युएईमा पत्रकारको शुभकामना आदान प्रदान 

युएई, असोज २२ 

नेपाल पत्रकार महासंघ, युएई शाखाको आयोजनामा शुक्रवार दुवईमा बिजया दशमी २०७३ को उपलक्षमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा नेपालमा मोफसलमा रहेर पत्रकारिता गरेका ७९ बर्षिय डिल्ली प्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी एनआरएनए आईसीसी सदस्य गोपाल कंडेल, नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, नेपाली सोसल क्लबका अध्यक्ष शालिक सुबेदी, डिडीए ग्रुपका डा. दिनेश आचार्य, नेपाली जनसम्पर्क समिति, युएईका अध्यक्ष चित्र केसी, नेपाली जनप्रगतिशिल मंचका कार्यबाहक अध्यक्ष अर्जुन सुबेदी, मोर्चा (बैद्य) का काशी काफ्ले, बिप्लब मोर्चाका कार्यवाहक महासचिव रामाकान्त बाँस्तोला, युएई नेपाली एकता समाजका महासचिव प्रेम भण्डारी लगायत बिभिन्न जिल्लागत संस्थाहरुका प्रतिनिधिहरुले एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए । 

कार्यक्रममा वक्ताहरुले युएईको अहिलेको बस्तुगत परिस्थितीको बारेमा चर्चा गर्दै संघसंस्था दर्ता पकृयामा एक भई अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए । बक्ताहरुले बिजया दशमी र दिपावलीको शुभकामना ब्यक्त गर्दै २०७३ सालको बडा दसैंले संस्था दर्ता भई सामाजिक कार्यमा थप सहज होस् भनी कामना गरेका थिए । 

पत्रकार महासंघ युएईका अध्यक्ष त्रिलोचन कोइरालाले महासंघको तर्फबाट उपस्थित सबैलाई धन्यवाद सहित शुभकामना ब्यक्त गरेका थिए । उनले महासंघले युएईका हरेक संघसंस्थाहरुसँग नजिक रहेर सहयोगीको भूमिका खेलिरहेको स्मरण गर्दै आगामी दिनहरुमा अझ सशक्त भएर लाग्ने बताए । 

यो पनि पढ्नुहोस्

बैदेशिक रोजगारमा रहेकाहरुले भोट हाल्न पाउनु पर्ने पक्षमा उभिए १३ जना साँसद 


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्…

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्तालको चेतावनी 

काठमाडौं- नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ जारी गरेर टेंकर मजदुर तथा स्वरोजगार मजदुरहरुलाई पेशाबाट विस्थापीत गर्न खोजेको भन्दै त्यसको विरोधमा टैंकर मजदुरहरु आन्दोलित भएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेंकर...

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष…

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष्ट यूनियनलाई पुरस्कार

काठमाडौं-नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३६ औं स्थापना दिवस भव्य कार्यक्रमका साथ मनाइएको छ । ३६ औं स्थापना दिवसका अवशरमा केक काटिएको थियो भनें उत्कृष्ट तथा सर्वोत्कृष्ट यूनियनहरुलाई पुरस्कार तथा माधव...

माओवादी यूनियन परित्याग गरी ७५ जना जिफन्…

माओवादी यूनियन परित्याग गरी ७५ जना जिफन्ट प्रवेश

काठमाडौं, कात्तिक २७– ७५ जना सुरक्षा मजदुर अखिल नेपाल सेक्यूरिटी मजदुर संघ परित्याग गरी नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) आवद्ध नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरु जिफन्ट प्रवेश...

श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध …

श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कात्तिक २७  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मजदुर वर्गका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएका छन् । शनिबार बिहान बालुवाटारमा पार्टीको भातृ संगठन अखिल नेपाल ट्रेड यूनियन महासंघको कार्यालय टिमसँग प्रधानमन्त्रीले मजदुरका समस्या समाधान गर्न...

म सकेसम्म मजदुरको पक्षमा लड्नेछु : साँसद…

म सकेसम्म मजदुरको पक्षमा लड्नेछु : साँसद अधिकारी 

  काठमाडौं, कात्तिक ११– व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिका सभापति रविन्द्र अधिकारीले अव आउन लागेको यातायात सम्वन्धि ऐनमा मजदुरलाई अन्याय हुने विषय पर्न नदिने प्रतिवद्धता जनाएका छन् । उनले ऐनमा मजदुर विरोधि विषय आउन नदिने आफ्नो...

काठमाडौंमा सुरु भयो यातायात मजदुरको तालि…

काठमाडौंमा सुरु भयो यातायात मजदुरको तालिम

  काठमाडौ, कात्तिक ३ यातायात मजदुरको क्षमता एवं नेतृत्व विकाससम्बन्धी अन्तराष्ट्रियस्तरको तालिम सुरु भएको छ । अन्तराष्ट्रिय यातायात मजदूर महासंघ (आईटिएफ)को आयोजनामा दक्षिण एशियाली देशका यायायात क्षेत्रका मजदूर तथा नेताहरुको सहभागीतामा ३ दिने तालिम सुरु भएको हो ।  तालिमको...

'हायर एण्ड फायर' तथा 'नो वर्क नो पे' को …

'हायर एण्ड फायर' तथा 'नो वर्क नो पे' को विरुद्धमा उत्रियो ट्रेड यूनियन महासंघ 

काठमाडौं, असोज २१  गत हप्ता संसदले पारित गरेर लागु हुने प्रकृयामा रहेको औद्योगिक व्यवसाय ऐनले श्रमिकको अधिकार कुण्ठित गरेको भन्दै नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) त्यसको विरोधमा उत्रिएको छ । महासंघ अध्यक्ष विष्णु रिमालले सो ऐन प्रमाणिकरण...

एयरपोर्टका मजदुर आन्दोलनमा, नागरिक उड्डय…

एयरपोर्टका मजदुर आन्दोलनमा, नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा दुई घण्टा घेराउ

   काठमाडौं, असोज १९   दशैं पेश्की पाउनु पर्ने लगायतका माग राख्दै त्रिभुवन विमानस्थलमा कार्यरत श्रमिक आन्दोलनमा उत्रेका छन् । त्रिभुवन विमानस्थलमा कार्यरत ३ सय ५० श्रमिक जिफन्ट आवद्ध युनिट्राभ एयरपोर्ट ईलाका कमिटीको नेतृत्वमा आन्दोलनमा उत्रेका हुन्...