ पनि रोकिएको छैन ।

अस्ट्रेलियमा गरेको परिश्रमको  कमाइ उनले नेपालमा लगानी गरिरहेका छन् । नेपालमा जलविद्युतदेखि शिक्षा र स्वाथ्यमा पनि प्रसाईको लगानी छ । ६० लाख बढी नेपाली देशबाहिर रहेपनि धेरै युवाहरूले थोरै पैसाका लागि अमूल्य उमेर खेर फाल्नुपरेकोमा उनी खिन्न छन् ।

त्यहीकारण उनले युवाहरूलार्इ सीपमूलक तालिमको योजना ल्याएका हुन् । ‘दैनिक १५ सय बढी नेपाली युवा विदेशिने गरेका छन’, उनली सुनाउँछन्, ‘तर उनीहरूमध्ये धेरै सीपमुलक तालिमबिना खाडी र मलेसिया पुग्छन् । उनीहरूलार्इ सीपमूलक तालिम दिनसके त्यहाँ अहिलेभन्दा दोब्बर कमाइ गर्ने थिए ।’

युवाहरूलार्इ लक्षित गरेर सररकारले पनि सीपमुलक तालिम चलाउन नसकेको उनी खिन्न छन् । ‘युवाहरूले पठाएकै रेमिट्यान्सले धानेको देशमा उनीहरू नै अपहेलित हुनुपर्ने अवस्था छ’, उनी भन्छन्’, ‘तर सरकारले उनीहरूलार्इ सीपमुलक तालिम दिन कन्जुस्याइँ गरेकाले दु:ख पाइरहनुपरेको छ । यो अवस्थाको अन्त्यका लागि विशेष अभियान थाल्ने योजना बनाइसकेको छु । अब कार्यान्वयनमा उत्रिनु छ ।’

प्रसाई सन् २०११ देखि एनआरएनको अष्ट्रेलिया सहसचिवको जिम्मेवारीमा पनि छन् । उम्मेदवारी घोषणासँगै उनले आफ्ना तीन महत्वपूर्ण लक्षलार्इ प्रस्तुत गरेका छन् । चुनावमा विजयी भएमा  एकाडेमिक एलायन्स बनाएर त्यसमा ७१ देशमा रहेका एनआरएन युवाहरूलार्इ समाहित गरी बलियो संगठन निर्माणको लक्ष्य राखेका छन् ।

उनीसँग नेपाली भाषा, साहित्य,संस्कृतिलाई जगेर्ना गर्ने अर्को योजना पनि छ । विदेशमा बसेर पनि नेपाली भाषाा संस्कृतिको महत्व बुझाउन सक्रिय भएका उनले अाफ्नो भाषा संस्कृति बचेमात्रै नेपालीको पहिचान रहने तर्क अघि सारे ।

वैशाख १२ को विनाशकारी भूकम्पबाट देशमा पुगेको अपुरणीय क्षतिपछि उनले तत्कालै अस्ट्रेलियामा राहत अभियान थालेका थिए । उनीसहितको पहलमा अस्ट्रेलियाका नेपालीहरूले भूकम्पको २४ घण्टाभित्र भूकम्पपीडितका लागि राहत संकलन गरेर पठाउन सफल भएका थिए ।

अन्नपूर्ण पोष्टबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय