मैले युएईमा काम थाल्नु अघि के कुरामा हस्ताक्षर गर्नुपर्छ ?

 

प्रश्नः रोजगारीका लागि युएई जाने प्रकृयामा छु त्यहाँ गएपछि अनावश्यक रुपमा कतिपय कागजातमा हस्ताक्षर गराइन्छ भन्ने सुनेको छु मैले के के कागजातमा हस्ताक्षर गर्नुपर्छ <

उत्तरः युएईको यात्रा गर्नुपूर्व तपाईले आफ्नो लिखित रोजगार प्रस्ताव प्राप्त गर्दा, तपाईको रोजगारको नियम तथा शर्तबारे तपाईको प्रकृया गर्ने मेनपावर कम्पनी वा तपाईको रोजगारदाताले प्रष्ट रुपमा बुझाएको हुनु पर्दछ यदि अझैसम्म युएई यात्राको प्रकृया चल्दै गरेको भए, आफूले हस्ताक्षर गर्नु पूर्व नै तपाईको रोजगार प्रस्तावको सम्पूर्ण नियम तथा शर्तबारे जानेको निश्चित हुनुपर्दछ सो रोजगार प्रस्तावमा तपाईको कामको पद तथा जिम्मेवारीहरु, तपाईको तलव तथा भत्ताहरु त्था विस्तृत कार्य अवस्थाहरु पर्दछन् तपाईको मेनपावर कम्पनीलाई रोजगार प्रस्तावको एक प्रति मागेर आफूसँग एउटा सुरक्षित ठाउँमा राख्नुहोस् यदि तपाई पहिले नै युएईमा तपाईको रोजगारदाताकहाँ पुग्नुभएको भए तपाईलाई हस्ताक्षर गर्न लगाइने रोजगार करारमा पनि तपाईको सक्कल प्रस्ताव सरह नै नियम तथा शर्तहरु हुनु पर्दछ त्यसमा लेखिएका कुराहरु राम्रोसँग पढेर मात्र हस्ताक्षर गर्नुहोस्

-यो जानकारी युएईको मानव संशाधन मन्त्रालयले उपलव्ध गराएको हो _

यो पनि पढ्नुहोस्

फ्रिभिसा, फ्रिटिकटको निर्णय कार्यान्वयन हुन्छः मन्त्री मन्सुर


फेसबुकबाट तपाईको प्रतिक्रिया