बैदेशिक रोजगारबाट फर्केकालाई दिने ऋणका बारेमा प्रश्नोत्तर

प्रश्नः मेरो नाम लेखनाथ राई हो । हाल म कुवेतमा स्काफोल्डिङ कार्पेन्टर काममा कार्यरत छु । सरकारले वैदेशिक रोजगारबाट फर्केकालाई सहुलियत ब्याजदरमा कर्जा दिने कुरा स्वागत योग्य छ । तर मैले सुने अनुसार ३ साल परदेश पछि घरमा बसेकोलाई मात्रै यो कर्जा मिल्छ अरे । अनि उक्त रकम साँवा ब्याज १ साल भित्रमा तिर्नुपर्ने भन्ने सुनेको साँचो हो ? जानकारी गराइदिनु होला । 

उत्तरः लेखनाथ जी, तीन बर्ष बैदेशिक रोजगारमा बसेर फर्केकाहरुका लागि नभई बैदेशिक रोजगारबाट फर्केको तीन बर्ष नकटेकाहरुका लागि सरकारले सहुलियत व्याजदरमा वाणिज्य बैंक मार्फत ऋण लिन पाउने व्यवस्था गरेको हो । यसमा ऋणमा लाग्ने व्याजको ५ प्रतिशत सरकारले तिरिदिने व्यवस्था छ । अर्को कुरा साँवा व्याज एक बर्षभित्रमा तिरिसक्नु पर्ने नभई ५ बर्ष भित्रमा तिर्नसक्ने गरी ऋणको व्यवस्था कार्यविधिले गरेको छ । यसमा सम्वन्धित बैंकसँग नै तय गर्न सकिनेछ ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया