कतारमा प्रदेश नं १ ले हिउँदे उत्सव आयोजना गर्दै

दिलिप पराजुली, दोहा 

प्रदेश नं १ समन्वय परिषद कतारको समन्वय तथा आवद्ध ११ जिल्ला संस्थाहरुको आयोजनामा कतारमा हिउँदे उत्सव २०१९ आगामी २२ फेव्रुअरीका दिन मिसईद स्थित अम्वाज ग्लोवल भिलेजमा आयोजना हुने भएको छ ।

विगतका वर्षमा संस्थाहरुले फरक फरक समयमा वनभोजको रुपमा मनाउदै आउने यो कार्यक्रमलाई यस पटक प्रदेश नं १ समन्वय परिषदको समन्वयमा सामुहिक रुपमा मनाउने सो कार्यक्रमको नाम विन्टर आउटडोर फेस्टिभल २०१९ राखिएको छ । प्रदेश नं. १ का ११ जिल्ला संस्थाहरुको संयुक्त आयोजनामा आयोजना हुने सो कार्यक्रममा साँस्कृतिक प्रस्तुति, विविध धार्मिक तथा सांस्कृतिक झाँकी, पर्यटन प्रवद्र्धनका लागि प्राकृतिक दृष्यहरु सहितका स्टलहरु, उद्यमशिलता प्रवद्र्धन तथा जानकारीका लागि विदेशमा रहेर नेपालमा सञ्चालन भईरहेका विभिन्न कम्पनीहरुको विवरण सहितको स्टल आदि राखिने जानकारी अध्यक्ष चुडामणि कार्कीले दिएका छन् ।

प्रदेश नं १ समन्वय परिषदले १४ वटा नै जिल्लावाट विदेशमा रहेर कार्यरतहरुलाई समेटेर सामुहिक व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यका साथ ईष्टर्न होल्डिंग कम्पनी सञ्चालनमा ल्याएको छ । संस्थाको प्रथम साधारण सभाले नै निर्णय गरे वमोजिम संस्थामा आवद्धहरुको लगानीमा यो कम्पनी सञ्चालनमा आएको र सो को वारेमा विस्तृत जानकारी समेत सो कार्यक्रममा दिईनेछ । यसका अलावा प्रदेश नं १ का विभिन्न समुह र व्यक्तिहरुले नेपालमा सामुहिक र एकल प्रयत्नमा सञ्चालन गर्दै आएका कम्पनीहरुको वारेमा जानकारी समेत दिने  कार्यक्रम छ । 

कार्यक्रमलाई मौलिकता तथा मनोरञ्जन दिनका लागि वरिष्ठ गायक तथा संगितकार शम्भु राई र गायिका अञ्जु गौतम कतार आउदैछन् । साथमा स्थानिय कलाकारहरुको प्रस्तुति रहने जानकारी महासचिव टिएन वरालले दिएका छन् ।

कार्यक्रमलाई थप प्रभावकारी वनाउन खेलकुदका विभिन्न कार्यक्रमहरु पनि राखिएका छन् । त्यसै गरी कार्यक्रमका सहभागिहरुलाई कान्तिपुर मेडिकल सेन्टरको सहयोगमा निःशुल्क स्वास्थ्य परिक्षण गरिने साथै प्रदेश नंं १ का सदस्यहरुलाई उक्त मेडिकल सेन्टरमा स्वास्थ्य परिक्षण गर्दा बिशेष छुटको लागि परिषदले समन्वय गरिरहेको र सम्भवत सोहि दिन घोषणा हुने समेत बताइएको छ । 

प्रदेश नम्वर १ मा ११ जिल्लाहरु खोटांग, मोरंग, सुनसरी, झापा, ओखलढुंगा, ताप्लेजुंग, उदयपुर, भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, पाँचथरका संस्था प्रमुखहरु यो कार्यक्रम सफल पार्नका लागि आफ्नो आफ्नो संस्थाका पदाधिकारी र सदस्यहरु सहित कटिवद्ध भएर लागि परेको जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस् सरकारले कानूनी कारवाही गर्ने


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव द…

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव दिन नपाइने

काठमाडौं, असार २५- सरकारले नेपालमा कार्यरत श्रमिकको न्यूनतम ज्याला प्रतिमहिना १३ हजार ४ सय ५० तोकेको छ । यसैगरी साउन देखि दैनिक ज्याला ५ सय १७ तथा प्रतिघण्टा ज्याला रु ६९ भएको छ । रोजगारदाताहरु तथा ट्रेड युनियनहरुबीच...

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं,  यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस)े को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको सह-अध्यक्ष अर्जुन...

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्…

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

  काठमाडौं,  अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको छ । माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो । भेलाले संघको केन्द्रीय अध्यक्षमा...